ne_tn/1pe/02/02.md

3.3 KiB

नयाँगरी जन्मेका शिशुहरूका रूपमा, शुद्ध आत्मिक दूधको तिर्सना गर

पत्रुसले आफ्‍ना पाठकहरू शिशुहरू भए झैँ गरी बताउँछन् । शिशुहरूलाई शुद्ध खानेकुराको आवश्‍यक हुन्छ, जसलाई तिनीहरूले सजिलैसँग पचाउन सक्छन् । त्यसैगरी, विश्‍वासीहरूलाई परमेश्‍वरको वचनबाट शुद्ध आत्मिक शिक्षा चाहिन्छ । वैकल्‍पिक अनुवादः “जसरी शिशुहरूले तिनीहरूका आमाहरूको दूधको तिर्सना गर्छन्, त्यसैगरी तिमीहरूले पनि शुद्ध आत्मिक दूधको तिर्सना गर्नुपर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिर्सना गर्नु

“असाध्यै चाहनु” वा “तीव्र चाहना गर्नु”

शुद्ध आत्मिक दूध

पत्रुसले परमेश्‍वरको वचन चाहिँ बालकहरूलाई हुर्काउने आत्मिक दूध भए झैँ गरेर बताउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरू मुक्तिमा बढ्न सक

यहाँ “मुक्ति” शब्दले येशूको आगमनमा परमेश्‍वरले उहाँका जनहरूको मुक्तिलाई पूर्णतामा ल्याउने कामलाई जनाउँछ (हेर्नुहोस् १ पत्रुस १:५) । उनीहरूले बढ्दो तरिकामा कार्यहरू गर्नुपर्‍यो जुन यो मुक्तिसँग सुसंगत थिए । तपाईंले यसलाई क्रियापदसहितको वाक्यांशको साथ अनुवाद गर्न सक्नुहुनेछ । वैकल्पिक अनुवादः “तिमीहरूलाई परमेश्‍वरले पूर्ण रूपमा नबचाएसम्म तिमीहरू आत्मिक रूपले बढ्न सक । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-abstractnouns]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

बढ्नु

विश्‍वासीहरू परमेश्‍वरको ज्ञान र उहाँको विश्‍वासयोग्यतामा बढ्ने कामलाई पत्रुसले बढ्दै गरेका बालकहरूको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)