ne_tn/1ki/22/03.md

2.5 KiB

के रामोत-गिलाद हाम्रै हो भनी तिमीहरूलाई थाहा छ ? तर अरामका राजाका हातबाट यसलाई लिन हामीले केही पनि गरिरहेका छैनौँ

तिनीहरूले रामोत-गिलाद कब्जा गरिसक्नुपर्ने थियो भन्‍ने कुराको जोड दिनको लागि आहाब यो प्रश्‍न गर्छन् । अर्को अनुवादः "रामोत-गिलाद हाम्रो हो, तर अरामका राजाका हातबाट लिनको लागि हामीले अहिलेसम्‍म केही गरेका छैनौँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

अरामका राजाका हातबाट यसलाई लिन

यहाँ "हात" ले शक्तिलाई जनाउँछ । अर्को अनुवादः "अरामका राजाका नियन्‍त्रणबाट लिन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

म तपाईंजस्तै हुँ, मेरा मानिस तपाईंका मानिसजस्तै हुन् र मेरा घोडाहरू तपाईंका घोडाहरू जस्तै हुन्

यहोशापातले आफू, आफ्ना मानिसहरू र आफ्‍ना घोडाहरू आहाबका हुन् र आहाबलाई इच्छा लागेअनुसार आफूसित व्यवहार गर्न सक्छन् भनेर उनी आहाबलाई बताउँछन् । अर्को अनुवादः "म स्वयम्, मेरा सिपाहीहरू र मेरा घोडाहरू तपाईंलाई इच्छा लागेअनुसार चलाउनको लागि तपाईंका हुन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद