ne_tn/1ki/17/14.md

2.5 KiB

परमप्रभुले ... वृष्‍टि नपठाउञ्‍जेलसम्म

यो एउटा वाक् पद्धति हो जसको अर्थ परमप्रभुले वर्षाउनुहुनेछ भन्‍ने हुन्छ । अर्को अनुवादः "परमप्रभुले वर्षा हुन दिनुहुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

उनी र एलियालगायत उनको घरानाले धेरै दिनसम्म खाए

मूल भाषामा "उनी र तिनी र उनका घरानाले धेरै दिनसम्म खाए" भन्‍छ । यो "तिनी" को हो भन्‍ने कुरा स्पष्‍ट छैन । सम्भावित अर्थहरू १) एलिया, विधवा र उनका छोराले धेरै दिनसम्‍म खाए वा २) विधवा , उनका छोरा र उनका घरमा बस्‍ने सबैले धेरै दिनसम्म खाए वा ३) एलिया, विधवा र उनका घरमा बस्‍ने सबैजनाले धेरैदिनसम्‍म खाए ।

एलियालगायत उनको घराना

"घराना" का लागि सम्भावित अर्थहरू १) यसले केवल विधवाको छोरोलाई जनाउँछ वा २) यसले उनको घरमा बस्‍ने अरू मानिसहरूलाई जनाउँछ जो यस कथामा उल्‍लिखित छैनन् वा ३) यसले उनको छोरो र उनको घरमा बस्‍ने अरूहरूलाई जनाउँछ ।

परमप्रभुले ... बोल्नुभएको वचनले भनेझैं

यहाँ "वचन" ले परमप्रभु आफैलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुले भन्‍नुभएझैं" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद