ne_tn/1ki/14/29.md

4.2 KiB

के यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ?

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ र यसले उत्तर सकारात्मक हुने अनुमान गर्छ । यो आलङ्कारीक प्रश्‍न हो र जोड दिनको प्रयोग गरिएको छ । अर्को अनुवादः "ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्" वा "तपाईंले तिनीहरूका बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा पढ्‍न सक्नुहुन्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-activepassive]] र[[rc:///ta/man/translate/figs-rquestion]])

यहूदाका राजाहरूको इतिहासको पुस्तक

यसले त्यस पुस्तकलाई जनाउँछ, जुन अहिले छैन ।

युद्ध चलिरह्‍यो

"त्यहाँ निरन्तर युद्ध थियो" वा "त्यहाँ लगातार लडाईं भयो"

रहबाम र यारोबामको बिचमा युद्ध

राजाहरूका नामहरूको अर्थ यो हुन्छ कि त्यहाँ रहबाम र यारोबामका सेनाहरूका बीचमा युद्ध थियो । अर्को अनुवादः "रहबाम र यारोबामका सेनाहरू घरि घरि युद्धमा लडे" (EN-UDB) वा "रहबाम र तिनका सेनाहरू र यारोबाम र तिनका सेनाहरू निरन्तर युद्धमा संलग्‍न भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

आफ्ना पित्रहरूसित सुत्‍न गए

रहबाम मर्नुलाई यसरी बताइएको छ कि मानौं तिनी सुतेका थिए । तपाईंले 1 Kings 2:10 मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "मरे" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-euphemism]])

तिनीहरूसँगै दाऊदको सहरमा गाडिए

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मानिसहरूले तिनलाई गाडे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

नामा

यो एउटी स्‍त्रीको नाम हो । तपाईंले 1 Kings 14:21 मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिनका छोरा अबिया

"रहबामका छोरा अबिया"

तिनको ठाउँमा ... राजा भए

"तिनको ठाउँमा" वाक्यांशले "तिनको सट्टामा" भन्‍ने जनाउँछ । अर्को अनुवादः "रहबामको स‍ट्टामा ... राजा भए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद