ne_tn/1ki/13/01.md

4.4 KiB

परमप्रभुको वचनद्वारा परमेश्‍वरका जन बेथेलमा आए

परमेश्‍वरको जनलाई परमप्रभुले बेथेल पठाउनुभयो भन्‍ने कुरा यस जानकारीले सङ्‍केत गर्छ । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "परमेश्‍वरको जनलाई परमप्रभुद्वारा बेथेल पठाइयो" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] र [[rc:///ta/man/translate/figs-activepassive]])

परमेश्‍वरका जन

अगमवक्ताको लागि यो अर्को शीर्षक हो । अर्को अनुवादः "एउटा अगमवक्ता"

परमप्रभुको वचन

यहाँ "वचन" ले परमप्रभुको सन्देशलाई जनाउँछ । अर्को अनुवादः "परमप्रभुको सन्देश"

तिनले ... वेदीको विरुद्धमा चिच्च्याए

यहाँ "तिन" ले परमेश्‍वरको जनलाई जनाउँछ ।

वेदीको विरुद्धमा चिच्च्याए

तिनले चर्को र निन्दापूर्ण स्वरमा वेदीतिर अगमवाणी गरे भन्‍ने यसको अर्थ हुन्छ । अर्को अनुवादः "चर्को स्वरमा वेदीतिर अगमवाणी गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

हे वेदी, हे वेदी

त्यस अगमवक्ताले वेदीसित यसरी बोल्यो कि मानौँ त्यो एउटा सुन्‍न सक्‍ने व्यक्ति थियो । तिनले जोड दिनको लागि यो दुई पटक भने । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-apostrophe]] र [[rc:///ta/man/translate/figs-personification]])

दाऊदको घरानामा योशियाह नाउँ गरेको बालकको जन्म हुनेछ

यहाँ "दाऊदको घराना" ले दाऊदका सन्तानलाई जनाउँछ । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "दाऊदको घरानामा योशियाह नाउँ गरेको बालक जन्मिनेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-activepassive]])

तिनीहरूले ... जलाउनेछन्

यहाँ "तिनीहरू" ले योशियाह र तिनीसित भएका मानिसहरूलाई जनाउँछ ।

वेदी दुई फक्लेटा हुनेछ, र त्यसमाथि भएको खरानीचाहिं खन्याइनेछ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभुले वेदी दुई फक्लेटा पार्नुहुनेछ र त्यसमाथि भएको खरानीचाहिं जमिनमा खस्‍नेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद