ne_tn/1ki/12/22.md

3.0 KiB

परमेश्‍वरको वचन आयो

यो एउटा वाक् पद्धति हो, र परमेश्‍वरले आफ्ना अगमवक्ताहरू वा आफ्‍ना मानिसहरूलाई बताउनुभएको केही कुराको जानकारी दिनको लागि प्रयोग गरिएको छ । अर्को अनुवादः "परमेश्‍वरले यो सन्देश बोल्‍नुभयो" वा "परमेश्‍वरले यी शब्दहरू बोल्‍नुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शमायाह

यो एउटा मानिसको नाम हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

परमेश्‍वरका जन

"परमेश्‍वरका जन" भन्‍ने अभिव्यक्ति, परमप्रभुको अगमवक्तालाई जनाउने एउटा आदरपूर्ण तरिका हो । अर्को अनुवादः "परमेश्‍वरको मानिस" वा "परमेश्‍वरको अगमवक्ता"

यहूदा र बेन्यामीनका सम्पूर्ण घराना

यहाँ "घराना" ले कुल वा सन्तानहरूलाई जनाउँछ । अर्को अनुवादः "यहूदा र बेन्यामीन कुलका सम्पूर्ण मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

आफ्ना दाजुभाइ इस्राएलका मानिसहरू

"दाजुभाइ" र "इस्राएलका मानिसहरू" शब्दहरू doublet हुन् जसले उत्तरका दश कुलका मानिसहरूलाई जनाउँछ र तिनीहरू र यहूदा र बेन्यामीनका कुलहरूका बीचको पारिवारिक सम्बन्धलाई जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

किनकि यो काम मैले गरेको हुँ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणको लागिः "किनकी यी कामहरू मद्वारा गरिएका हुन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद