ne_tn/1ki/12/16.md

3.2 KiB

सारा इस्राएल

यहाँ "इस्राएल" शब्दले लडाईं गर्न सक्षम इस्राएलका सारा मानिसहरूलाई जनाउँछ । "सारा इस्राएल" भनेको इस्राएलका अधिकांश मानिसहरू भन्‍ने अर्थ दिने एउटा बढाइचढाइ गरिएको वाक्यांश हो । अर्को अनुवादः "इस्राएलका सारा मानिसहरू" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-synecdoche]] र[[rc:///ta/man/translate/figs-hyperbole]])

दाऊदमा हाम्रो के हिस्सा छ र ?

"हिस्सा" ले भाग, सहभागिता वा रूचि भन्‍ने अर्थ दिन्छ । यस प्रश्‍नलाई एउटा सामान्य वाक्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "दाऊदको घरानामा हाम्रो केही भाग हुनेछैन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-metonymy]])

यिशैका छोरामा हाम्रो कुनै उत्तराधिकार छैन

"यिशैका छोरा" ले यिशैका छोरा दाऊदलाई जनाउँछ । "उत्तराधिकार" ले ती मानिसहरूका लागि दाऊदका सफलताबाट बाँकी भएको अंशलाई जनाउँछ । अर्को अनुवादः "यिशैका सन्तानसित हाम्रो केही लेनदेन छैन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

हे इस्राएली हो, आ-आफ्ना पालमा जाओ

"पाल" ले मानिसको बस्‍ने ठाउँला‌ई जनाउँछ । अर्को अनुवादः "इस्राएलका मानिसहरू, आफ्‍ना घर जाओ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

हे दाऊद, तिमी आफ्नै घर सम्हाल

"घर" ले दाऊदको शक्ति र प्रतिष्ठाको वंशलाई जनाउँछ । अर्को अनुवादः "हे दाऊदका सन्तान, तिम्रो आफ्नै राज्य सम्हाल" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद