ne_tn/1ki/08/46.md

2.8 KiB

तिनीहरूले ... पाप गरेका छन् ... तपाईं तिनीहरूसित रिसाउनुभई ... तिनीहरूले थाहा पाएपछि तिनीहरूले पश्चात्ताप गरेर ... तिनीहरूले ... भनेमा

सोलोमन बोलिरहदा, यी काल्पनिक अवस्थाहरू घटेको थिएनन्, तर ती भविष्यमा हुनेछ भनी सोलोमनलाई थाहा थियो । अहिलेसम्म नघटेका घटनाहरू तर भविष्यमा घट्न सक्ने घटनाहरूको बारेमा बताउनको लागि तपाईंको भाषामा भएको तरिका प्रयोग गर्नुहोस् ।(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hypo)

तिनीहरू निर्वासित भएर

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिनीहरूका शत्रुहरूले तिनीहरूलाई निर्वासनमा लगेर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

निर्वासित गर्नेहरू

अरूहरूलाई कैदीहरूझैँ राख्‍ने मानिसहरू

हामीले बाटो बिराई पाप गरेका छौँ, हामीले दुष्टतापूर्वक व्यवहार गरेका छौँ

यी दुई वाक्यहरूले एउटै अर्थ दिन्छन् । तिनीहरूले एकसाथ मानिसहरूका कार्यहरू कति खराब थिए भनी जोड दिन्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

बाटो बिराई पाप गरेका छौँ

मानिसहरूले कति खराब तरिकाले पाप गरेका छन् भनी यसले जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद