ne_tn/1ki/08/27.md

4.3 KiB

तर के परमेश्‍वर साँच्चै नै पृथ्वीमा बस्‍नुहुन्छ र ?

यस प्रश्‍नको सम्भावित अर्थहरू हुन्: १) सोलोमनले साँच्चै नै प्रश्‍न सोधिरहेका छन् र उत्तरको आशा गर्दैछन् वा २) यो प्रश्‍न आलङ्कारिक हो र सोलोमनले परमेश्‍वर ठुलो हुनुहुन्छ र पृथ्वीमा बस्‍नलाई शक्तिशाली हुनुहुन्छ भनी जोड दिँदैछन् । अर्को अनुवादः "तर परमेश्‍वर साँच्चै नै पृथ्वीमा बस्नुहुन्छ भन्‍ने कुरा साँचो हुनसक्दैन!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तर के परमेश्‍वर

यहाँ सोलोमन परमेश्‍वरको बारेमा तृतीय पुरुषमा बोल्छन् । यसलाई द्वितीय पुरुषमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः "तर के तपाईं" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

तपाईं अटाउनुहुन्‍न भने मैले बनाएको यस मन्दिरमा तपाईं कसरी अटाउन सक्नुहुन्छ त!

"त्यसो भए, मैले बनाएको यस मन्दिरमा तपाईं निश्‍चय नै अटाउन सक्नुहुन्‍न"

तपाईंका दासको यस प्रार्थना र बिन्तीलाई आदर गरिदिनुहोस्

"प्रार्थना" र "बिन्ती" शब्दहरूले मूलत: एउटै अर्थ दिन्छन् र तिनले बिन्ती गर्दा तिनी इमान्दार छन् भनी जोड दिन्छन् । सोलोमनले परमप्रभुप्रति आदर देखाउन "तपाईंको दास" भनी आफैलाई जनाउँछन् । यसलाई प्रथम पुरुषमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "मैले यो बिन्ती गर्दा, तपाईंको दास, मेरो कदर गर्नुहोस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-doublet]] र [[rc:///ta/man/translate/figs-pronouns]])

आज तपाईंका दासले तपाईंको सामु टक्राउने प्रार्थना र पुकारालाई सुनिदिनुहोस्

"प्रार्थना" र "पुकार" शब्दहरूले मूलत: एउटै अर्थ दिन्छन् र तिनले आफूलाई सहायता गर्न परमप्रभुलाई बिन्ती गर्दा तिनी इमान्दार छन् भनी जोड दिन्छन् । सोलोमनले परमप्रभुप्रति आदर देखाउन "तपाईंको दास" भनी आफैलाई जनाउँछन् । यसलाई प्रथम परुषमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "आज मैले तपाईंलाई सहायताको निम्ति पुकार्दा तपाईंको दास मलाई सुन्‍नुहोस्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-doublet]] र [[rc:///ta/man/translate/figs-pronouns]])

शब्द अनुवाद