ne_tn/1jn/05/20.md

2.9 KiB

परमेश्‍वरको पुत्र

यो येशूको लागि एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्‍वरसँगको उहाँको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

हामीलाई समझ दिनुभएको छ

“हामीलाई सत्यतालाई बुझ्नका निमित्त सक्षम तुल्‍याउनुभएको छ”

हामी उहाँमा छौँ जो सत्य हुनुहुन्छ

“कसैमा” हुने कुराले त्यस व्यक्तिसँग घनिष्‍ठ सम्बन्ध राख्‍ने कुराको प्रतिनिधित्व गर्दछ, जुन भनेको उससँग एकीकृत हुनु वा उसको हुनु हो । “उहाँ जो सत्य हुनुहुन्छ” भन्‍ने वाक्यांशले साँचो परमेश्‍वरलाई जनाउँछ, र “उहाँको पुत्र येशू ख्रीष्‍टमा” भन्‍ने वाक्यांशले हामी कसरी जो सत्य हुनुहुन्छ उहाँमा छौँ भन्‍ने कुरालाई व्याख्या गर्छ । वैकल्पिक अनुवादः “हामी उहाँको पुत्र येशू ख्रीष्‍टसँग एकीकृत भएर उहाँ जो सत्य हुनुहुन्छ उहाँसँग एकीकृत भएका छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँ जो सत्य हुनुहुन्छ

“सत्य जन” वा “साँचो परमेश्‍वर”

उहाँ चाहिँ साँचो परमेश्‍वर हुनुहुन्छ

सम्भावित अर्थहरू हुन् १) “उहाँ चाहिँ”ले येशू ख्रीष्‍टलाई जनाउँछ, वा २) “उहाँ चाहिँ” एक साँचो परमेश्‍वरलाई जनाउँछ ।

र अनन्त जीवन

उहाँलाई “अनन्त जीवन” भनिन्छ किनभने उहाँले हामिलाई अनन्त जीवन दिनुहुन्छ । वैकल्‍पिक अनुवादः “र उहाँ जसले अनन्त जीवन दिनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)