ne_tn/1jn/04/intro.md

2.4 KiB

१ यूहन्‍ना ०४ सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

आत्मा

यो “आत्मा” शब्दलाई यस अध्यायमा विभिन्‍न किसिमले प्रयोग गरिएको छ । कहिलेकाहीँ “आत्मा” शब्दले आत्मिक प्राणीहरूलाई जनाउँछ । कहिलेकाहीँ यसले केही कुराको स्वभावलाई जनाउँछ । उदाहरणको लागि, “ख्रीष्‍टविरोधीको आत्मा”, “सत्यताको आत्मा”, र “भूलको आत्मा” जस्ता कुराहरूले ख्रीष्‍टविरोधी, सत्यता, र भूलको गुणबोधक कुराहरूलाई जनाउँछन् । “आत्मा” (जसलाई अङ्ग्रेजीमा ठूलो “एस”सँग लेखिन्छ) र “परमेश्‍वरको आत्मा”ले परमेश्‍वरलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/antichrist)

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

परमेश्‍वरलाई प्रेम गर्ने

यदि मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्छन् भने, तिनीहरूले जीवन जिउने तरिकामा र तिनीहरूले अरू मानिसहरूलाई व्यवहार गर्ने तरिकामा त्यो कुरा देखाउनुपर्छ । यसो गर्नाले परमेश्‍वरले हामीलाई बचाउनुभएको छ र हामी उहाँका हौँ भनेर हामीलाई भरोसा दिलाउन सक्छ, तर अरूहरूलाई प्रेम गर्नाले हामीले मुक्ति पाउने भने होइन । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/save)