ne_tn/1jn/04/17.md

2.8 KiB

यसैकारण, यो प्रेम हाम्रा माझमा सिद्ध बनाइएको छ, ताकि हामीसँग निश्‍चयता होस्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) “यसैकारण” शब्दले १ यूहन्‍ना ४:१६ लाई जनाउँछ । वैकल्पिक अनुवादः “किनभने जो पनि व्यक्ति जो प्रेममा जिउँछ त्यो परमेश्‍वरमा हुन्छ र परमेश्‍वर त्यसमा हुनुहुन्छ, परमेश्‍वरले हाम्रो लागि उहाँको प्रेम पूर्ण पार्नुभएको हुन्छ, ताकि हामीसँग पूर्ण दृढता होस्” वा २) “यसैकारण” शब्दले “हामीसँग दृढता होस्” भन्‍ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरले सबैको इन्साफ गर्नुभएको समयमा उहाँले हामीलाई स्वीकार गर्नुहुनेछ भन्‍ने कुरामा ढुक्‍क छौँ, त्यसैले हामी जान्दछौँ कि उहाँले हाम्रो लागि भएको उहाँको प्रेमलाई पूर्ण बनाउनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यो प्रेम हाम्रो माझमा सिद्ध भएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले हाम्रो लागि भएको उहाँको प्रेमलाई पूर्ण बनाउनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

किनभने उहाँ जस्तो हुनुहुन्छ, हामी पनि यस संसारमा त्यस्तै छौँ

“किनभने येशूको परमेश्‍वरसँग जे सम्बन्ध छ, यस संसारमा परमेश्‍वरसँगको हाम्रो सम्बन्ध पनि त्यही नै हो”