ne_tn/1jn/04/01.md

2.4 KiB

सामान्य जानकारीः

यूहन्नाले झूटा शिक्षकहरूको विुरुद्धमा चेतावनी दिन्छन् जसले ख्रीष्‍टसँग मानव शरीर थियो भन्‍ने कुराको विरुद्धमा सिकाउँछन् र ती शिक्षकहरूको विरुद्धमा पनि चेतावनी दिन्छन् जसले संसारलाई प्रेम गर्नेहरूले जसरी कुरा गर्छन् ।

प्रियहरू, विश्‍वास नगर

“तिमी मानिसहरू, जसलाई म प्रेम गर्छु, विश्‍वास नगर” वा “प्रिय मित्रहरू, विश्‍वास नगर ।” तपाईंले यसलाई १ यूहन्ना २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

हरेक आत्मालाई विश्‍वास नगर

यहाँ “आत्मा” शब्दले कुनै आत्मिक शक्ति वा व्यक्तित्त्वलाई जनाउँछ जसले कुनै व्यक्तिलाई कुनै सन्देश वा अगमवाणी दिन्छ । वैकल्पिक अनुवादः “त्यो हरेक अगमवक्तालाई विश्‍वास नगर जसले आत्माबाट सन्देश पाएको दाबी गर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

आत्माहरूको जाँच गर

यहाँ “आत्माहरू” शब्दले कुनै आत्मिक शक्ति वा व्यक्तित्त्वलाई जनाउँछ जसले कुनै व्यक्तिलाई कुनै सन्देश वा अगमवाणी दिन्छ । वैकल्पिक अनुवादः “अगमवक्ताले भन्‍ने कुरालाई होशियारीपूर्वक विचार गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)