ne_tn/1jn/03/15.md

2.3 KiB

आफ्नो भाइलाई घृणा गर्ने जो कोही पनि एक हत्यारा हो

यूहन्‍नाले अर्को विश्‍वासीलाई घृणा गर्ने व्यक्तिको विषयमा यसरी बताउँछन् मानौँ त्यो व्यक्ति कुनै हत्यारा हो । किनकि मानिसहरूले अरू मानिसहरूलाई घृणाको कारण हत्या गर्छन्, परमेश्‍वरले घृणा गर्ने जो कोही पनि मानिसलाई अरूलाई मार्ने व्यक्ति जत्तिकै दोषी सम्झनुहुन्छ । वैकल्पिक अनुवादः “जसले अरू विश्‍वासीलाई घृणा गर्छ त्यो कुनै मानिसलाई हत्या गर्ने जत्तिकै दोषी हुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

कुनै पनि हत्यारामा उसभित्र अनन्त जीवन रहेको हुँदैन

“अनन्त जीवन” भनेको विश्‍वासीहरूलाई मृत्युपछि परमेश्‍वरले दिनुहुने कुरा हो, तर यो यसै जीवनमा तिनीहरूलाई पाप गर्न छोड्न र उहाँलाई प्रसन्‍न पार्ने कुरा गर्न सहायता गर्नलाई परमेश्‍वरले दिनुहुने शक्ति पनि हो । यहाँ अनन्त जीवनको विषयमा यसरी बताइएको छ मानौँ त्यो कुनै व्यक्ति हो जो कसैभित्र वास गर्न सक्छ । वैकल्पिक अनुवादः “एक हत्यारासँग अनन्त जीवनको शक्ति हुँदैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)