ne_tn/1jn/03/07.md

2.0 KiB

प्रिय बालकहरू

यूहन्‍ना पाका मानिस र उनीहरूका अगुवा थिए । उनले यो अभिव्यक्ति उनीहरूका लागि उनको प्रेम देखाउन प्रयोग गरे । तपाईंले यसलाई १ यूहन्‍ना २:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “ख्रीष्‍टमा मेरा प्रिय बालकहरू” वा “तिमीहरू जो मेरो लागि मेरा आफ्नै सन्तानजस्तै प्रिय छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

कसैलाई पनि तिमीहरूलाई बहकाउन नदेओ

यहाँ “तिमीहरूलाई बहकाउन” भनेको कसैलाई असत्य कुरामा विश्‍वास गर्नलाई मनाउने कुराको लागि अलङ्कार हो । वैकल्पिक अनुवादः “कसैलाई पनि तिमीहरूलाई मूर्ख बनाउन नदेओ” वा “कसैलाई पनि तिमीहरूलाई छल्न नदेओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

जसले धार्मिकताको काम गर्छ त्यो धर्मी हो, जसरी ख्रीष्‍ट धर्मी हुनुहुन्छ

“जे ठीक छ त्यही गर्ने ख्रीष्‍ट येशूले जस्तै परमेश्‍वरलाई प्रसन्‍न पार्ने व्यक्ति हो ।”