ne_tn/1jn/02/05.md

3.2 KiB

उहाँको वचन पालन गर्छ

यहाँ कसैको वचनको पालना गर्नु भनेको आज्ञापालन गर्नको निमित्त भएको वाक्पद्धति हो । वैकल्पिक अनुवादः “परमेश्‍वरले उसलाई अह्राउनुभएका कुराहरू गर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

परमेश्‍वरको प्रेम उसमा सिद्ध पारिएको छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । सम्भावित अर्थहरू हुन् १) “परमेश्‍वरको प्रेम”ले कुनै व्यक्तिले परमेश्‍वरलाई प्रेम गरेको कुरालाई जनाउँछ, साथै “सिद्ध पारिएको”ले सम्पूर्ण रूपमा वा पूर्णतया भएको कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “यो त्यही व्यक्ति हो जसले परमेश्‍वरलाई सम्पूर्ण रूपले प्रेम गर्छ” वा २) “परमेश्‍वरको प्रेम”ले परमेश्‍वरले मानिसहरूलाई प्रेम गर्नुभएको कुरालाई जनाउँछ, र “सिद्ध पारिएको”ले त्यसको उद्देश्‍यलाई पूरा गरेको कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरको प्रेमले त्यस व्यक्तिको जीवनमा त्यसको उद्देश्‍य प्राप्‍त गरेको छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-possession]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

हामी उहाँमा छौँ भनी हामी यसैद्वारा जान्दछौँ

“हामी उहाँमा छौँ” भन्‍ने वाक्यांशको अर्थ विश्‍वासीको परमेश्‍वरसँग सङ्गति छ भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “जब हामी परमेश्‍वरले भन्‍नुभएको कुराको पालना गर्छौँ, हामी निश्‍चित हुन सक्छौँ कि हाम्रो उहाँसँग सङ्गति छ” वा “यसैद्वारा हामी जान्दछौँ कि हामी परमेश्‍वरसँग जोडिएका छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)