ne_tn/1jn/01/10.md

1.8 KiB

हामी उहाँलाई झूटा तुल्याउँछौँ

यो आशय दिइएको छ कि जुन व्यक्तिले आफू पापरहित भएको दाबी गर्छ त्यसले परमेश्‍वरलाई झूटा भनिरहेको हुन्छ किनभने उहाँले भन्‍नुभयो कि सबैजना पापी छन् । वैकल्पिक अनुवादः “यो उहाँलाई झूटा भनिरहेको जस्तै हो, किनभने उहाँले भन्‍नुभयो कि हामी सबैले पाप गरेका छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

उहाँको वचन हामीमा हुँदैन

यहाँ “वचन” भनेको “सन्देश”को लागि एउटा प्रतिस्थापन शब्द हो । परमेश्‍वरको वचनलाई पालना गर्ने र सम्‍मान गर्ने कुरालाई यसरी बताइएको छ मानौँ त्यो भनेको उहाँको वचन विश्‍वासीहरूभित्र रहेको जस्तो हो । वैकल्पिक अनुवादः “हामी परमेश्‍वरको वचनलाई बुझ्‍दैनौँ नता उहाँले भन्‍नुभएको कुराको पालना गर्छौँ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-metonymy]])