ne_tn/1jn/01/05.md

2.9 KiB

सामान्य जानकारीः

यहाँ “हामी” र “हामीलाई” शब्दहरूले सबै विश्‍वासीहरूलाई जनाउँछन्, जसमा यूहन्‍नाले पत्र लेखिरहेका मानिसहरू पनि समावेश गरिएका छन् । अन्य किसिमले उल्‍लेख नगरिएसम्‍म, यस पुस्तकको बाँकीको सबै भागमा तिनको अर्थ त्यही नै हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

जोड्ने कथनः

यहाँदेखि अर्को अध्यायसम्‍मै, यूहन्‍नाले सङ्गति-परमेश्‍वर र अन्य विश्‍वासीहरूसँगको घनिष्‍ठ सम्बन्धको विषयमा लेख्छन् ।

परमेश्‍वर ज्योति हुनुहुन्छ

यसको तात्पर्य परमेश्‍वर पूर्ण रूपमा शुद्ध र पवित्र हुनुहुन्छ भन्‍ने हुन्छ । ती समाजहरू जसले भलाइलाई ज्योतिसँग सम्बन्धित बनाउँछन्, तिनीहरूले चाहिँ अलङ्कारको व्याख्या नगरिकनै ज्योतिको अवधारणालाई लिन सक्छन् । वैकल्पिक अनुवादः “परमेश्‍वर शुद्ध ज्योतिजस्तो शुद्ध रूपमा धर्मी हुनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उहाँमा पटक्‍कै अन्धकार छैन

यसको तात्पर्य परमेश्‍वरले कहिल्यै पाप गर्नुहुन्‍न र उहाँ कुनै पनि तवरमा दुष्‍ट हुनुहुन्‍न भन्‍ने हुन्छ । ती समाजहरू जसले दुष्‍टतालाई अन्धकारसँग सम्बन्धित बनाउँछन्, तिनीहरूले चाहिँ अलङ्कारको व्याख्या नगरिकनै अन्धकारको अवधारणालाई लिन सक्छन् । वैकल्पिक अनुवादः “उहाँमा कुनै दुष्‍ट कुरा छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)