ne_tn/1jn/01/01.md

2.7 KiB

सामान्य जानकारीः

प्रेरित यूहन्‍नाले यो पत्र विश्‍वासीहरूलाई लेखे । यहाँ भएका “तिमीहरू”, “तिमीहरूको”, र “तिमीहरूकै” शब्दका सबै प्रयोगहरूले सारा विश्‍वासीहरूलाई समावेश गर्छन् र ती बहुवचनमा छन् । यहाँ भएका “हामी” र “हामीलाई” शब्दहरूले यूहन्‍ना र येशूसँग भएकाहरूलाई जनाउँछ । पदहरू १-२ मा “त्यो”, “जुन”, र “त्यस” जस्ता सर्वनामहरू प्रयोग भएका छन् । तिनीहरूले “जीवनको वचन” र “अनन्त जीवन”लाई जनाउँछन् । तर, किनकि यी येशूका लागि भएका नाउँहरू हुन्, तपाईंले “जो”, “जसलाई”, र “उहाँ” जस्ता व्यक्तिलाई जनाउने सर्वनामहरूको प्रयोग गर्न सक्‍नुहुन्छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-you]] अनि [[rc:///ta/man/translate/figs-exclusive]] अनि rc://*/ta/man/translate/figs-pronouns)

जुन हामीले सुनेका छौँ

“उहाँले सिकाउनुभएको हामीले सुनेका छौँ”

जुन हामीले देखेका छौँ ... हामीले हेरेका छौँ

यसलाई जोड दिनको लागि दोहोर्‍याइएको छ । वैकल्पिक अनुवादः “जसलाई हामी आफैँले देखेका छौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

जीवनको वचन

“येशू जसले मानिसहरूलाई सदासर्वदा जिउने तुल्याउनुहुन्छ ।”

जीवन

यस पत्रभर प्रयोग भएका “जीवन” शब्दले शारीरिक जीवनभन्दा बढी जनाउँछ । यहाँ “जीवन”ले आत्मिक रूपमा जीवित हुने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)