ne_tn/1co/16/13.md

3.1 KiB

सतर्क रहो, विश्‍वासमा दृढ बस, मर्द झैँ बन र सामर्थी बन

युद्धमा रहेका सिपाहीहरूलाई चार आज्ञा दिए झैँ गरी कोरिन्थीहरूले के गरेको उनले चाहन्छन् भनेर पावलले वर्णन गरिरहेका छन् । यी चार आज्ञाको अर्थ करिब उही नै हुन्छ र जोड दिनका लागि प्रयोग गरिएका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

सतर्क रहो

के हुँदैछ भनेर सचेत हुने कुरालाई पावलले तिनीहरू कुनै सहर वा दाखबारीको पहरेदारी गरिरहेका पहरेदारहरू भएको जसरी बताउँछन् । यसलाई अझ स्‍पष्‍ट पारेर व्यक्त गर्न सकिन्‍छ । वैकल्पिक अनुवादः “तिमीहरू कसमाथि भर पर्छौ भनेर होसियार होओ” वा “खतराको लागि चनाखो होओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

विश्‍वासमा दृढ बस

मानिसहरूले तिनको शिक्षा अनुसार ख्रीष्‍टलाई विश्‍वास गर्न निरन्‍तरता दिइरहने कुरालाई तिनीहरू शत्रुहरूले आक्रमण गर्दा पछि हट्न इन्कार गरिरहेका सिपाहीहरू भए झैँ गरी पावलले बताउँछन् । सम्‍भावित अर्थहरू हुन् १) “हामीले तिमीहरूलाई जे सिकाएका छौं, त्‍यसलाई बलियोसँग विश्‍वास गरिराख” वा २) “ख्रीष्‍टमा बलियो गरी भरोसा गरिरहो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मर्द झैँ बन

Iपावल र तिनका श्रोताहरू बस्ने समाजमा, पुरुषहरूले कठोर मेहनतको काम गरेर र आक्रमणकारीहरू विरुद्ध लडेर आफ्‍ना परिवारहरूका खाँचोहरू जुटाउँथे । यसलाई अझ स्पष्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जिम्मेवार बन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)