ne_tn/1co/15/intro.md

2.7 KiB

१ कोरिन्‍थी १५ साधारण टिपोटहरू

संरचना र ढाँचा

पुनरुत्‍थान

यस अध्‍यायले येशूको पुनरुत्‍थानको बारेमा महत्‍वपूर्ण शिक्षालाई समावेश गर्छ । एक जना व्यक्तिको मृत्यु भएपछि ऊ फेरि जिवित हुन्‍छ भनेर ग्रीक मानिसहरूले विश्‍वास गर्दैनथे । पावलले येशूको पुनरुत्‍थानको बचाउ गर्छन् । सबै विश्‍वासीका लागि यो कुरा किन महत्‍वपूर्ण छ भनेर तिनले सिकाउँछन् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/ressurection]] अनि [[rc:///tw/dict/bible/kt/believe]])

यस अध्‍यायका विशेष विचारहरू

पुनरुत्‍थान

येशू नै परमेश्‍वर हुनुहुन्‍छ भन्‍ने कुराका लागि सबैभन्‍दा ठूलो प्रमाण नै उहाँको पुनरुत्‍थान हो भनेर पावलले प्रस्तुत गर्छन् । परमेश्‍वरले जीवित तुल्‍याउनुहुने धेरै जनामध्‍ये ख्रीष्‍टचाहिँ प्रथम हुनुहुन्‍छ । पुनरुत्‍थान नै सुसमाचारको केन्द्रबिन्‍दु हो । यो जत्तिकै महत्‍वपूर्ण सिद्धान्‍त त थोरै मात्र होलान् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/goodnews]] अनि [[rc:///tw/dict/bible/other/raise]])

यस अध्‍यायका महत्‍वपूर्ण अलङ्‍कारका भाषा

पावलले यस अध्‍याय थुप्रै विभिन्‍न अलङ्कारको भाषा प्रयोग गर्छन् । कठिन ईश्‍वरशास्‍त्रीय शिक्षाहरूलाई मानिसहरूले बुझ्‍ने भाषामा व्यक्त गर्नका लागि तिनले तिनीहरूलाई प्रयोग गर्छन् ।