ne_tn/1co/15/32.md

2.3 KiB

मैले एफिससमा जङ्गली जनावरहरूसँग लडेर ... मलाई के लाभ हुन्छ र ... जीवित हुँदैनन् ... ?

कोरिन्थीहरूलाई बताउनु नपरिकनै तिनीहरूले कुरा बुझेको पावल चाहन्छन् । यो एउटा कथन हुन सक्छ । वैकल्‍पिक अनुवादः “यदि ... उठ्दैनन् भने ... एफिससका जङ्गली जनावरहरूसँग लडेर .. मलाई केही लाभ भएन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

मैले एफिससमा भएका जङ्गली जनावरहरूसँग लडाइँ गरेँ

तिनले वास्तवमै गरेको केही कुरालाई पावलले जनाइरहेका छन् । सम्भावित अर्थहरू हुन् १) पावलले आलङ्कारिक रूपमा पढे लेखेका मूर्तिपूजकहरूसँग भएको वादविवाद वा उनलाई मार्न चाहने मानिसहरूसँग भएका अन्य झडपका बारेमा बताइरहेका थिए वा २) उनलाई साँच्चिकै भयङ्कर जनावरहरूसँग लडाइँ गर्नको लागि अखडामा राखिएको थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हामी खाऔँ र पिऔँ किनकि भोलि त हामी मरिहाल्छौँ

मृत्युपछि जीवन छैन भने त, यसै जीवनमा हामीले सकेजति आनन्द मनाउनु हाम्रो लागि बेस हुन्छ, किनकि भोलि त हाम्रो जीवन थप आशा बिना सकिनेछ भनेर पावलले निष्‍कर्ष निकाल्छन् ।