ne_tn/1co/12/intro.md

2.9 KiB

१ कोरिन्‍थी १२ साधारण टिपोटहरू

संरचना र ढाँचा

पवित्र आत्‍माका वरदानहरू

यस अध्‍यायमा नयाँ खण्‍ड सुरु हुन्‍छ । अध्‍याय १२-१४ ले मण्‍डलीभित्रका आत्‍मिक वरदानहरूका बारेमा छलफल गर्दछ ।

यस अध्‍यायका विशेष विचारहरू

मण्‍डली, ख्रीष्‍टको शरीर

धर्मशास्‍त्रमा यो महत्‍वपूर्ण अलङ्कार हो । धर्मशास्‍त्रमा यो महत्‍वपूर्ण अलङ्कार हो । मण्‍डलीका धेरैवटा भिन्‍नभिन्‍न भाग छन् । प्रत्‍येक भागका अलगअलग कार्य छन् । ती सबै मिलेर एउटा मण्डली बन्छ । विभिन्‍न भागका सबै नै आवश्‍यक हुन्‍छन् । हरेको भाग अरू सबै भागहरूका बारेमा फिक्री गर्ने हुनुपर्छ जसमा कम महत्त्वका लाग्‍ने भागहरू पनि पर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यस अध्‍यायको अनुवादसम्‍बन्‍धि सम्‍भाव्‍य अन्‍य कठिनाइहरू

“पवित्र आत्‍माद्वारा बाहेक कसैले पनि ‘येशू नै प्रभु हुनुहुन्‍छ’ भन्‍न सक्‍दैन”

पुरानो करारमा, यहूदीहरूले “यहवे” शब्‍दको साटोमा “परमप्रभु” शब्‍द लेख्‍थे । यो वाक्‍यको अर्थ शायद यस्‍तो हुन्‍छ, आफूमा वास गर्नुहुने पवित्र आत्‍माको प्रभावबिना कसैले पनि येशू नै यहवे, अर्थात् शरीरमा हुनुभएको परमेश्‍वर हुनुहुन्‍छ भनी यो सत्‍य स्‍वीकार गर्न सक्‍दैन । यो वाक्‍यलाई बेवास्‍ता गरेर अनुवाद गर्ने हो भने यसले नसोचेको ईश्‍वरशास्‍त्रीय परिणामहरू ल्‍याउन सक्छ ।