ne_tn/1co/11/intro.md

4.9 KiB

१ कोरिन्‍थी ११ साधारण टिपोटहरू

संरचना र ढाँचा

यहाँदेखि यो पत्रको नयाँ खण्‍ड सुरु हुन्‍छ (अध्‍याय ११-१४) । अब पावलले मण्‍डलीको आराधना सेवा व्‍यवस्‍थित हुनुपर्छ भनी कुरा गर्छन् । यो अध्‍यायमा तिनले दुईवटा भिन्‍नभिन्‍न समस्‍याः मण्‍डलीको सेवामा स्‍त्रीहरू (पद १-१६) र प्रभुभोज (पद १७-१४) का बारेमा लेख्‍छन् ।

यो अध्‍यायका विशेष विचारहरू

मण्‍डलीको सेवामा उचित व्‍यवहार

अव्‍यवस्‍थित स्‍त्रीहरू

यहाँ पावलले दिएका सुझावहरूलाई विद्वानहरूका बीचमा छलफल गरिएका छन् । त्‍यहाँ यस्‍ता किसिमका स्‍त्रीहरू भएका हुन सक्‍छन्, जसले स्‍थापित सांस्‍कृतिक प्रचलनका विरुद्धमा गएर ख्रीष्‍टिएन स्‍वतन्त्रताको दुरुपयोग गरिरहेका थिए र मण्‍डलीमा भद्रगोल ल्‍याइरहेका थिए । तिनीहरूका क्रियाकलापले सृजना गरेका भद्रगोलले तिनलाई चिन्‍तित तुल्‍याएको थियो ।

प्रभुभोज

कोरिन्थीहरूले प्रभुभोजलाई कसरी चलाइरहेका थिए, त्‍यस कुरामा समस्‍या थियो । तिनीहरूले एकीकृत रूपमा काम गरेनन् । प्रभुभोजको साथमा गरिएका भोजको समयमा, तिनीहरूमध्‍ये कसैले आफ्‍ना खानेकुरा बाँडचुँड नगरी खाए । तिनीहरूमध्ये केही मद्यले मात्तिए भने गरिब मानिसहरू भोकै रहे । विश्‍वासीहरूले पाप गरिरहेका समयमा र एकआपसमा सम्‍बन्‍ध बिग्रिएका समयमा तिनीहरू प्रभुभोजमा सहभागी हुन्‍छन् भने तिनीहरूले ख्रीष्‍टको अनादर गरेका हुन्‍छन् भनी पावलले तिनीहरूलाई सिकाए । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/sin]] अनि [[rc:///tw/dict/bible/kt/reconcile]])

यस अध्‍यायमा भएका महत्‍वपूर्ण अलङ्कारका भाषा

अलङ्कारका प्रश्‍नहरू

पावलले मानिसहरूलाई सुझाव दिएअनुरूपको आराधनाको नियमहरूको अनुसरण गर्न तिनीहरू अनिच्‍छुक भएका हुनाले उनीहरूलाई हप्‍काउनका लागि तिनले अलङ्कारका प्रश्‍नहरू प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

शिर

पद ३ मा अधिकार जनाउनका लागि पावलले “शिर” शब्‍दलाई लाक्षणिक अर्थमा प्रयोग गर्छन् र पद ४ देखि तलचाहिँ व्यक्तिकै वास्‍तविक शिर जनाउनलाई पनि प्रयोग गर्छन् । ती एकसाथ अति मिल्‍दोजुल्‍दो हुनाले, पावलले “शिर” शब्‍दलाई जानीबुझीकन नै यस किसिमले प्रयोग गरेका हुन सक्‍छन् । यस कुराले यी पदमा उल्‍लेखित विचारहरू सम्‍बन्‍धित छन् भन्‍ने दर्शाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)