ne_tn/1co/11/17.md

1.9 KiB

जोड्ने कथनः

जसै पावलले सहभागीपन, अर्थात् प्रभुभोजको कुरा गर्छन्, ठीक आचरण साथै एकता कायम राख्‍नलाई तिनले तिनीहरूलाई स्‍मरण गराउँछन् । तिनले उनीहरूलाई यो स्‍मरण गराउँछन् कि ती कुरामा उनीहरू असफल हुन्‍छन् भने, उनीहरू बिरामी पर्नेछन् र मर्नेछन्, जसरी तिनीहरूमध्ये कतिलाई पहिल्यै भइसकेको छ ।

निम्‍न दिइएका निर्देशनहरूमा, म तिमीहरूको प्रशंसा गर्दिन । किनकि

अर्को सम्‍भाव्‍य अर्थ यो हो, “जसै म तिमीहरूलाई यी निर्देशनहरूहरू दिन्छु, त्‍यहाँ त्यस्‍तो केही कुरो छ जसका लगि म तिमीहरूको प्रशंसा गर्न सक्‍दिन । जब”

दिइएका निर्देशनहरू

“मैले कुरा गर्न लागेको निर्देशनहरू”

तिमीहरू एकसाथ आउनु

“सँगै भेला हुनु” वा “भेट्नु”

यो असलको निम्‍ति होइन तर खराबको निम्‍ति

“तिमीहरूले एकअर्कालाई सहायता गर्दैनौ; बरु, तिमीहरू एकअर्कालाई नोक्‍सानी पुर्‍याउँछौ”