ne_tn/1co/09/24.md

2.5 KiB

जोड्ने कथनः

पावलले व्याख्या गर्छन् कि ख्रीष्‍टमा तिनले पाएको स्‍वतन्‍त्रतालाई तिनले आफैँलाई अनुशासित तुल्‍याउनका लागि प्रयोग गर्छन् ।

दौडमा सबै मानिसहरू दौडिन्छन्, तर एक जनाले मात्र पुरस्कार पाउँछ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन ?

कोरिन्थीहरूले जे जानेका छन् सो पावलले तिनीहरूलाई स्‍मरण गराउँछन्, ताकि तिनले नयाँ जानकारी थप गर्न सकुन् । वैकल्पिक अनुवादः “म तिमीहरूलाई सम्झना दिलाऊँ कि सबै जना दौडे तापनि एक जनाले मात्र इनाम पाउँछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

दौडिनु

पावलले ख्रीष्‍टिएन जीवन जिउने र परमेश्‍वरको लागि काम गर्ने कुरालाई दौडमा भाग लिने र खेलाडी हुनेसँग तुलना गर्छन् । दौडमा जस्तै ख्रीष्‍टिएन जीवन र काममा पनि दौडनेलाई कडा अनुशासनको जरुरत पर्छ र दौडमा जस्तै ख्रीष्‍टिएनहरूको पनि विशेष लक्ष्य हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यस्तरी दौड कि तिमीले त्यो कुरा पाऊ

परमेश्‍वरले आफ्‍ना विश्‍वासी जनहरूलाई दिनुहुने इनामचाहिँ त्यो खेलकुदको प्रतिस्‍पर्धाको लागि दिइने एउटा पुरस्कार भए जसरी पावलले बताइरहेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)