ne_tn/1co/08/intro.md

1.5 KiB

१ कोरिन्‍थी ०८ साधारण टिपोटहरू

संरचना र ढाँचा

अध्‍याय ८-१० मा, पावलले जवाफ दिने प्रश्‍न होः “के मूर्तिहरूलाई चढाएको मासु खानु ग्रहणयोग्‍य कुरा हुन्‍छ?”

यस अध्‍यायका विशेष विचारहरू

मूर्तिहरूलाई चढाएको मासु

यो प्रश्‍नको जवाफ पावलले यसरी दिन्‍छन्, मूर्तिहरू साँचो अर्थमा अस्‍तित्‍वमा नभएका देवीदेवता हुन् । यसकारण मासुमा केही खराब हुँदैन । ख्रीष्‍टिएनहरू त्‍यो खान स्‍वतन्त्र हुन्‍छन् । तापनि, ख्रीष्‍टिएनहरूले त्‍यो खाएको कुरा कोही एक जना नबुझ्ने व्यक्तिले देख्‍लान् । तब तिनीहरूले त्यो मासु मूर्तिलाई पूजा गर्ने एउटा कार्यको रूपमा खानलाई उत्साहित हुन सक्छन् ।