ne_tn/1co/08/01.md

4.6 KiB

सामान्य जानकारीः

यो पत्र पावलले खासगरी कोरिन्‍थका विश्‍वासीहरूलाई लखेको भए तापनि “हामी” शब्‍दले तिनी र सबै विश्‍वासीलाई समावेश गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

जोड्ने कथनः

पावलले विश्‍वासीहरूलाई स्‍मरण गराउँदै भन्‍छन्, मूर्तिहरूमा शक्ति हुँदैन, तापनि विश्‍वासीहरूले कमजोर विश्‍वासीहरूमा असर नपुर्‍याउनलाई होसियार हुनुपर्छ, जसले तिनले मूर्तिहरूको फिक्री गर्दा रहेछन् भनी विचार गर्न सक्‍छन् । ख्रीष्‍टमा विश्‍वासीहरूले पाएका स्‍वतन्त्रताको बारेमा होसियार हुन तिनले विश्‍वसीहरूलाई भन्‍छन् ।

अब ... बारेमा

कोरिन्‍थीहरूले सोधेका अर्को प्रश्‍नमा अगि बढ्‍नका लागि पावलले यो शब्‍द प्रयोग गर्छन् ।

मूर्तिहरूलाई चढाइएको खानेकुरा

मूर्तिपूजकहरूले अन्‍न, माछा, पन्छी वा मासु उनीहरूको देवतालाई चढाउँथे । पूजाहारीले यसको केही भाग वेदीमा चढाउँथे । पावलले बाँकी रहेको भागको कुरा गरिरहेका छन्, जुनचाहिँ चढाउने मानिसलाई फिर्ता दिइन्थ्यो वा बजारमा बिक्री गरिन्थ्यो ।

ज्ञानले घमण्ड ल्याउँदछ

“ज्ञानले मानिसहरूलाई घमण्डी बनाउँछ ।” यहाँ “घमण्‍डले फुल्छ” वाक्‍यांश कसैलाई घमण्‍डी बनाउने कुराको लागि अलङ्कार हो । भाववाचक शब्‍द “ज्ञान”लाई “थाहा हुनु” भन्‍ने क्रियामा व्यक्त गर्न सकिन्‍छ । वैकल्पिक अनुवादः “ज्ञानले मानिसहरूलाई घमण्‍डी बनाउँछ” वा “आफूलाई धेरै जानकारी छ भनी विचार गर्ने मानिसहरू घमण्‍डी हुन्‍छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तर प्रेमले उन्‍नति गराउँछ

यो भाववाचक नाम “प्रेम”लाई क्रियापदको रूपमा व्यक्त गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तर जब हामी मानिसहरूलाई प्रेम गर्छौँ, हामी उनीहरूको उन्‍नति गराउँछौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

प्रेमले उन्‍नति गराउँछ

मानिसहरूको उन्‍नति गरिदिनु भन्‍नाले तिनीहरूलाई उनीहरूको विश्‍वासमा परिपक्‍व र बलियो हुन सहायता पुर्‍याउनु हो । वैकल्‍पिक अनुवादः “प्रेमले मानसिहरूलाई बलियो तुल्‍याउँछ” वा “जब हामीले मानिसहरूलाई प्रेम गर्छौँ, तब उनीहरूलाई हामी बलियो बनाउँछौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)