ne_tn/rom/07/13.md

36 lines
2.5 KiB
Markdown
Raw Normal View History

2020-12-23 15:55:50 +00:00
# जोड्ने कथनः
पावलले उनको भित्री मानिस र उनको दिमागमा भएको पाप र परमेश्‍वरको व्यवस्थाको बीचमा उनको भित्री मानिसमा भएको लडन्तको विषयमा कुरा गर्छन् - पाप र भलाइको बीचमा ।
# त्यसैले
पावलले एउटा नयाँ विषयलाई परिचय गराउँदैछन् ।
# के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्‍न पुग्‍यो ?
पावलले यो प्रश्‍न जोड थप्‍नका लागि प्रयोग गर्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# जे असल छ
यसले परमेश्‍वरको व्यवस्थालाई जनाउँछ ।
# मेरो निम्ति मृत्यु बन्‍ने
“मलाई मर्न लगाउने”
# त्यस्तो कहिल्यै नहोस्
यस अभिव्यक्तिले अघिल्लो आलङ्कारिक प्रश्‍नलाई सम्भव भएसम्मकै सबैभन्दा बढी नकारात्मक उत्तर दिन्छ । तपाईंको भाषामा तपाईंसँग यस्तै किसिमको समान अभिव्यक्ति हुन सक्छ जुन तपाईंले यहाँ प्रयोग गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “अवश्‍य पनि त्यो सत्य होइन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# पाप ... ममा मृत्यु ल्यायो
पावलले पापलाई काम गर्न सक्‍ने व्यक्तिको रूपमा हेरिरहेका छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-personification]])
# ममा मृत्यु ल्यायो
“मलाई परमेश्‍वरबाट अलग गर्‍यो”
# आज्ञाद्वारा
“किनभने मैले आज्ञाको पालना गरिन”