ne_tn/1co/01/intro.md

34 lines
4.7 KiB
Markdown
Raw Normal View History

2020-12-23 15:55:50 +00:00
# १ कोरिन्‍थी ०१ साधारण टिपोटहरू
## संरचना र ढाँचा
सुरुका तीन पदमा अभिवादन छन् । प्राचीन पूर्वमा, चिट्ठी लेख्‍न सुरु गर्ने यो एउटा समान्‍य तरिका थियो ।
पढ्‍न सजिलो होस् भनेर कुनै अनुवादले कविताका हरफहरूलाई अरू हरफहरूभन्‍दा दायाँतिर सारेका हुन्छन् । युएलटिले पद १९ का शब्‍दहरूलाई यसो गर्दछ, जुन पुरानो करारबाट लिइएका हुन् ।
## यो अध्‍यायका विशेष विचारहरू
### विभाजन
यो अध्‍यायमा, विभाजन भएको र भिन्‍नभिन्‍न प्रेरितको अनुसरण गरेका हुनाले पावलले मण्‍डलीलाई हप्‍काउँछन् । (हेनुहोस्ः [[rc://*/tw/dict/bible/kt/apostle]])
### आत्‍मिक वरदानहरू
मण्‍डलीलाई सहायता पुर्‍याउनलाई आत्‍मिक वरदानहरू विशेष अलौकिक दक्षताहरू हुन् । येशूलाई विश्‍वास गरेर ख्रीष्‍टिएन भएपछि पवित्र आत्‍माले उनीहरूलाई यी वरदानहरू दिनुहुन्‍छ । अध्‍याय १२ मा पवलले आत्‍मिक वरदानहरूका सूचि बनाएका छन् । यी वरदानमध्‍ये कुनैचाहिँ पवित्र आत्‍माले विकसित हुँदै गरेको सुरुको मण्‍डलीलाई मात्र दिनुभयो भनी कोही विद्वानले विश्‍वास गर्छन् । पवित्र आत्‍माका सबै वरदान आज पनि सबै ख्रीष्‍टिएनका लागि इतिहासभरि नै उपलब्‍ध छन् भनी अरू विद्वानले विश्‍वास गर्छन् । (हेर्नुहोस्ः [[rc://*/tw/dict/bible/kt/faith]])
## यो अध्‍यायका महत्त्वपूर्ण आलङ्कारिका भाषा
### लक्षणा/व्‍यन्‍जना अर्थात् इडियमहरू
यो अध्‍यायमा, ख्रीष्‍ट पर्केर आउने कुरालाई पावलले दुईवटा भिन्‍नभिन्‍न वाक्‍यांशमा उल्‍लेख गर्छन्ः “हाम्रा प्रभु येशू ख्रीष्‍टको प्रकाश” र “हाम्रा प्रभु येशू ख्रीष्‍टको दिन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]])
### आलङ्कारिका प्रश्‍न
गुट-उपगुटमा विभाजित भएका र मानवीय बुद्धिमा भर परेका हुनाले पावलले कोरिन्थीहरूलाई हप्‍काउनका लागि आलङ्कारिका प्रश्‍नको प्रयोग गर्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
## यो अध्‍यायका अनुवाद सम्‍बन्धी अन्‍य सम्‍भाव्‍य कठिनाइहरू
### ठेस लाग्‍ने ढुङ्गा
ठेस लाग्‍ने ढङ्गोचाहि चट्टानको एउटा टुक्रा हो, जसमा मानिसहरू ठेस खान्‍छन् । परमेश्‍वरले आफ्‍नो मसिह अर्थात् अभिषिक्त जनलाई क्रूसमा टाँगिन दिनुहुन्‍छ भन्‍ने कुरा विश्‍वास गर्न यहूदीहरूलाई कठिन भयो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])