ne_tn/gen/27/36.md

35 lines
3.8 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# त्‍यसको नाउँ याकूब राखिएको के ठिकै होइन?
एसावले याकूबप्रति आफ्नो रिस जोड दिन यो प्रश्‍न गर्छ । अर्को अनुवादः "याकूब साँच्‍चै नै मेरो भाइको लागि सही नाम हो" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# याकूब
अनुवादकहरूले पादटिप्पणी पनि थप्‍न सक्‍नु हुन्छ, जसले भन्छः "याकूब नाम को अर्थ हो 'त्यसले कुर्कुच्चा समात्छ ।' मौलिक भाषामा 'याकूब' नाम 'त्यसले छल गर्छ' भन्‍ने शब्द जस्तो पनि सुनिन्‍छ ।"
# त्यसले ... आशिष् पनि लग्यो
यसले जन्‍म-अधिकारको बारेमा यसरी भन्छ कि मानौँ त्यो व्यक्तिले लान सक्ने सामान थियो । अर्को अनुवादः "त्यसले त्यसलाई दोब्‍बर अधिकार दिनलाई मलाई छल गर्‍यो जुन मैले पहिले जन्‍मेको छोराको रूपमा प्राप्‍त गर्नुपर्छ !" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# अहिले मैले पाउने आशिष्‌ पनि लग्‍यो
यसले आशिष्‌को बारेमा यसरी भन्छ कि मानौँ त्यो व्यक्तिले लान सक्ने सामान थियो । अर्को अनुवादः "अहिले त्यसले मेरो सट्टा त्यसलाई आशिष् दिन तपाईंलाई छल गरेको छ" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# के तपाईंले मेरो निम्‍ति एउटै आशिष्‌ पनि जगेडा राख्‍नुभएको छैन
एसावलाई थाहा थियो कि तिनका बुबाले याकूबलाई आशिष् दिनुभएको एउटै कुरा सँग तिनलाई आशिष् दिन सक्‍दैन । याकूबलाई आशिष् दिँदा इसहाकले नभनेका कुरा तिनको निम्ति कुनै भन्‍न बाँकी छ भनी एसाव सोध्दै छ ।
# अब तेरो निम्‍ति म के गर्न सक्‍छु र, छोरो?
इसहाकले तिनको निम्ति गर्न सक्ने केही कुरा छैन भनी जोड दिन यो प्रश्‍न प्रयोग गर्छन् । अर्को अनुवादः "मैले तिम्रो निम्ति गर्न सक्‍ने केही कुरा छैन !" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/names/esau]]
* [[rc://*/tw/dict/bible/names/jacob]]
* [[rc://*/tw/dict/bible/kt/birthright]]
* [[rc://*/tw/dict/bible/kt/bless]]
* [[rc://*/tw/dict/bible/kt/lord]]
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/other/grain]]
* [[rc://*/tw/dict/bible/other/wine]]