ne_tn/gen/01/09.md

29 lines
2.9 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# पानी ... जम्‍मा होस्
यसलाई कर्मवाच्‍यमा पनि अनुवाद गर्न सकिन्‍छ । यो एउटा आज्ञा हो । पानी जम्मा होस् भनेर आज्ञा दिएर परमेश्‍वरले त्यसलाई एकसाथ जम्मा गर्नुभयो ।उदाहरणको लागि "पानी ... जम्मा गरियोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]] र [[rc://*/ta/man/translate/figs-imperative]])
# ओभानो जमिन देखा परोस्
पानीले जमिन ढाकेको थियो । अब पानी एकातिर सर्नेछ र जमिनका केही भाग देखापर्नेछ । यो एउटा आज्ञा हो । ओभानो जमिन देखापर्नुपर्छ भनी आज्ञा दिएर परमेश्‍वरले यो देखापर्ने बनाउनुभयो । अर्को अनुवादः "ओभानो जमिन देखियोस्" वा " ओभानो जमिन छर्लङ्‍ग देखियोस्" वा "ओभानो जमिन नढाकियोस् ।" ( हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-imperative]])
# ओभानो जमिन
यसले पानीले नढाकिएको जमिनको संकेत गर्छ । यसले खेती गर्ने अति ओभानो जमिनको संकेत गर्दैन ।
# तब त्यस्तै भयो
"यो त्यसरी नै भयो" वा "भएको त्यही हो" । परमेश्‍वरले जस्‍तो हुनुपर्छ भनी आज्ञा गर्नुभयो विल्‍कुल त्‍यसतै भयो यो वाक्यांश सम्‍पूर्ण अध्‍यायमा देखापर्छ र जहाँ देखापरेतापनि यसको समान अर्थ हुन्छ ।उत्‍पत्ति १:७ मा तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
# पृथ्‍वी
"भूमि" वा "जमिन"
# उहाँले हेर्नुभयो, र त्‍यो असल थियो
यहाँ "त्‍यो"ले जमिन र समुद्रलाई संकेत गर्छ । १:३ मा तपाईले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/good]]