ne_tn/1pe/03/01.md

20 lines
3.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# सामान्य जानकारीः
पत्रुस खासगरी ती स्‍त्रीहरूसँग कुरा गर्न सुरु गर्छन् जो पत्‍नीहरू हुन् ।
# यसरी नै पत्‍नीहरू हो, तिमीहरूका आ-आफ्ना पतिको अधीनमा रहो
जसरी विश्‍वासीहरूले “सबै मानवीय अधिकारलाई मान्‍नुपर्छ” ([१ पत्रुस २:१३](../02/13.md)) र कमाराहरू “तिनीहरूका मालिकको अधीनमा बस्‍नुपर्छ” ([१ पत्रुस २:१८](../02/18.md)), त्यसरी नै पत्‍नीहरू पनि तिनीहरूका पतिहरूको अधीनमा बस्‍नुपर्छ । “आज्ञा पालन गर्नु”, “अधीनमा रहनु” वा “सुम्पिनु” शब्दहरूले एउटै अर्थ दिन्छन् ।
# केही मानिसहरू वचनको आज्ञाकारी छैनन्
यहाँ “ वचन” शब्दले सुसमाचारको सन्देशलाई जनाउँछ । आज्ञाकारी नहुनु भन्‍नाले विश्‍वास नगर्नु भन्‍ने बुझिन्छ । तपाईंले यसलाई [१ पत्रुस २:८](../02/08.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “केही मानिसहरूले येशूको बारेमा भएको सन्देशमा विश्‍वास गर्दैनन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])
# तिनीहरूलाई जित्‍न सकियोस्
“तिनीहरूलाई ख्रीष्‍टमा विश्‍वास गर्ने बनाउन सकिन्छ ।” यसको अर्थ हुन्छ, कि विश्‍वास नगर्ने पतिहरू विश्‍वासी हुनेछन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरू विश्‍वासी बनून्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-idiom]] अनि [[rc://*/ta/man/translate/figs-activepassive]])
# वचनै बिना
“पत्‍नीले केही नबोलिकनै ।” यहाँ, “वचन”ले पत्‍नीले येशूको बारेमा भन्‍न सक्‍ने कुनै पनि कुरालाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-ellipsis]])