ne_tn/1co/09/intro.md

28 lines
3.7 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# १ कोरिन्‍थी ०९ साधारण टिपोटहरू
## संरचना र ढाँचा
यो अध्‍यायमा पावलले आफ्‍नो बचाउ गर्छन् । तिनले मण्‍डलीबाट आर्थिक लाभ लिने कोसिस गर्दै थिए भनी केही मानिसको दाबी थियो ।
## यस अध्‍यायका विशेष विचारहरू
### मण्‍डलीबाट पैसा कमाइ गर्नु
पावलले मण्‍डलीबाट पैसा पाउने इच्‍छा गर्दै थिए भनेर मानिसहरूले दोषारोपण गरे । पावलले आफूले मण्‍डलीबाट ठीक किसिमले नै पैसा लिन सक्‍थे भनी तिनले जवाफ दिए । काम गर्नेहरूले आफ्‍नो कामबाट नै आफ्‍नो खाँचो पूरा गर्नुपर्छ भन्‍ने शिक्षा पुरानो करारले दिएको छ । तिनले र बारनाबासले जानाजान रूपमा यो अधिकारको प्रयोग गरेनन् र आफ्‍नो जीविकाको लागि आफैँ कमाए ।
## यस अध्‍यायमा भएका महत्‍वपूर्ण अलङ्कारको भाषा
### रूपक अलङ्कार
पावलले यस अध्‍यायमा धेरैवटा रूपक अलङ्कारको प्रयोग गर्छन् । यी रूपक अलङ्कारले जटिल सत्‍यताहरूका बारेमा शिक्षा दिन्‍छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
## यस अध्‍यायमा भएका अनुवादका अन्‍य कठिनाइहरू
### सन्दर्भीकरण
पावलले विभिन्‍न श्रोताका समक्ष सुसमाचारको “सन्‍दर्भीकरण” गरेका हुनाले यो खण्‍ड महत्‍वपूर्ण छ । सुसमाचार ग्रहण गर्नका लागि पावलले आफ्‍ना क्रियाकलापले कुनै बाधा नपुर्‍याइकन तिनले आफैँलाई र सुसमाचारलाई बुझ्‍ने सक्‍ने बनाउँछन् । सम्‍भव हुन्‍छ भने, “सन्दर्भीकरण” का यस्‍ता पक्षलाई जोगाउन अनुवादकहरूले धेरै ख्‍याल पुर्‍याउनुपर्छ । (हेर्नुहोस्ः [[rc://*/tw/dict/bible/kt/goodnews]])
### अलङ्कारका प्रश्‍नहरू
पावलले यस अध्‍यायमा धेरैवटा अलङ्कारका प्रश्‍नको प्रयोग गर्छन् । तिनले कोरिन्थीहरूलाई सिकाउँदै गर्दा विभिन्‍न बुँदाहरूलाई जोड दिनका लागि तिनले तिनीहरूको प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)