18 KiB
18 KiB
1 | Reference | ID | Tags | Quote | Occurrence | Question | Response |
---|---|---|---|---|---|---|---|
2 | 1:1 | juip | पावल कसरी ख्रीष्टको प्रेरित बने? | पावल परमेश्वरको इच्छाद्वारा ख्रीष्टको प्रेरित बने। | |||
3 | 1:2 | cu2e | तिमोथीसँगको आफ्नो सम्बन्ध पावलले के हो भन्छन्? | पावलले तिमोथीलाई आफ्नो “प्रिय बालक” भन्छन्। | |||
4 | 1:4 | adur | पावलले तिमोथीलाई आफ्नो प्रार्थनामा सम्झँदा, पावलले के गर्न खोज्छन्? | पावल तिमोथीलाई हेर्न चाहन्छन्। | |||
5 | 1:5 | r3x0 | तिमोथीको परिवारमा, तिमोथीले गर्नुअघि साँचो विश्वास कसलाई थियो? | तिमोथीकी हजुरआमा र आमा दुवैको साँचो विश्वास थियो। | |||
6 | 1:7 | yxac | परमेश्वरले तिमोथीलाई कस्तो आत्मा दिनुभयो? | परमेश्वरले तिमोथीलाई शक्ति, प्रेम र अनुशासनको आत्मा दिनुभयो। | |||
7 | 1:8 | ck21 | पावलले तिमोथीलाई के नगर्न भन्छन्? | पावलले तिमोथीलाई प्रभुको गवाहीमा लाज नमान्न भन्छन्। | |||
8 | 1:8 | l3hp | पावलले तिमोथीलाई के गर्न भन्छन्? | पावलले तिमोथीलाई पावलसँगै सुसमाचारको लागि कष्ट भोग्न भन्छन्। | |||
9 | 1:9 | csqu | परमेश्वरको योजना र अनुग्रह हामीलाई कहिले दिइयो? | परमेश्वरको योजना र अनुग्रह अनन्त समय भन्दा पहिले हामीलाई दिइएको थियो। | |||
10 | 1:10 | mokt | परमेश्वरले आफ्नो मुक्तिको योजना कसरी प्रकट गर्नुभयो? | परमेश्वरको मुक्तिको योजना हाम्रा मुक्तिदाता ख्रीष्ट येशूको आगमनद्वारा प्रकट भएको थियो। | |||
11 | 1:10 | yuw0 | जब येशू देखा पर्नुभयो, उहाँले मृत्यु, जीवन र अमरत्वको बारेमा के गर्नुभयो? | येशूले मृत्युको अन्त्य गर्नुभयो, र सुसमाचार मार्फत प्रकाश जीवन र अमरत्वमा ल्याउनुभयो। | |||
12 | 1:12 | pc5b | पावललाई सुसमाचारको लागि लाज नमान्न परमेश्वरले उसको लागि के गर्न सक्षम हुनुहुन्छ भनी पावललाई विश्वास छ? | पावलले परमेश्वरलाई सुम्पेको निक्षेप त्यस दिनसम्म राख्न परमेश्वर सक्षम हुनुहुन्छ भन्ने कुरामा पावल विश्वस्त छन्। | |||
13 | 1:14 | q37c | तिमोथीलाई परमेश्वरले दिनुभएको राम्रो निक्षेपलाई के गर्नु पर्छ? | तिमोथीले परमेश्वरले उनलाई दिनुभएको राम्रो भण्डारलाई पवित्र आत्माद्वारा सुरक्षित राख्नुपर्छ । | |||
14 | 1:15 | ap2i | पावलका सबै एसियाली साथीहरूले उनलाई के गरे? | एसियामा भएका सबै पावलबाट फर्के। | |||
15 | 1:16 | pdcf | किन पावलले ओनेसिफोरसको घरानालाई कृपा दिनुहोस् भनेर प्रभुलाई सोध्छन्? | ओनेसिफरसको परिवारलाई कृपा दिनुहोस् भनेर पावलले प्रभुलाई सोध्छन् किनभने ओनेसिफरसले पावललाई स्फूर्ति दिएका थिए र पावलको साङ्लाबाट लज्जित भएनन्। | |||
16 | 1:17 | l6ky | पावल रोममा हुँदा ओनेसिफरसले पावलको लागि के गरे? | ओनेसिफरसले लगनशीलताका साथ पावललाई रोममा खोजे र उनलाई भेट्टाए। | |||
17 | 1:18 | dvlm | पावलले ओनेसिफरसलाई के प्रदान गर्न प्रभुलाई सोध्छन्? | पावलले ओनेसिफरसलाई कृपा दिनुहोस् भनी प्रभुलाई आग्रह गर्छन्। | |||
18 | 2:1 | i2hn | तिमोथीलाई बलियो बनाउन के सक्षम छ? | ख्रीष्ट येशूमा भएको अनुग्रहले तिमोथीलाई बलियो बनाउन सक्छ। | |||
19 | 2:2 | ngkd | पावलले सिकाएको सन्देश तिमोथीले कसलाई सुम्पनुपर्ने छ? | तिमोथीले विश्वासी मानिसहरूलाई सन्देश सुम्पनुपर्ने छ जसले अरूलाई पनि सिकाउन सक्षम हुनेछन्। | |||
20 | 2:4 | ai13 | तिमोथीलाई दृष्टान्तको रूपमा, असल सिपाहीले आफू के कुरामा अल्झाउँनु हुँदैन भनी पावल भन्छन्? | असल सिपाहीले जीवनको मामिलामा आफूलाई अल्झाउँदैन। | |||
21 | 2:9 | e6ws | तिनले तिमोथीलाई लेख्दा, पावलले परमेश्वरको वचन प्रचार गर्दा कस्तो अवस्थामा दुःख भोगिरहेका छन्? | पावलले अपराधीझैँ साङ्लले बाँधेर पीडा भोगिरहेका छन्। | |||
22 | 2:9 | mcp7 | पावलले के बन्धनमा छैन भन्छन्? | परमेश्वरको वचन बन्धनमा छैन। | |||
23 | 2:10 | muxt | पावलले यी सबै कुराहरू किन सहन्छन्? | पावलले परमेश्वरले चुनेकाहरूका लागि सबै कुरा सहन्छन्, ताकि तिनीहरूले ख्रीष्ट येशूमा भएको मुक्ति प्राप्त गर्न सकून्। | |||
24 | 2:12 | sof7 | सहनेहरूलाई ख्रीष्टको प्रतिज्ञा के हो? | सहनेहरूले ख्रीष्टसँग राज्य गर्नेछन्। | |||
25 | 2:12 | z7x8 | ख्रीष्टलाई इन्कार गर्नेहरूलाई उहाँको चेतावनी के हो? | ख्रीष्टलाई अस्वीकार गर्नेहरूलाई ख्रीष्टले अस्वीकार गर्नुहुनेछ। | |||
26 | 2:14 | m99z | तिमोथीले कुन विषयमा मानिसहरूलाई झगडा नगर्न चेतावनी दिन्छन्? | तिमोथीले मानिसहरूलाई शब्दहरूको बारेमा झगडा नगर्न चेतावनी दिन्छन्, जुन कुनै पनि कामको लागि उपयोगी छैन। | |||
27 | 2:18 | c1xa | सत्यबाट तर्केर गएका दुई जनाले के झूटो सिद्धान्त बोलेका थिए? | तिनीहरूले पुनरुत्थान पहिले नै भइसकेको थियो भनेका थिए। | |||
28 | 2:21 | zgf4 | विश्वासीहरूले हरेक असल कामको लागि आफूलाई कसरी तयार गर्नुपर्छ? | विश्वासीहरूले हरेक असल कामको लागि तयार हुनको लागि आफूलाई अनादरजनक प्रयोगबाट सफा गर्नुपर्छ। | |||
29 | 2:22 | zlbj | तिमोथी केबाट भाग्नुपर्छ? | तिमोथी युवावस्थाको अभिलाषाबाट भाग्नुपर्छ। | |||
30 | 2:24 | qfn0 | प्रभुको सेवक कस्तो हुनुपर्छ भनी पावलले भन्छन्? | प्रभुको सेवक धैर्यवान, सबैप्रति दयालु र सिकाउन सक्षम हुनुपर्छ। | |||
31 | 2:25 | cinr | प्रभुको सेवकले उनको विरोध गर्नेहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? | प्रभुको सेवकले उनको विरोध गर्नेहरूलाई नम्रतामा शिक्षा दिनुपर्छ। | |||
32 | 2:26 | wwj0 | शैतानले अविश्वासीहरूसँग के गरेको छ? | शैतानले आफ्नो इच्छाको लागि अविश्वासीहरूलाई पासोमा पारेको छ। | |||
33 | 3:1 | as3z | आखिरी दिनहरूमा के आउनेछ भनेर पावलले भन्छन्? | अन्तिम दिनहरूमा कठिन समय आउनेछ भनी पावलले भन्छन्। | |||
34 | 3:2 | acgd | आखिरी दिनहरूमा, मानिसहरूले परमेश्वरको सट्टामा केलाई प्रेम गर्नेछन्? | आखिरी दिनहरूमा, मानिसहरूले आफैलाई प्रेम गर्नेछन् र परमेश्वरको सट्टामा पैसालाई प्रेम गर्नेछन्। | |||
35 | 3:4 | enkk | आखिरी दिनहरूमा, मानिसहरूले परमेश्वरको सट्टामा अरू के कुरालाई प्रेम गर्नेछन्? | आखिरी दिनहरूमा मानिसहरूले परमेश्वरको सट्टामा सुख-विलास प्रेम गर्नेछन्। | |||
36 | 3:5 | ctco | पावलले तिमोथीलाई भक्तिको एक रूप मात्र भएकाहरूलाई के गर्न भन्छन्? | पावलले तिमोथीलाई भक्तिको मात्र रूप भएकाहरूबाट टाढा रहन भन्छन्। | |||
37 | 3:6 | voh1 | यी केही अधर्मी पुरुषहरूले के गर्छन्? | यी मध्ये केही अधर्मी पुरुषहरू घर-घरमा प्रवेश गर्छन् र विभिन्न अभिलाषाहरूले डोऱ्याइएका मूर्ख महिलाहरूलाई मोहित बनाउँछन्। | |||
38 | 3:8 | rc0e | पुरानो नियममा यान्नेस र याम्ब्रेस जस्ता अधर्मी मानिसहरू कस्ता छन्? | यी अधर्मी मानिसहरू यान्नेस र याम्ब्रेसले मोशालाई गरे जस्तै सत्यको विरोध गर्छन्। | |||
39 | 3:10 | ognl | झूटा शिक्षकहरूको सट्टामा, तिमोथीले कसलाई पछ्याएका छन्? | तिमोथीले पावललाई पछ्याएका छन्। | |||
40 | 3:11 | sw9a | प्रभुले पावललाई केबाट बचाउनुभयो? | प्रभुले पावललाई तिनका सबै सतावट र कष्टहरूबाट बचाउनुभयो। | |||
41 | 3:12 | ryy4 | ईश्वरीय ढंगमा जीवन बिताउन चाहनेहरू सबैलाई के हुनेछ भनी पावल भन्छन्? | पावलले यो भन्छन् कि ईश्वरीय ढंगमा जीवन बिताउन चाहनेहरू सबैलाई सताइनेछ। | |||
42 | 3:13 | hov5 | आखिरी दिनहरूमा को खराब हुनेछ? | दुष्ट मानिसहरू र ठगहरू आखिरी दिनहरूमा अझ खराब हुनेछन्। | |||
43 | 3:15 | vwq3 | तिमोथीको जीवनमा कुन समयदेखि तिनले पवित्र लेखहरू थाहा पाएका थिए? | तिमोथीलाई बाल्यकालदेखि नै पवित्र लेखहरू थाहा थियो। | |||
44 | 3:16 | jsbg | सबै धर्मशास्त्र कसरी अस्तित्वमा आयो? | सम्पूर्ण धर्मशास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो | |||
45 | 3:16 | gikd | सम्पूर्ण धर्मशास्त्र केको लागि लाभदायक छ? | सम्पूर्ण धर्मशास्त्र सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ। | |||
46 | 3:17 | mese | धर्मशास्त्रमा व्यक्तिलाई तालिम दिनुको उद्देश्य के हो? | एक व्यक्तिलाई धर्मशास्त्रमा प्रशिक्षित गरिन्छ ताकि ऊ निपुण होस्, हरेक राम्रो कामको लागि सुसज्जित होस्। | |||
47 | 4:1 | dkeg | येशू ख्रीष्ट कसलाई न्याय गर्न जाँदै हुनुहुन्छ? | येशू ख्रीष्टले जीवित र मरेकाहरूको न्याय गर्नुहुनेछ। | |||
48 | 4:2 | csqn | पावलले तिमोथीलाई के गर्न गम्भीर रूपमा आज्ञा दिए? | पावलले तिमोथीलाई वचन प्रचार गर्न गम्भीरतापूर्वक आज्ञा दिए। | |||
49 | 4:3 | lcli | पावलले चेतावनी दिए कि समय आउनेछ जब मानिसहरूले शिक्षाको सन्दर्भमा के गर्नेछन्? | मानिसहरूले राम्रो शिक्षा सहने छैनन्, तर तिनीहरूको आफ्नै इच्छाहरूसँग सहमत हुने शिक्षाहरू सुन्नेछन्। | |||
50 | 4:5 | qnoo | तिमोथीलाई के काम र सेवकाई सुम्पिएको थियो? | तिमोथीलाई प्रचारकको काम र सेवकाई दिइएको थियो। | |||
51 | 4:6 | ez3i | पावलले आफ्नो जीवनमा कुन समय आएको छ भन्नुभयो? | पावलले आफ्नो प्रस्थानको समय आएको बताए। | |||
52 | 4:8 | hop1 | ख्रीष्टको पुनरागमनलाई प्रिय मान्नेहरू सबैले के इनाम पाउनेछन् भनी पावलले बताए? | पावलले भने कि ख्रीष्टको पुनरागमनलाई प्रिय मान्नेहरू सबैले धार्मिकताको मुकुट पाउनेछन्। | |||
53 | 4:10 | hz3r | पावलका साथी डेमासले उनलाई किन त्यागे? | डेमासले यस वर्तमान युगलाई प्रेम गरेको कारणले पावललाई छोडे। | |||
54 | 4:11 | sz0v | पावलको साथमा रहने एक मात्र साथी को थियो? | लूका मात्र पावलसँग थिए। | |||
55 | 4:14 | jznk | प्रभुले अलेक्ज्याण्डरलाई के अनुसार बदला दिनुहुनेछ भनी पावलले भनेका थिए? | पावलले भने कि प्रभुले अलेक्ज्याण्डरलाई त्सयको काम अनुसार बदला दिनुहुनेछ। | |||
56 | 4:16 | mw5u | पावलको पहिलो बचावमा कुन-कुन मानिसहरू देखापरे? | पावलको पहिलो बचावमा, कोही पनि पावलसँग देखा परेनन्। |