21 KiB
21 KiB
1 | Reference | ID | Tags | Quote | Occurrence | Question | Response |
---|---|---|---|---|---|---|---|
2 | 1:1 | z3bd | पावललाई ख्रीष्ट येशूको प्रेरित कसरी बनाइयो? | पावललाई परमेश्वरको आज्ञा अनुसार प्रेरित बनाइएको थियो। | |||
3 | 1:2 | sl85 | पावल र तिमोथीबीच कस्तो सम्बन्ध थियो? | तिमोथी विश्वासमा पावलको साँचो बालक थिए। | |||
4 | 1:3 | q1ob | पावलले तिमोथीलाई कहाँ बस्न आग्रह गरे? | उनले तिमोथीलाई एफिससमा रहन आग्रह गरे। | |||
5 | 1:3 | slty | तिमोथीले केही मानिसहरूलाई के नगर्न आदेश दिएका थिए? | उसले तिनीहरूलाई फरक तरिकाले सिकाउन नदिने आज्ञा दिएका थिए। | |||
6 | 1:5 | crq2 | पावलले आफ्नो आज्ञा र शिक्षाको लक्ष्य के हो भने? | उनको आज्ञाको लक्ष्य शुद्ध हृदयबाट, असल अन्तस्करणबाट, र निष्कपट विश्वासबाट प्रेम थियो। | |||
7 | 1:9 | tqor | व्यवस्था कसका लागि बनेको हो ? | व्यवस्था कुकर्मी, विद्रोही, अभक्त मानिसहरू र पापीहरूको लागि हो। | |||
8 | 1:13 | cfvj | पावलले पहिले कस्ता पाप गरेका थिए? | पावल ईश्वरनिन्दा गर्ने, खेदो गर्ने, र हिंस्रक मानिस थिए। | |||
9 | 1:14 | q6g0 | पावलमा के उर्लिआयो, जसको परिणामस्वरूप पावल येशू ख्रीष्टको प्रेरित बने? | हाम्रा प्रभुको अनुग्रह पावलमा उर्लिआयो। | |||
10 | 1:15 | iw1l | ख्रीष्ट येशू कसलाई बचाउन संसारमा आउनुभयो? | ख्रीष्ट येशू पापीहरूलाई बचाउन संसारमा आउनुभयो। | |||
11 | 1:16 | o828 | पावलले किन परमेश्वरले उनलाई कृपा दिनुभयो भन्छन्? | येशूले पावलमा आफ्नो धैर्यतालाई उदाहरणको रूपमा देखाउन सकून् भनेर परमेश्वरले पावललाई कृपा दिनुभयो। | |||
12 | 1:18 | milu | तिमोथीको बारेमा गरिएका अगमवाणीहरूअनुसार पावलले तिमोथीलाई के गर्न भने? | पावलले तिमोथीलाई असल लडाईसँग लड्न भन्छन्। | |||
13 | 1:19 | m2of | आफ्नो विश्वास र आफ्नो असल विवेकलाई इन्कार गर्ने कसै-कसैलाई के भयो? | यी मानिसहरूले आफ्नो विश्वासको जहाज डुबाए। | |||
14 | 1:20 | yc47 | पावलले आफ्नो विश्वास र राम्रो विवेक अस्वीकार गर्ने र आफ्नो विश्वासको जहाज डुबाएका पुरुषहरूको लागि के गरे ? | पावलले तिनीहरूलाई तिनीहरूले ईश्वरनिन्दा नगर्नु भन्ने कुरा सिकून् भनेर शैतानको हातमा सुम्पिदिए। | |||
15 | 2:1 | wr9k | पावलले कसको लागि प्रार्थना गर्न आग्रह गर्छन्? | पावलले सबै मानिसहरूका लागि प्रार्थना गरिदिन अनुरोध गर्दछ। | |||
16 | 2:2 | acep | ख्रीष्टियानहरूलाई कस्तो प्रकारको जीवन बाँच्न दिइयोस् भन्ने पावल चाहन्छन्? | ख्रीष्टियानहरूले सबै भक्ति र मर्यादामा शान्तिपूर्ण र शान्त जीवन बिताउन पाउनुपर्छ भनी पावल चाहन्छन्। | |||
17 | 2:4 | kuft | परमेश्वर सबै मानिसहरूका लागि के चाहनुहुन्छ? | परमेश्वर सबै मानिसहरूले मुक्ति पाएको र सत्यको ज्ञानमा आएको चाहनुहुन्छ। | |||
18 | 2:5 | bpzk | परमेश्वर र मानिस बीच ख्रीष्ट येशूको स्थान के हो? | ख्रीष्ट येशू परमेश्वर र मानिस बीचको एक मध्यस्थ हुनुहुन्छ। | |||
19 | 2:6 | eq8p | ख्रीष्ट येशूले सबैको लागि के गर्नुभयो? | ख्रीष्ट येशूले आफूलाई सबैका लागि छुटकाराको मोलको रूपमा दिनुभयो। | |||
20 | 2:7 | zati | प्रेरित पावलले कसलाई सिकाउँछन्? | पावल राष्ट्रहरूका शिक्षक हुन्। | |||
21 | 2:8 | otgq | पावल पुरुषहरूले के गरेको चाहन्छन्? | पावल ती मानिसहरूले प्रार्थना गरेको र पवित्र हातहरू उठाएको चाहन्छन्। | |||
22 | 2:9 | o7jf | पावल स्त्रीहरूले के गरेको चाहन्छन्? | पावल स्त्रीहरूले नम्र र आत्मसंयमको साथ लुगा लगाएको चाहन्छन्। | |||
23 | 2:12 | uv0v | पावलले स्त्रीलाई के गर्न अनुमति दिँदैनन्? | पावलले स्त्रीलाई सिकाउन वा पुरुषमाथि अधिकार प्रयोग गर्न अनुमति दिँदैनन्। | |||
24 | 2:13 | rygx | पावलले स्त्रीलाई सिकाउन वा पुरुषमाथि अधिकार प्रयोग गर्न नदिने पहिलो कारण के हो? | पावलको पहिलो कारण आदमलाई पहिले बनाइएको हो। | |||
25 | 2:14 | v47f | पावलले स्त्रीलाई सिकाउन वा पुरुषमाथि अधिकार प्रयोग गर्न नदिने दोस्रो कारण के हो? | पावलको दोस्रो कारण आदम छलिएका थिएनन्। | |||
26 | 2:15 | wsul | पावल स्त्रीहरूलाई के मा रहको चाहन्छन्? | पावल स्त्रीहरूले विश्वास र प्रेम र पवित्रतामा मनको सुदृढताका साथ जारी राखेको चाहन्छन्। | |||
27 | 3:1 | kkd2 | बिशपको काम कस्तो प्रकारको काम हो? | बिशपको काम असल काम हो। | |||
28 | 3:2 | qr30 | एक बिशप के गर्न सक्षम हुनुपर्छ? | बिशप सिकाउन सक्षम हुनुपर्छ। | |||
29 | 3:3 | b69p | एक बिशपले रक्सी र पैसा कसरी सम्हाल्नुपर्छ? | एक बिशप मतवाला हुनु हुँदैन, र धनलाई प्रेम गर्ने हुनु हुँदैन। | |||
30 | 3:4 | eyah | बिशपका छोराछोरीले उनलाई कस्तो व्यवहार गर्नुपर्छ? | बिशपका छोराछोरीहरूले उनको आज्ञा पालन गर्नै पर्छ र आदर गर्नुपर्छ। | |||
31 | 3:5 | qcts | बिशपलेआफ्नो घरपरिवारलाई राम्ररी व्यवस्थापन गर्नु किन महत्त्वपूर्ण छ? | यो महत्त्वपूर्ण छ किनभने यदि उनले आफ्नो घरपरिवारलाई राम्रोसँग व्यवस्थापन गर्न सक्दैनन् भने, उनले मण्डलीको लागि राम्रोसँग हेरचाह गर्नेछैनन्। | |||
32 | 3:6 | vh1h | यदि बिशप नयाँ विश्वासी भएमा के खतरा हुन्छ? | खतरा यो हो कि ऊ फुलेर निन्दामा पर्नेछ। | |||
33 | 3:7 | fbs1 | मण्डली बाहिरका मानिसहरूसँग बिशपको प्रतिष्ठा कस्तो हुनुपर्छ? | एक बिशपको मण्डलीको प्रतिष्ठा बाहिरकाहरूसँग असल हुनुपर्छ। | |||
34 | 3:10 | fe41 | डिकनहरूले सेवा गर्नु अघि के गर्नुपर्छ? | तिनीहरूले सेवा गर्नु अघि, डिकनहरूको परीक्षण गरिनुपर्छ। | |||
35 | 3:11 | tt7f | ईश्वरीय स्त्रीहरूका केही विशेषताहरू के-के हुन्? | ईश्वरीय स्त्रीहरू प्रतिष्ठित हुन्छन्, निन्दा गर्ने होइनन्, संयमी र सबै कुरामा विश्वासयोग्य हुन्छन्। | |||
36 | 3:15 | h9jj | परमेश्वरको घर के हो? | परमेश्वरको घर जीवित परमेश्वरको मण्डली हो। | |||
37 | 3:16 | l73n | येशू शरीरमा देखा पर्नुभएपछि, आत्माद्वारा धर्मी ठहरिनुभएपछि, र स्वर्गदूतहरूले देख्नुभएपछि, उहाँले के गर्नुभयो? | येशूलाई राष्ट्रहरूमाझ घोषणा गरियो, संसारमा विश्वास गरियो, र महिमामा उठाइयो। | |||
38 | 4:1 | xv1v | आत्माको अनुसार, पछिल्ला समयमा केही मानिसहरूले के गर्नेछन्? | कोही मानिसहरूले विश्वास त्यागेर धोका दिने आत्माहरू र भूतहरूको शिक्षामा भाग लिनेछन्। | |||
39 | 4:3 | ovfa | यी मानिसहरूले के झुट सिकाउनेछन्? | तिनीहरूले विवाह निषेध गर्नेछन् र केही खानेकुराहरू खान निषेध गर्नेछन्। | |||
40 | 4:5 | lih5 | हामीले खानेकुरा हाम्रो प्रयोगको लागि कसरी पवित्र हुन्छ? | हामीले जे खान्छौँ त्यो परमेश्वरको वचन र प्रार्थनाद्वारा पवित्र हुन्छ। | |||
41 | 4:7 | cgd8 | पावलले तिमोथीलाई केमा आफूलाई तालिम दिन भन्छन्? | पावल तिमोथीलाई भक्तिमा तालिम दिन भन्छन्। | |||
42 | 4:8 | pra7 | शारीरिक तालिम भन्दा ईश्वरभक्तिको तालिम किन बढी लाभदायक छ? | ईश्वरभक्तिमा तालिम दिनु बढी लाभदायक छ किनभने यसले वर्तमान जीवन र आउने जीवनको प्रतिज्ञा राख्दछ। | |||
43 | 4:11 | esnx | पावलले तिमोथीलाई पावलको शिक्षामा पाएका सबै असल कुराहरूलाई के गर्न आग्रह गर्छन्? | पावलले तिमोथीलाई यी कुराहरूलाई आज्ञा दिन र सिकाउन आग्रह गर्छन्। | |||
44 | 4:12 | y0of | तिमोथी अरूहरूका लागि कस्तो उदाहरण बन्न सक्छन्? | तिमोथी शब्द, आचरण, प्रेम, विश्वास र शुद्धतामा उदाहरण बन्नुपर्दछ। | |||
45 | 4:14 | idhz | तिमोथीले आफूसँग भएको आत्मिक वरदान कसरी पाए? | तिमोथीलाई वरदान एल्डरहरूको हात राखेर अगमवाणीद्वारा दिइएको थियो। | |||
46 | 4:16 | xnxk | यदि तिमोथीले आफ्नो जीवन र शिक्षामा विश्वासी भई जारी राखे भने, कसले उद्धार पाउनेछ? | तिमोथीले आफू र आफ्ना श्रोताहरूलाई बचाउनेछन्। | |||
47 | 5:1 | d0jx | पावलले तिमोथीलाई मण्डलीमा एकजना वृद्ध मानिसलाई कसरी व्यवहार गर्न भने? | पावलले तिमोथीलाई बुबा जस्तै गरी आग्रह गर्न भने। | |||
48 | 5:4 | mqds | विधवाका छोराछोरी र नातिनातिनाहरूले उनको लागि के गर्नुपर्छ? | छोराछोरी र नातिनातिनाहरूले आफ्ना आमाबाबुलाई ऋण चुकाउनुपर्छ र उनको हेरचाह गर्नुपर्छ। | |||
49 | 5:8 | t8er | आफ्नै घरका मानिसहरूको ख्याल नगर्नेले के गरेको छ? | उसले विश्वासलाई इन्कार गरेको छ र एक अविश्वासी भन्दा खराब छ। | |||
50 | 5:10 | uzgg | विधवा केको लागि चिनिनुपर्छ? | विधवा असल कामको लागि प्रमाणित हुनुपर्छ। | |||
51 | 5:11 | qnfu | मण्डलीले हेरचाह गर्ने मानिसहरूको सूचीमा जवान विधवाहरूलाई किन भर्ना गर्नु हुँदैन? | यी जवान विधवाहरू पछि विवाह गर्न चाहनेछन्। | |||
52 | 5:14 | ub6k | पावल जवान महिलाहरूले के गरेको चाहन्छन्? | पावल जवान महिलाहरूले विवाह गरेको, छोराछोरी जन्माएको र घरपरिवार चलाएको चाहन्छन्। | |||
53 | 5:17 | ev62 | असल नेतृत्व गर्ने एल्डरहरूका लागि के गरिनुपर्छ? | असल नेतृत्व गर्ने एल्डरहरूलाई दोहोरो सम्मानको योग्य ठान्नुपर्छ। | |||
54 | 5:19 | umc7 | कसैले एल्डरलाई दोष लगाउनुअघि कस्ता सर्तहरू पूरा गर्नुपर्छ? | कसैले एक जना एल्डरमा आरोप लगाउँदा दुई वा तीन साक्षी हुनुपर्छ। | |||
55 | 5:21 | ptdz | पावलले तिमोथीलाई कुन तरिकामा यी नियमहरू पालन गर्न सावधान रहेका थिए? | पावल तिमोथीलाई यी नियमहरूलाई पक्षपात नगरी पालन गर्न होसियार हुन आज्ञा दिन्छन्। | |||
56 | 5:24 | ipho | मानिसहरूको पाप कहिले थाहा हुन्छ? | केही मानिसहरूका पापहरू स्पष्ट छन्, तर अरूका पापहरू न्याय नहुँदासम्म थाहा हुँदैन। | |||
57 | 6:1 | c373 | पावलले कसरी दासहरूले आफ्ना मालिकहरूलाई आदर गर्नुपर्छ भनी भने? | दासहरूले आफ्ना मालिकहरूलाई सबै सम्मानको योग्य ठान्नुपर्छ भनी पावलले भने। | |||
58 | 6:4 | o81w | कस्तो प्रकारको व्यक्तिले स्वस्थ शब्दहरू र ईश्वरीय शिक्षालाई अस्वीकार गर्छ? | स्वस्थ वचनहरू र ईश्वरीय शिक्षालाई इन्कार गर्ने मानिस फुल्छ र केही बुझ्दैन। | |||
59 | 6:6 | jxrb | पावलले ठूलो लाभ के हो भन्छन्? | पावल भन्छन् कि भक्तिसँग सन्तुष्टि ठूलो लाभ हो। | |||
60 | 6:7 | hvug | हामीले यस संसारमा के ल्यायौँ, र छोड्दा हामी के साथमा लैजान सक्छौँ? | हामीले संसारमा केहि ल्याएका छैनौँ, र केहि बाहिर निकाल्न सक्दैनौँ। | |||
61 | 6:8 | rdgo | यस संसारमा केमा सन्तुष्ट हुनुपर्छ? | हामीसँग खाना र लत्ताकपडा छ भनेर सन्तुष्ट हुनुपर्छ। | |||
62 | 6:9 | fdi9 | धनी बन्न चाहनेहरू केमा पर्छन्? | धनी बन्न चाहनेहरू परीक्षा र पासोमा फस्छन्। | |||
63 | 6:10 | tce6 | सबै प्रकारको दुष्टताको जरा के हो? | पैसाको प्रेम सबै प्रकारका खराबीको जरा हो। | |||
64 | 6:10 | hb21 | पैसालाई गर्ने कोहीलाई के भएको छ? | पैसालाई प्रेम गर्ने कोही-कोही विश्वासबाट टाढिएका छन्। | |||
65 | 6:12 | g2dg | तिमोथीले कस्तो लडाइ लड्नुपर्छ भनी पावल भन्छन्? | पावल भन्छन् कि तिमोथीले विश्वासको अलस लडाई लड्नुपर्छ। | |||
66 | 6:16 | dw42 | परमेश्वर कहाँ बास गर्नुहुन्छ? | परमेश्वर अगम्य प्रकाशमा वास गर्नुहुन्छ | |||
67 | 6:17 | avt4 | धनीहरूले किन अनिश्चित धनमा होइन परमेश्वरमा आशा राख्नुपर्छ? | धनीहरूले परमेश्वरमा आशा राख्नुपर्छ किनभने उहाँले हामीलाई आनन्द गर्ने सबै कुराहरू प्रदान गर्नुहुन्छ। | |||
68 | 6:19 | kgm1 | असल काममा धनी हुनेहरूले आफ्नो लागि के गर्छन् ? | असल काममा धनी हुनेहरूले आफ्नो लागि असल जग राख्छन्, र साँचो जीवनलाई बुझ्छन्। | |||
69 | 6:20 | jsbo | अन्तमा, पावलले तिमोथीलाई दिएका कुराहरूलाई के गर्न भन्छन्? | पावलले तिमोथीलाई आफूलाई सुम्पिएको कुराको रक्षा गर्न भन्छन्। |