13 KiB
13 KiB
1 | Reference | ID | Tags | Quote | Occurrence | Question | Response |
---|---|---|---|---|---|---|---|
2 | 1:2 | blwz | यहोवाले योनालाई के गर्न भन्नुभयो? | यहोवाले योनालाई निनवेमा गएर यसको विरुद्धमा बोल्न भन्नुभयो। | |||
3 | 1:3 | dxw8 | यहोवाले योनालाई निनवे जान भन्नुभएपछि तिनले के गरे? | योना परमप्रभुको सामुन्नेबाट टार्सिशमा भाग्नलाई उठे। | |||
4 | 1:4 | giq9 | योना चढेको जहाजलाई यहोवाले के गर्नुभयो? | परमप्रभुले समुद्रमा ठुलो बतास र ठुलो आँधी पठाउनुभयो त्यसैले जहाज भाँचिनै लागेको थियो। | |||
5 | 1:5 | ha1u | आँधीबेहरीको बीचमा नावीकहरूले कसलाई पुकारा गरे? | नावीकहरू धेरै डराए र प्रत्येकले आ-आफ्नो देवतालाई पुकारा गरे। | |||
6 | 1:7 | d5p0 | दुष्टताको कारण को हो भनेर नावीकहरूले कसरी निर्धारण गरे? | नाविकहरूले दुष्टताको कारण निर्धारण गर्न चिट्ठा हाले र चिट्ठाले योनालाई संकेत गर्यो। | |||
7 | 1:7 | nq7x | चिट्ठा हाल्दा को नतिजा के आयो ? | नतिजा यो थियो कि चिट्ठाले संकेत गर्यो कि तिनीहरूले भोगिरहेका दुष्टताको कारण योना थिए। | |||
8 | 1:10 | lrxa | योना यहोवाको सामुबाट भाग्दै थिए भनेर नावीकहरूले कसरी थाहा पाए? | योनाले तिनीहरूलाई भनेकाो कारणले योना यहोवाको सामुबाट भाग्दै थिए भनी नावीकहरूलाई थाहा भयो। | |||
9 | 1:12 | gzco | आँधी रोक्न योनाले मानिसहरूलाई के गर्न भने? | योनाले मानिसहरूलाई उनलाई उठाएर समुद्रमा फालिदिनु भने। | |||
10 | 1:14 | oj0q | नावीकहरूले यहोवालाई कुन दुईवटा बिन्ती गरे? | नावीकहरूले योनाको जीवनको कारणले तिनीहरूलाई नाश हुन नदिनुहोस् र योनाको मृत्युको लागि तिनीहरूलाई दोषी ठहराउन नदिनुहोस् भनी यहोवालाई बिन्ती गरे। | |||
11 | 1:15 | d8hq | नावीकहरूले योनालाई समुद्रमा फालेपछि के भयो? | जब नावीकहरूले योनालाई समुद्रमा फ्याँकिदिए, तब समुद्र उग्र हुन बन्द भयो। | |||
12 | 1:17 | mcoe | योनालाई नावीकहरूले समुद्रमा फ्याँक्दा योनालाई के भयो? | योनालाई निल्न परमप्रभुले एउटा ठूलो माछा नियुक्त गर्नुभयो, र योना तीन दिन र तीन रात माछाको पेटमा रहे। | |||
13 | 2:1 | lrhn | योनाले माछाको पेटमा के गरे? | योनाले प्रार्थनामा यहोवालाई पुकारे किनभने तिनी दुःखी थिए। | |||
14 | 2:4 | fmx8 | योनाले फेरि के गर्न सक्ने आशा गरे? | योनाले आशा गरे कि तिनले फेरि यहोवाको पवित्र मन्दिरतिर हेर्न सक्ने छन्। | |||
15 | 2:6 | be1v | यहोवाले योनाको जीवन कहाँबाट ल्याउनुभयो? | यहोवाले योनाको जीवन खाल्डोबाट माथि ल्याउनुभयो। | |||
16 | 2:8 | r1yj | योनाले खाली व्यर्थका कुराहरूमा ध्यान दिनेहरूलाई के हुन्छ भने? | योनाले भने कि खाली व्यर्थका कुराहरूमा ध्यान दिनेहरूले आफ्नो करारको विश्वासयोग्यता त्याग्छन्। | |||
17 | 2:9 | hegm | जब योनाले माछाको पेटमा प्रार्थना गरे, उहाँले के गर्नुहुन्छ भनेर योनाले भने? | योनाले धन्यवादको स्वरमा यहोवालाई बलिदान दिने र आफूले गरेको भाकल पूरा गर्ने बताए। | |||
18 | 2:9 | vfdn | योनाले उद्धार कसको हो भने? | योनाले भने कि उद्धार यहोवाको हो। | |||
19 | 2:10 | vegq | योनाको प्रार्थनालाई यहोवाले कसरी जवाफ दिनुभयो? | यहोवाले माछासँग बोल्नुभयो र त्यसले योनालाई सुख्खा जमिनमा उकेलिदियो। | |||
20 | 3:2 | mo64 | यहोवाले योनालाई दोस्रो पटक के गर्न आज्ञा दिनुभयो? | यहोवाले योनालाई निनवेमा गएर यहोवाको सन्देश बोल्न आज्ञा दिनुभयो। | |||
21 | 3:3 | ywq3 | योनालाई दोस्रो पटक यहोवाले निनवे जान भन्नुभएपछि कस्तो प्रतिक्रिया दिए? | योनाले यहोवाको आज्ञा पालन गरे र निनवे गए। | |||
22 | 3:4 | j4sh | योनाले निनवेमा के सन्देश बोले? | योनाले भने कि ४० दिनमा निनवेलाई नष्ट गरिनेछ। | |||
23 | 3:8 | cr31 | योनाले प्रचार गरेको यहोवाको सन्देशलाई निनवेवासीहरूले कस्तो प्रतिक्रिया दिए? | निनवेवासीहरूले परमेश्वरमा विश्वास गरे, उपवास बसे र भाङ्ग्रा लगाए। निनवेका राजाले कुनै पनि व्यक्ति वा जनावरले खानु वा पानी पिउनु हुँदैन र प्रत्येक व्यक्ति र जनावर भाङ्ग्राले ढाकिनुपर्छ र प्रत्येक व्यक्तिले परमेश्वरलाई पुकारा गर्नुपर्छ र हिंसात्मक कार्यहरूलगायत दुष्ट कामहरू गर्न बन्द गर्नुपर्छ भनी आदेश दिनुभयो। | |||
24 | 3:9 | ic9v | निनवेका राजाले निनवे र सहरका मानिसहरूको लागि कस्तो आशा राखेका थिए? | निनवेका राजाले आशा गरे कि परमेश्वरले आफ्नो क्रोधबाट फर्केर तिनीहरूमाथि दया देखाउनुहुन्छ ताकि निनवेका मानिसहरू नष्ट नहोस्। | |||
25 | 3:10 | cr91 | निनवेवासीहरूको पश्चत्तापप्रति परमेश्वरले कस्तो प्रतिक्रिया दिनुभयो? | परमेश्वरले तिनीहरूका कामहरू देख्नुभयो, कि तिनीहरू तिनीहरूका दुष्ट मार्गहरूबाट फर्किए। अनि परमेश्वरले तिनीहरूलाई गर्नुहुनेछ भनी भन्नु भएको दुष्टताको सम्बन्धमा पश्चत्ताप गर्नुभयो र उहाँले त्यसो गर्नुभएन। | |||
26 | 4:1 | jock | योना किन रिसाए? | योना रिसाए किनभने योनालाई यो ठूलो दुष्ट जस्तो लाग्थ्यो कि यहोवाले निनवेवासीहरूलाई दया गर्नुभयो र तिनीहरूलाई दण्ड दिनुभएन। | |||
27 | 4:2 | hsra | योनाले तर्शीशमा भाग्न खोजेको कुरा किन भने? | योनाले भने कि उनी तर्शीशमा भाग्न खोजेका थिए किनभने उनलाई थाहा थियो कि यहोवा एक अनुग्रहकारी र करुणामय परमेश्वर हुनुहुन्छ, क्रोध गर्नमा ढिलो र करारको विश्वासयोग्यतामा प्रचुर हुनुहुन्छ, र दुष्टताबाट शान्त हुनुहुन्छ। | |||
28 | 4:3 | j567 | योनाले यहोवालाई उनालाई के गर्न आग्रह गरे? | योनाले आफ्नो ज्यान लिन यहोवालाई आग्रह गरे। | |||
29 | 4:4 | iine | यहोवाले योनालाई कस्तो प्रश्न सोध्नुभयो? | यहोवाले योनालाई सोध्नुभयो कि योनालाई क्रोधित हुनु ठीक थियो। | |||
30 | 4:5 | xyqt | योना किन सहरबाट बाहिर गएर सहरतिर फर्केर बसे? | योना निनवे सहरमा के हुन्छ भनी हेर्न चाहन्थे। | |||
31 | 4:6 | fm3z | योना सहरबाहिर बस्दा यहोवाले के गर्नुभयो? | यहोवाले योनाको टाउकोको लागि छायाको रूपमा एउटा बोट हुर्काउनुभयो। | |||
32 | 4:7 | fv7d | योनालाई छाया दिने बोटलाई यहोवाले के गर्नुभयो? | भोलिपल्ट बिहानको उदयमा परमेश्वरले एक कीरा नियुक्त गर्नुभयो; अनि त्यसले बिरुवालाई आक्रमण गर्यो, र त्यो ओइलियो। | |||
33 | 4:9 | hugp | यहोवाले त्यो बोट ओइलाएपछि र योनामा पूर्वको तातो बतास चलाइएपछि यहोवाले योनालाई के प्रश्न सोध्नुभयो? | यहोवाले योनालाई सो बोटको बारेमा रिसाउनु उचित हो कि भनेर सोध्नुभयो। | |||
34 | 4:10 | hw50 | छाया दिने बोट ओइलाएर मर्दा योनालाई कस्तो लाग्यो? | योनाले सुकेको र मरेको बोटको लागि दया महसुस गरे। | |||
35 | 4:11 | sibk | यहोवाले कसको लागि दया देखाउनुभयो? | यहोवाले निनवेका मानिसहरू र जनावरहरूप्रति दया देखाउनुभयो। |