translationCore-Create-BCS_.../tq_JON.tsv

13 KiB

1ReferenceIDTagsQuoteOccurrenceQuestionResponse
21:2blwzयहोवाले योनालाई के गर्न भन्‍नुभयो?यहोवाले योनालाई निनवेमा गएर यसको विरुद्धमा बोल्न भन्‍नुभयो।
31:3dxw8यहोवाले योनालाई निनवे जान भन्‍नुभएपछि तिनले के गरे?योना परमप्रभुको सामुन्‍नेबाट टार्सिशमा भाग्‍नलाई उठे।
41:4giq9योना चढेको जहाजलाई यहोवाले के गर्नुभयो?परमप्रभुले समुद्रमा ठुलो बतास र ठुलो आँधी पठाउनुभयो त्यसैले जहाज भाँचिनै लागेको थियो।
51:5ha1uआँधीबेहरीको बीचमा नावीकहरूले कसलाई पुकारा गरे?नावीकहरू धेरै डराए र प्रत्येकले आ-आफ्नो देवतालाई पुकारा गरे।
61:7d5p0दुष्‍टताको कारण को हो भनेर नावीकहरूले कसरी निर्धारण गरे?नाविकहरूले दुष्‍टताको कारण निर्धारण गर्न चिट्‍ठा हाले र चिट्‌ठाले योनालाई संकेत गर्‍यो।
71:7nq7xचिट्‍ठा हाल्दा को नतिजा के आयो ?नतिजा यो थियो कि चिट्ठाले संकेत गर्यो कि तिनीहरूले भोगिरहेका दुष्‍टताको कारण योना थिए।
81:10lrxaयोना यहोवाको सामुबाट भाग्दै थिए भनेर नावीकहरूले कसरी थाहा पाए?योनाले तिनीहरूलाई भनेकाो कारणले योना यहोवाको सामुबाट भाग्दै थिए भनी नावीकहरूलाई थाहा भयो।
91:12gzcoआँधी रोक्न योनाले मानिसहरूलाई के गर्न भने?योनाले मानिसहरूलाई उनलाई उठाएर समुद्रमा फालिदिनु भने।
101:14oj0qनावीकहरूले यहोवालाई कुन दुईवटा बिन्ती गरे?नावीकहरूले योनाको जीवनको कारणले तिनीहरूलाई नाश हुन नदिनुहोस् र योनाको मृत्युको लागि तिनीहरूलाई दोषी ठहराउन नदिनुहोस् भनी यहोवालाई बिन्ती गरे।
111:15d8hqनावीकहरूले योनालाई समुद्रमा फालेपछि के भयो?जब नावीकहरूले योनालाई समुद्रमा फ्याँकिदिए, तब समुद्र उग्र हुन बन्द भयो।
121:17mcoeयोनालाई नावीकहरूले समुद्रमा फ्याँक्दा योनालाई के भयो?योनालाई निल्न परमप्रभुले एउटा ठूलो माछा नियुक्त गर्नुभयो, र योना तीन दिन र तीन रात माछाको पेटमा रहे।
132:1lrhnयोनाले माछाको पेटमा के गरे?योनाले प्रार्थनामा यहोवालाई पुकारे किनभने तिनी दुःखी थिए।
142:4fmx8योनाले फेरि के गर्न सक्ने आशा गरे?योनाले आशा गरे कि तिनले फेरि यहोवाको पवित्र मन्दिरतिर हेर्न सक्ने छन्।
152:6be1vयहोवाले योनाको जीवन कहाँबाट ल्याउनुभयो?यहोवाले योनाको जीवन खाल्डोबाट माथि ल्याउनुभयो।
162:8r1yjयोनाले ​खाली व्यर्थका कुराहरूमा ध्यान दिनेहरूलाई के हुन्छ भने?योनाले भने कि खाली व्यर्थका कुराहरूमा ध्यान दिनेहरूले आफ्नो करारको विश्‍वासयोग्यता त्याग्छन्।
172:9hegmजब योनाले माछाको पेटमा प्रार्थना गरे, उहाँले के गर्नुहुन्छ भनेर योनाले भने?योनाले धन्यवादको स्वरमा यहोवालाई बलिदान दिने र आफूले गरेको भाकल पूरा गर्ने बताए।
182:9vfdnयोनाले उद्धार कसको हो भने?योनाले भने कि उद्धार यहोवाको हो।
192:10vegqयोनाको प्रार्थनालाई यहोवाले कसरी जवाफ दिनुभयो?यहोवाले माछासँग बोल्नुभयो र त्यसले योनालाई सुख्खा जमिनमा उकेलिदियो।
203:2mo64यहोवाले योनालाई दोस्रो पटक के गर्न आज्ञा दिनुभयो?यहोवाले योनालाई निनवेमा गएर यहोवाको सन्देश बोल्न आज्ञा दिनुभयो।
213:3ywq3योनालाई दोस्रो पटक यहोवाले निनवे जान भन्‍नुभएपछि कस्तो प्रतिक्रिया दिए?योनाले यहोवाको आज्ञा पालन गरे र निनवे गए।
223:4j4shयोनाले निनवेमा के सन्देश बोले?योनाले भने कि ४० दिनमा निनवेलाई नष्‍ट गरिनेछ।
233:8cr31योनाले प्रचार गरेको यहोवाको सन्देशलाई निनवेवासीहरूले कस्तो प्रतिक्रिया दिए?निनवेवासीहरूले परमेश्‍वरमा विश्‍वास गरे, उपवास बसे र भाङ्‌ग्रा लगाए। निनवेका राजाले कुनै पनि व्यक्ति वा जनावरले खानु वा पानी पिउनु हुँदैन र प्रत्येक व्यक्ति र जनावर भाङ्‌ग्राले ढाकिनुपर्छ र प्रत्येक व्यक्तिले परमेश्‍वरलाई पुकारा गर्नुपर्छ र हिंसात्मक कार्यहरूलगायत दुष्‍ट कामहरू गर्न बन्द गर्नुपर्छ भनी आदेश दिनुभयो।
243:9ic9vनिनवेका राजाले निनवे र सहरका मानिसहरूको लागि कस्तो आशा राखेका थिए?निनवेका राजाले आशा गरे कि परमेश्‍वरले आफ्नो क्रोधबाट फर्केर तिनीहरूमाथि दया देखाउनुहुन्छ ताकि निनवेका मानिसहरू नष्‍ट नहोस्।
253:10cr91निनवेवासीहरूको पश्‍चत्तापप्रति परमेश्‍वरले कस्तो प्रतिक्रिया दिनुभयो?परमेश्‍वरले तिनीहरूका कामहरू देख्नुभयो, कि तिनीहरू तिनीहरूका दुष्‍ट मार्गहरूबाट फर्किए। अनि परमेश्‍वरले तिनीहरूलाई गर्नुहुनेछ भनी भन्‍नु भएको दुष्‍टताको सम्बन्धमा पश्‍चत्ताप गर्नुभयो र उहाँले त्यसो गर्नुभएन।
264:1jockयोना किन रिसाए?योना रिसाए किनभने योनालाई यो ठूलो दुष्‍ट जस्तो लाग्थ्यो कि यहोवाले निनवेवासीहरूलाई दया गर्नुभयो र तिनीहरूलाई दण्ड दिनुभएन।
274:2hsraयोनाले तर्शीशमा भाग्‍न खोजेको कुरा किन भने?योनाले भने कि उनी तर्शीशमा भाग्‍न खोजेका थिए किनभने उनलाई थाहा थियो कि यहोवा एक अनुग्रहकारी र करुणामय परमेश्‍वर हुनुहुन्छ, क्रोध गर्नमा ढिलो र करारको विश्‍वासयोग्यतामा प्रचुर  हुनुहुन्छ, र दुष्‍टताबाट शान्त हुनुहुन्छ।
284:3j567योनाले यहोवालाई उनालाई के गर्न आग्रह गरे?योनाले आफ्नो ज्यान लिन यहोवालाई आग्रह गरे।
294:4iineयहोवाले योनालाई कस्तो प्रश्‍न सोध्नुभयो?यहोवाले योनालाई सोध्नुभयो कि योनालाई क्रोधित हुनु ठीक थियो।
304:5xyqtयोना किन सहरबाट बाहिर गएर सहरतिर फर्केर बसे?योना निनवे सहरमा के हुन्छ भनी हेर्न चाहन्थे।
314:6fm3zयोना सहरबाहिर बस्दा यहोवाले के गर्नुभयो?यहोवाले योनाको टाउकोको लागि छायाको रूपमा एउटा बोट हुर्काउनुभयो।
324:7fv7dयोनालाई छाया दिने बोटलाई यहोवाले के गर्नुभयो?भोलिपल्ट बिहानको उदयमा परमेश्‍वरले एक कीरा नियुक्त गर्नुभयो; अनि त्यसले बिरुवालाई आक्रमण गर्यो, र त्यो ओइलियो।
334:9hugpयहोवाले त्यो बोट ओइलाएपछि र योनामा पूर्वको तातो बतास चलाइएपछि यहोवाले योनालाई के प्रश्‍न सोध्नुभयो?यहोवाले योनालाई सो बोटको बारेमा रिसाउनु उचित हो कि भनेर सोध्नुभयो।
344:10hw50छाया दिने बोट ओइलाएर मर्दा योनालाई कस्तो लाग्यो?योनाले सुकेको र मरेको बोटको लागि दया महसुस गरे।
354:11sibkयहोवाले कसको लागि दया देखाउनुभयो?यहोवाले निनवेका मानिसहरू र जनावरहरूप्रति दया देखाउनुभयो।