translationCore-Create-BCS_.../tq_EPH.tsv

34 KiB

1ReferenceIDTagsQuoteOccurrenceQuestionResponse
21:1s9rjपावलले यस पत्रमा आफूले लेखेका मानिसहरूलाई कसरी वर्णन गर्छन्?पावलले आफूले लेखेका मानिसहरूलाई सन्तहरूको रूपमा र ख्रीष्‍ट येशूमा विश्‍वास गर्ने व्यक्तिहरूको रूपमा वर्णन गर्छन्।
31:3c6diपरमेश्‍वर पिताले विश्‍वासीहरूलाई के कुराले आशिष् दिनुभएको छ?परमेश्‍वर पिताले विश्‍वासीहरूलाई ख्रीष्‍टमा स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष् दिनुभएको छ।
41:4eph8ख्रीष्‍टमा विश्‍वास गर्नेहरूलाई परमेश्‍वर पिताले कहिले चुन्‍नुभयो?परमेश्‍वर पिताले संसारको उत्पत्ति हुनु अघि ख्रीष्‍टमा विश्‍वास गर्नेहरूलाई चुन्‍नुभयो।
51:4cgvjपरमेश्‍वर पिताले विश्‍वासीहरूलाई कुन उद्देश्यको लागि चुन्‍नुभयो?परमेश्‍वर पिताले विश्‍वासीहरूलाई चुन्‍नुभयो ताकि तिनीहरू उहाँको अगाडि पवित्र र निर्दोष हुन सकून्।
61:5x0f2किन परमेश्‍वरले विश्‍वासीहरूलाई धर्मपुत्रको लागि अग्रिम नियति दिनुभयो?परमेश्‍वरले विश्‍वासीहरूलाई पहिले नै नियति दिनुभयो किनभने उहाँ यो गर्न खुशी हुनुहुन्थ्यो।
71:6a777किन परमेश्‍वरले विश्‍वासीहरूलाई धर्मपुत्रको लागि अग्रिम नियति दिनुभयो?उहाँको महिमित अनुग्रहको लागि उहाँको प्रशंसा होस् भनेर परमेश्‍वरले विश्‍वासीहरूलाई अग्रिम नियति दिनुभयो।
81:7dptlविश्‍वासीहरूलाई परमेश्‍वरको प्रिय ख्रीष्‍टको रगतद्वारा के पाउँछन्?विश्‍वासीहरूले छुटकारा पाउँछन्, ख्रीष्‍टको रगतद्वारा तिनीहरूका अपराधहरूको क्षमा।
91:10q6gcआफ्नो योजना पूरा गर्ने समय आउँदा परमेश्‍वरले के गर्नुहुन्छ?परमेश्‍वरले स्वर्ग र पृथ्वीमा भएका सबै थोकलाई ख्रीष्‍टको अधीनमा ल्याउनुहुनेछ।
101:13m2smसत्यको वचन सुनेपछि विश्‍वासीहरूले कस्तो छाप पाए?विश्‍वासीहरूलाई प्रतिज्ञा गरिएको पवित्र आत्माले छाप लगाइयो।
111:14e9daआत्मा के को बैना हुनुहुन्छ?आत्मा विश्‍वासीहरूको उत्तराधिकारको बैना हुनुहुन्छ।
121:18wdw4पावलले एफिसीहरूलाई के बुझ्‍नको लागि आँखा उज्यालो पारिनेछन् भनेर प्रार्थना गर्छन्?पावलले प्रार्थना गर्छन् कि एफिसीहरू तिनीहरूको बोलावटको आशा र सन्तहरूमा ख्रीष्‍टको उत्तराधिकारको महिमित धन बुझ्‍नको लागि उनीहरूको आँखा उज्यालो पारिनेछन्।
131:20u36iअहिले विश्‍वासीहरूमा काम गर्ने शक्तिले ख्रीष्‍टमा के गर्‍यो?त्यही शक्तिले ख्रीष्‍टलाई मृत्युबाट बौरी उठाएर स्वर्गीय स्थानहरूमा परमेश्‍वरको दाहिने हातमा बसाल्यो।
141:22nc6yपरमेश्‍वरले ख्रीष्‍टको पाउमुनि के राखिदिनुभएको छ?परमेश्‍वरले सबै कुरा ख्रीष्‍टको पाउमुनि राखिदिनुभएको छ।
151:22ybk9मण्डलीमा ख्रीष्‍टको अख्तियारको स्थान के हो?ख्रीष्‍ट मण्डलीमा भएका सबै कुराहरूको शिर हुनुहुन्छ।
161:23zi2iमण्डली के हो?मण्डली ख्रीष्‍टको शरीर हो।
172:1rv6gसबै अविश्‍वासीहरूको आत्मिक अवस्था कस्तो छ?सबै अविश्‍वासीहरू आफ्ना अपराध र पापहरूमा मरेका छन्।
182:2u66rअनाज्ञाकारिताका सन्तानमा कसले काम गरिरहेको छ?आकाशको शक्तिको अधिकारीहरूको शासक अनाज्ञाकारिताका छोराहरूमा काम गर्दैछ।
192:3p8m8प्रकृति अनुसार, सबै अविश्‍वासीहरू के हुन्?सबै अविश्‍वासीहरू स्वभावैले क्रोधका सन्तान हुन्।
202:4cxpyकिन परमेश्‍वर विश्‍वासीहरूप्रति कृपामा धनी हुनुहुन्छ?उहाँको महान् प्रेमको कारणले गर्दा परमेश्‍वर कृपामा धनी हुनुहुन्छ।
212:5n3swविश्‍वासीहरूले केद्वारा उद्धार पाएका छन्?विश्‍वासीहरू परमेश्‍वरको कृपाले उद्धार पाएका छन्।
222:6e4zlविश्‍वासीहरू कहाँ बसालिएका छन् ?विश्‍वासीहरू ख्रीष्‍ट येशूसँग स्वर्गीय स्थानहरूमा बसालिएका छन् ।
232:7i4udकुन उद्देश्यको लागि परमेश्‍वरले विश्‍वासीहरूलाई बचाउनुभयो र उठाउनुभयो?परमेश्‍वरले विश्‍वासीहरूलाई बचाउनुभयो र उठाउनुभयो ताकि आउने युगहरूमा उहाँले विश्‍वासीहरूलाई आफ्नो अनुग्रहको ठूलो धन देखाउनलाई।
242:8ae42हामीले कसरी उद्धार पाएका छौँ?हामीले परमेश्‍वरको वरदानको रूपमा विश्‍वासद्वारा अनुग्रहबाट उद्धार पाएका छौँ।
252:9rffwविश्‍वासीले किन घमण्ड गर्नुहुँदैन?कुनै पनि विश्‍वासीले घमण्ड गर्नुहुँदैन किनभने उसले आफ्नै कामद्वारा उद्धार पाएको छैन।
262:10fa4eख्रीष्‍ट येशूमा विश्‍वास गर्नेहरूलाई परमेश्‍वरले कुन उद्देश्यको लागि सृष्‍टि गर्नुभयो?ख्रीष्‍ट येशूमा विश्‍वास गर्नेहरूका लागि परमेश्‍वरको उद्देश्य भनेको तिनीहरू असल कामहरूमा हिँड्नु हो।
272:12cvhoअविश्‍वासी अन्यजातिहरूको आत्मिक अवस्था कस्तो छ?अविश्‍वासी अन्यजातिहरू ख्रीष्‍टबाट अलग भएका, इस्राएलबाट अलग भएका, करारहरूमा अपरिचित, आशा बिना र परमेश्‍वर बिना छन्।
282:13bqaqके कुराले केही अन्यजाति अविश्‍वासीलाई परमेश्‍वरको नजिक ल्याएको छ?केही अन्यजाति अविश्‍वासीहरूलाई ख्रीष्‍टको रगतले परमेश्‍वरको नजिक ल्याएको छ।
292:14rg90ख्रीष्‍टले अन्यजातिहरू र यहूदीहरू बीचको सम्बन्धलाई कसरी परिवर्तन गर्नुभयो?ख्रीष्‍टलौ विश्‍वास गर्ने अन्यजातिहरू र यहूदीहरूलाई एउटै समूहमा बनाउनुभयो, तिनीहरूलाई विभाजित गर्ने शत्रुतालाई नष्‍ट गर्नुभयो।
302:15dpj6यहूदी र अन्यजातिहरूबीच शान्ति स्थापना गर्न ख्रीष्‍टले के खारेज गर्नुभयो?यहूदीहरू र अन्यजातिहरूबीच शान्ति स्थापना गर्न ख्रीष्‍टले आज्ञा र नियमहरूको व्यवस्था खारेज गर्नुभयो।
312:18ep5aकुन माध्यमबाट सबै विश्‍वासीहरूको पहुँच पितामा हुन्छ?सबै विश्‍वासीहरूले पवित्र आत्माद्वारा पितामा पहुँच पाउन सक्छन्।
322:20lv8oपरमेश्‍वरको परिवार केको जगमाथि निर्माण गरिएको छ?परमेश्‍वरको परिवार प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि निर्माण गरिएको छ, ख्रीष्‍ट येशू कुने-ढुङ्गो भईकन।
332:21u5xpविश्‍वासीहरू कस्तो मन्दिर बनिरहेका छन्?तिनीहरू परमप्रभुको पवित्र मन्दिर बनिरहेका छन्।
342:22d49dआत्मामा परमेश्‍वर कहाँ वास गर्नुहुन्छ?परमेश्‍वर विश्‍वासीहरूमा आत्मामा वास गर्नुहुन्छ।
353:2vu26कसको फाइदाको लागि परमेश्‍वरले पावललाई आफ्नो जिम्मेवारीको पद दिनुभयो?परमेश्‍वरले पावललाई अन्यजातिहरूको फाइदाको लागि आफ्नो जिम्मेवारीको पद दिनुभयो।
363:3jffuपावललाई के थाहा गराइयो?रहस्यको बारेमा पावललाई प्रकट गराइएको थियो
373:5z1rjअरू पुस्ताहरूमा मानव जातिलाई थाहा नभएको कुरा परमेश्‍वरले कसलाई प्रकट गर्नुभयो?परमेश्‍वरले आफ्ना प्रेरितहरू र अगमवक्ताहरूलाई ख्रीष्‍टको बारेमा लुकेको सत्य प्रकट गर्नुभयो।
383:6yqfkके लुकेको सत्य प्रकट गारियो?प्रकट भएको लुकेको सत्य यो हो कि अन्यजातिहरू सह-उत्तराधिकारीहरू र शरीरका सँगी सदस्यहरू हुन्, र ख्रीष्‍ट येशूमा प्रतिज्ञामा सह-साझेदारहरू हुन्।
393:7pze1पावललाई के उपहार दिइएको थियो?परमेश्‍वरको अनुग्रहको उपहार पावललाई दिइएको थियो।
403:9vmv4अन्यजातिहरूलाई केको बारेमा बुझ्‍न मद्दत गर्न पावललाई पठाइएको थियो?पावललाई अन्यजातिहरूलाई परमेश्‍वरमा युग-युगदेखि लुकेको रहस्यको प्रशासन बुझ्‍न मद्दत गर्न पठाइएको थियो।
413:10b78bपरमेश्‍वरको जटिल बुद्धि के मार्फत प्रकट गरिनेछ?मण्डली मार्फत परमेश्‍वरको जटिल बुद्धिको बारेमा  प्रकट गरिनेछ।
423:12nmv2ख्रीष्‍टमा विश्‍वासको कारणले विश्‍वासीहरूसँग के छ भनी पावल भन्छन्?पावल भन्छन् कि ख्रीष्‍टमा विश्‍वासको कारण विश्‍वासीहरूसँग साहस र पहुँच छ।
433:15hwo6पिताद्वारा केको नाउँ दिइएको र सृष्‍टि गरिएको छ?स्वर्ग र पृथ्वीमा भएको हरेक परिवारको नाउँ पिताको नाउँबाट सृष्‍टि गरिएको छ।
443:16z07fविश्‍वासीहरूलाई बलियो बनाउन पावलले कसरी प्रार्थना गर्छन्?पावलले विश्‍वासीहरूलाई परमेश्‍वरको आत्माको शक्तिद्वारा बलियो हुनको लागि प्रार्थना गर्छन्।
453:18oiyqविश्‍वासीहरूले के कुरा बुझ्‍न सक्ने होस् भनेर पावलले प्रार्थना गर्छन्?ख्रीष्‍टको प्रेम कति चौडा र लामो र उच्च र गहिरो छ भनेर विश्‍वासीहरूले बुझ्‍न सकून् भनी पावलले प्रार्थना गर्छन्।
463:21wrv8पावलले सबै पुस्ताहरूसम्म पितालाई के दिइनेछ भनेर प्रार्थना गर्छन्?पावलले सबै पुस्ताहरूसम्म पितालाई मण्डली र ख्रीष्‍ट येशूमा महिमा दिइयोस् भनि प्रार्थना गर्छन्।
474:1kohdपावलले विश्‍वासीहरूलाई कसरी जीवन यापन गर्न आग्रह गर्छन्?पावलले विश्‍वासीहरूलाई उनीहरूको बोलावट योग्यको बाटोमा हिँड्न आग्रह गर्छन्।
484:7cur4ख्रीष्‍टले आफ्नो स्वर्गारोहण पछि प्रत्येक विश्‍वासीलाई के दिनुभयो?ख्रीष्‍टले प्रत्येक विश्‍वासीलाई ख्रीष्‍टको वरदानको नाप अनुसार अनुग्रह दिनुभयो।
494:11egfmपावलले कुन पाँच प्रकारका मानिसहरूलाई ख्रीष्‍टले दिनुभयो भन्छन्?ख्रीष्‍टले प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू र शिक्षकहरू दिनुभयो।
504:12rx7dयी पाँच प्रकारका मानिसहरूले मण्डलीको लागि के गर्नुपर्छ?यी पाँच प्रकारका मानिसहरूले विश्‍वासीहरूलाई सेवाको कामको लागि, शरीर निर्माणको लागि सुसज्‍जित गराउनुपर्छ।
514:14jkl7विश्‍वासीहरू बालकहरू जस्तै हुन सक्छन् भनेर पावलले कसरी भन्छन्?विश्‍वासीहरू मानिसहरूको छल र भ्रष्‍ट छलबाट फ्याँकिएर र बहकाइएर बच्चाहरू जस्तै हुन सक्छन्।
524:16twjtविश्‍वासीहरूको शरीर कसरी निर्माण हुन्छ भनी पावलले भन्छन्?विश्‍वासीहरूको शरीर प्रेममा प्रत्येकको निर्माणको लागि सँगै जोडिएको हुन्छ, प्रत्येक जोर्नीद्वारा एकसाथ राखिएको हुन्छ र प्रत्येक भागले शरीरको वृद्धिमा काम गर्दछ।
534:17hbr0पावलले अन्यजातिहरू कसरी हिँड्छन् भनी भन्छन्?अन्यजातिहरू आफ्नो मनको व्यर्थतामा हिँड्छन्।
544:18semgपावलले अन्यजातिहरूको समझमा के भयो भन्‍छन्?अन्यजातिहरूको समझ अन्धकार भएको छ।
554:19idj7अन्यजातिहरूले आफूलाई केमा सुम्पेका छन्?अन्यजातिहरूले हरेक प्रकारको अशुद्धता गर्न आफूलाई कामुकतामा सुम्पेका छन्।
564:22xb3hविश्‍वासीहरूले  के त्यागनुपर्छ भनि पावल भन्छन्?विश्‍वासीहरूले अगाडिको जिवनसँग सम्बन्धित कुराहरू त्याग्‍नुपर्छ।
574:24qxogविश्‍वासीहरूले के धारण गर्नुपर्छ भनी पावल भन्छन्?विश्‍वासीहरूले नयाँ स्वभाव धारण गर्नुपर्छ।
584:27envjविश्‍वासीले कसलाई कहिल्यै मौका दिनु हुँदैन?एक विश्‍वासीले कहिल्यै शैतानलाई मौका दिनु हुँदैन।
594:28q8clविश्‍वासीहरूले चोर्नुको सट्टा के गर्नुपर्छ?विश्‍वासीहरूले परिश्रम गर्नुपर्छ ताकि तिनीहरूले आवश्यकता भएको व्यक्तिसँग बाँड्न सक्षम हुन सकून्।
604:29b6blपावलले कस्तो किसिमको कुरा विश्‍वासीको मुखबाट निस्किनुपर्छ भनी भन्छन्?विश्‍वासीको मुखबाट कुनै भ्रष्‍ट कुरा निस्कनु हुँदैन, तर, अरूलाई सुधार गर्ने शब्दहरू निस्कनुपर्छ।
614:30zfzoविश्‍वासीले कसलाई दुःखित तुल्याउनु हुँदैन?विश्‍वासीले पवित्र आत्मालाई दुःखित तुल्याउनु हुँदैन।
624:32lt6bख्रीष्‍टमा परमेश्‍वरले उसलाई क्षमा दिनुभएकोले विश्‍वासीले के गर्नुपर्छ?एक विश्‍वासीले अरूलाई क्षमा गर्नुपर्छ किनभने ख्रीष्‍टमा परमेश्‍वरले उसलाई क्षमा गर्नुभयो।
635:1h41aविश्‍वासीहरूले कसको देखासिकी गर्नुपर्छ?विश्‍वासीहरूले परमेश्‍वरलाई पितालाई उहाँको सन्तानको रूपमा देखासिकी गर्नुपर्छ।
645:2phyeख्रीष्‍टले के गर्नुभयो जुन परमेश्‍वरलाई मनपर्ने सुगन्ध थियो?ख्रीष्‍टले आफूलाई विश्‍वासीहरूका लागि परमेश्‍वरलाई भेटी र बलिदानको रूपमा अर्पण गर्नुभयो।
655:3s9ziविश्‍वासीहरू माझ के सुझाव दिनु हुँदैन?विश्‍वासीहरूका बीचमा यौन अनैतिकता, अशुद्धता र लोभको सुझाव दिनु हुँदैन।
665:4sfg2बरु विश्‍वासीहरू माझ कस्तो मनोवृत्ति देखिनुपर्छ?विश्‍वासीहरूले बरु कृतज्ञताको मनोवृत्ति राख्नुपर्छ।
675:5i4qhख्रीष्‍ट र परमेश्‍वरको राज्यमा कसको कुनै उत्तराधिकार छैन?यौन अनैतिक, अपवित्र र लोभीको ख्रीष्‍ट र परमेश्‍वरको राज्यमा कुनै उत्तराधिकार छैन।
685:6j1puअनाज्ञाकारिताका सन्तानहरूमा के आउँदैछ?अनाज्ञाकारिताका सन्तानहरूमाथि परमेश्‍वरको क्रोध आउँदैछ।
695:9mykeज्योतिको कुन फल प्रभुलाई मनपर्छ?भलाइ, धार्मिकता र सत्यताको फल प्रभुलाई मनपर्छ।
705:11cozkअन्धकारका कार्यहरूमा विश्‍वासीहरूले के गर्नुपर्छ?विश्‍वासीहरूले अन्धकारका कार्यहरूमा भाग लिनु हुँदैन, तर यसको सट्टामा प्रकट गरिदिनुपर्छ।
715:13c140ज्योतिले के प्रकट गर्छ?ज्योतिले सबै कुरा प्रकट गर्छ।
725:16rsilदिनहरू खराब भएकाले  विश्‍वासीहरूले के गर्नुपर्छ?विश्‍वासीहरूले समयलाई सदुपयोग गर्नुपर्छ किनकि दिनहरू खराब छन्।
735:18hbupकेले लापरवाहीमा पुर्याउँदछ?दाखमद्य पिउनुले लापरवाहीमा पुर्याउँदछ।
745:19z9n1विश्‍वासीहरूले एक-अर्कासँग केको साथ बोल्नुपर्छ?विश्‍वासीहरूले एक-अर्कासँग भजन, गीत र आत्मिक गानको साथ बोल्नुपर्छ।
755:22ez75पत्‍नीहरू कसरी आफ्नो पतिको अधीनमा हुनुपर्छ?पत्‍नीहरू प्रभुको अधीनमा भएझैँ आफ्नो पतिको अधीनमा हुनुपर्छ।
765:23vtsaपति केको शिर हो र ख्रीष्‍ट केको शिर हुनुहुन्छ?पति पत्‍नीको शिर हो र ख्रीष्‍ट मण्डलीको शिर हुनुहुन्छ।
775:26fj85ख्रीष्‍टले मण्डलीलाई कसरी पवित्र गर्नुहुन्छ?ख्रीष्‍टले मण्डलीलाई वचनको साथ पानीले धोएर मण्डलीलाई पवित्र बनाउनुहुन्छ।
785:28yfreपतिले आफ्नी पत्‍नीलाई  कसरी प्रेम गर्नुपर्छ?पतिले आफ्नी पत्‍नीलाई आफ्नो शरीरलाई जस्तै प्रेम गर्नुपर्छ।
795:29cbzxएक व्यक्तिले आफ्नो शरीरलाई कसरी पालनपोषण गर्छ?एक व्यक्तिले आफ्नो शरीरलाई पोषण र प्रेम गर्छ।
805:31jlm2पुरुषले आफ्नी श्रीमतीसँग मिल्दा के हुन्छ ?जब पुरुष आफ्नी पत्‍नीसँग मिल्छन्, तिनीहरू एउटै शरीर हुन्छन्।
815:32xvhcएक जना पुरुष र तिनकी पत्‍नीको मिलनबाट के लुकेको सत्य प्रदर्शित हुन्छ?ख्रीष्‍ट र उहाँको मण्डलीको बारेमा लुकेको सत्य एक पुरुष र तिनकी पत्‍नीको संलग्‍नताद्वारा प्रदर्शन गरिएको छ।
826:1y6ztख्रीष्‍टियान छोराछोरीले आफ्ना आमाबाबुलाई कस्तो व्यवहार गर्नुपर्छ?ख्रीष्‍टियान छोराछोरीहरूले आफ्ना आमाबाबुको आज्ञा पालन गर्नुपर्छ।
836:4ion7ख्रीष्‍टियान बुबाहरूले आफ्ना छोराछोरीहरूको लागि के गर्नुपर्छ?ख्रीष्‍टियान बुबाहरूले आफ्ना छोराछोरीहरूलाई प्रभुको अनुशासन र निर्देशनमा हुर्काउनु पर्छ।
846:5m5qyख्रीष्‍टियान दासहरूले आफ्ना मालिकहरूको आज्ञा पालन गर्ने मनोवृत्ति कस्तो हुनुपर्छ?ख्रीष्‍टियान दासहरूले प्रभुको लागि आफ्नो हृदयको इमानदारीतामा आफ्ना मालिकहरूको आज्ञा पालन गर्नुपर्छ।
856:8igtlविश्‍वासीले जे सुकै राम्रो काम गर्छ त्यसमा के याद गर्नुपर्छ?एक विश्‍वासीले याद गर्नुपर्छ कि उसले जे पनि राम्रो काम गर्छ, उसले प्रभुबाट इनाम पाउनेछ।
866:9c98lख्रीष्‍टियान मालिकले आफ्नो मालिकको बारेमा के याद गर्नुपर्छ?एक ख्रीष्‍टियान मालिकले याद गर्नुपर्छ कि उसको र उसको सेवकको मालिक स्वर्गमा हुनुहुन्छ, र उहाँसँग कुनै पक्षपात छैन।
876:11wg7yकिन एक विश्‍वासीले परमेश्‍वरको सम्पूर्ण हातहतियार धारण गर्नुपर्छ?एक विश्‍वासीले शैतानको दुष्‍ट योजनाहरू विरुद्ध खडा हुनको लागि परमेश्‍वरको सम्पूर्ण हातहतियार धारण गर्नुपर्छ।
886:12zmqfएक विश्‍वासी कस्को विरुद्ध लड्छ?एक विश्‍वासी प्रधानताहरू र अन्धकारको क्षेत्रका शासकहरू र दुष्‍टको आत्मिक शक्तिहरू विरुद्ध लड्छ।
896:13za87किन एक विश्‍वासीले परमेश्‍वरको सम्पूर्ण हातहतियार धारण गर्नुपर्छ?एक विश्‍वासीले शैतानको दुष्‍ट योजनाहरू विरुद्ध खडा हुनको लागि परमेश्‍वरको सम्पूर्ण हातहतियार धारण गर्नुपर्छ।
906:16gqxmपरमेश्‍वरको कुन हतियारले दुष्‍टको अग्‍निबाण निभाउछ?विश्‍वासको ढालले दुष्‍टको अग्‍निबाण निभाउछ।
916:17bpieआत्माको तरवार के हो?आत्माको तरवार परमेश्‍वरको वचन हो।
926:18dq4hविश्‍वासीहरूले प्रार्थनामा आफूलाई कस्तो आचरणमा राख्नुपर्छ?विश्‍वासीहरूले सधैँ दृढतापूर्वक र परमेश्‍वरलाई जवाफको लागि हेर्दै प्रार्थना गर्नुपर्छ।
936:19arf6एफिसीहरूका प्रार्थनाहरूद्वारा पावलले के प्राप्त गर्न चाहन्छन्?पावलले सुसमाचार बोल्दा साहसका साथ उहाँलाई वचन दिइएको चाहन्छन्।
946:20y4yiपावलले यो पत्र लेख्दा कहाँ छन्?पावलले यो पत्र लेख्दा जेलमा बाँधिएका छन्।
956:23zo18पावलले परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टले विश्‍वासीहरूलाई के दिनुहुन्छ भनी सोध्छन्?परमेश्‍वरले तिनीहरूलाई विश्‍वासको साथ शान्ति र प्रेम दिनुहुनेछ भनी पावलले सोध्छन्।