translationCore-Create-BCS_.../tq_1TI.tsv

21 KiB

1ReferenceIDTagsQuoteOccurrenceQuestionResponse
21:1z3bdपावललाई ख्रीष्‍ट येशूको प्रेरित कसरी बनाइयो?पावललाई परमेश्‍वरको आज्ञा अनुसार प्रेरित बनाइएको थियो।
31:2sl85पावल र तिमोथीबीच कस्तो सम्बन्ध थियो?तिमोथी विश्‍वासमा पावलको साँचो बालक थिए।
41:3q1obपावलले तिमोथीलाई कहाँ बस्‍न आग्रह गरे?उनले तिमोथीलाई एफिससमा रहन आग्रह गरे।
51:3sltyतिमोथीले केही मानिसहरूलाई के नगर्न आदेश दिएका थिए?उसले तिनीहरूलाई फरक तरिकाले सिकाउन नदिने आज्ञा दिएका थिए।
61:5crq2पावलले आफ्नो आज्ञा र शिक्षाको लक्ष्य के हो भने?उनको आज्ञाको लक्ष्य शुद्ध हृदयबाट, असल अन्तस्करणबाट, र निष्कपट विश्‍वासबाट प्रेम थियो।
71:9tqorव्यवस्था कसका लागि बनेको हो ?व्यवस्था कुकर्मी, विद्रोही, अभक्त मानिसहरू र पापीहरूको लागि हो।
81:13cfvjपावलले पहिले कस्ता पाप गरेका थिए?पावल ईश्‍वरनिन्दा गर्ने, खेदो गर्ने, र हिंस्रक मानिस थिए।
91:14q6g0पावलमा के उर्लिआयो, जसको परिणामस्वरूप पावल येशू ख्रीष्‍टको प्रेरित बने?हाम्रा प्रभुको अनुग्रह पावलमा उर्लिआयो।
101:15iw1lख्रीष्‍ट येशू कसलाई बचाउन संसारमा आउनुभयो?ख्रीष्‍ट येशू पापीहरूलाई बचाउन संसारमा आउनुभयो।
111:16o828पावलले किन परमेश्‍वरले उनलाई कृपा दिनुभयो भन्‍छन्?येशूले पावलमा आफ्नो धैर्यतालाई उदाहरणको रूपमा देखाउन सकून् भनेर परमेश्‍वरले पावललाई कृपा दिनुभयो।
121:18miluतिमोथीको बारेमा गरिएका अगमवाणीहरूअनुसार पावलले तिमोथीलाई के गर्न भने?पावलले तिमोथीलाई असल लडाईसँग लड्न भन्छन्।
131:19m2ofआफ्नो विश्‍वास र आफ्नो असल विवेकलाई इन्कार गर्ने कसै-कसैलाई के भयो?यी मानिसहरूले आफ्नो विश्‍वासको जहाज डुबाए।
141:20yc47पावलले आफ्नो ​विश्‍वास र राम्रो विवेक अस्वीकार गर्ने र आफ्नो विश्‍वासको जहाज डुबाएका पुरुषहरूको लागि  के गरे ?पावलले तिनीहरूलाई तिनीहरूले ईश्‍वरनिन्दा नगर्नु भन्‍ने कुरा सिकून् भनेर शैतानको हातमा सुम्पिदिए।
152:1wr9kपावलले कसको लागि प्रार्थना गर्न आग्रह गर्छन्?पावलले सबै मानिसहरूका लागि प्रार्थना गरिदिन अनुरोध गर्दछ।
162:2acepख्रीष्‍टियानहरूलाई कस्तो प्रकारको जीवन बाँच्‍न दिइयोस् भन्‍ने पावल चाहन्छन्?ख्रीष्‍टियानहरूले सबै भक्ति र मर्यादामा शान्तिपूर्ण र शान्त जीवन बिताउन पाउनुपर्छ भनी पावल चाहन्छन्।
172:4kuftपरमेश्‍वर सबै मानिसहरूका लागि के चाहनुहुन्छ?परमेश्‍वर सबै मानिसहरूले मुक्ति पाएको र सत्यको ज्ञानमा आएको चाहनुहुन्छ।
182:5bpzkपरमेश्‍वर र मानिस बीच ख्रीष्‍ट येशूको स्थान के हो?ख्रीष्‍ट येशू परमेश्‍वर र मानिस बीचको एक मध्यस्थ हुनुहुन्छ।
192:6eq8pख्रीष्‍ट येशूले सबैको लागि के गर्नुभयो?ख्रीष्‍ट येशूले आफूलाई सबैका लागि छुटकाराको मोलको रूपमा दिनुभयो।
202:7zatiप्रेरित पावलले कसलाई सिकाउँछन्?पावल राष्‍ट्रहरूका शिक्षक हुन्।
212:8otgqपावल पुरुषहरूले के गरेको चाहन्छन्?पावल ती मानिसहरूले प्रार्थना गरेको र पवित्र हातहरू उठाएको चाहन्‍छन्।
222:9o7jfपावल स्त्रीहरूले के गरेको चाहन्छन्?पावल स्त्रीहरूले नम्र र आत्मसंयमको साथ लुगा लगाएको चाहन्छन्।
232:12uv0vपावलले स्त्रीलाई के गर्न अनुमति दिँदैनन्?पावलले स्त्रीलाई सिकाउन वा पुरुषमाथि अधिकार प्रयोग गर्न अनुमति दिँदैनन्।
242:13rygxपावलले स्त्रीलाई सिकाउन वा पुरुषमाथि अधिकार प्रयोग गर्न नदिने पहिलो कारण के हो?पावलको पहिलो कारण आदमलाई पहिले बनाइएको हो।
252:14v47fपावलले स्त्रीलाई सिकाउन वा पुरुषमाथि अधिकार प्रयोग गर्न नदिने दोस्रो कारण के हो?पावलको दोस्रो कारण आदम छलिएका थिएनन्।
262:15wsulपावल स्त्रीहरूलाई के मा रहको चाहन्छन्?पावल स्त्रीहरूले विश्‍वास र प्रेम र पवित्रतामा मनको सुदृढताका साथ जारी राखेको चाहन्छन्।
273:1kkd2बिशपको काम कस्तो प्रकारको काम हो?बिशपको काम असल काम हो।
283:2qr30एक बिशप के गर्न सक्षम हुनुपर्छ?बिशप सिकाउन सक्षम हुनुपर्छ।
293:3b69pएक बिशपले रक्सी र पैसा कसरी सम्हाल्नुपर्छ?एक बिशप मतवाला हुनु हुँदैन, र धनलाई प्रेम गर्ने हुनु हुँदैन।
303:4eyahबिशपका छोराछोरीले उनलाई कस्तो व्यवहार गर्नुपर्छ?बिशपका छोराछोरीहरूले उनको आज्ञा पालन गर्नै पर्छ र आदर गर्नुपर्छ।
313:5qctsबिशपलेआफ्नो घरपरिवारलाई राम्ररी व्यवस्थापन गर्नु किन महत्त्वपूर्ण छ?यो महत्त्वपूर्ण छ किनभने यदि उनले आफ्नो घरपरिवारलाई राम्रोसँग व्यवस्थापन गर्न सक्दैनन् भने, उनले मण्डलीको लागि राम्रोसँग हेरचाह गर्नेछैनन्।
323:6vh1hयदि बिशप नयाँ विश्‍वासी भएमा के खतरा हुन्छ?खतरा यो हो कि ऊ फुलेर निन्दामा पर्नेछ।
333:7fbs1मण्डली बाहिरका मानिसहरूसँग बिशपको प्रतिष्‍ठा कस्तो हुनुपर्छ?एक बिशपको मण्डलीको प्रतिष्‍ठा बाहिरकाहरूसँग असल हुनुपर्छ।
343:10fe41डिकनहरूले सेवा गर्नु अघि के गर्नुपर्छ?तिनीहरूले सेवा गर्नु अघि, डिकनहरूको परीक्षण गरिनुपर्छ।
353:11tt7fईश्‍वरीय स्त्रीहरूका केही विशेषताहरू के-के हुन्?ईश्‍वरीय स्त्रीहरू प्रतिष्‍ठित हुन्छन्, निन्दा गर्ने होइनन्, संयमी र सबै कुरामा विश्‍वासयोग्य हुन्छन्।
363:15h9jjपरमेश्‍वरको घर के हो?परमेश्‍वरको घर जीवित परमेश्‍वरको मण्डली हो।
373:16l73nयेशू शरीरमा देखा पर्नुभएपछि, आत्माद्वारा धर्मी ठहरिनुभएपछि, र स्वर्गदूतहरूले देख्नुभएपछि, उहाँले के गर्नुभयो?येशूलाई राष्‍ट्रहरूमाझ घोषणा गरियो, संसारमा विश्‍वास गरियो, र महिमामा उठाइयो।
384:1xv1vआत्माको अनुसार, पछिल्ला समयमा केही मानिसहरूले के गर्नेछन्?कोही मानिसहरूले विश्‍वास त्यागेर धोका दिने आत्माहरू र भूतहरूको शिक्षामा भाग लिनेछन्।
394:3ovfaयी मानिसहरूले के झुट सिकाउनेछन्?तिनीहरूले विवाह निषेध गर्नेछन् र केही खानेकुराहरू खान निषेध गर्नेछन्।
404:5lih5हामीले खानेकुरा हाम्रो प्रयोगको लागि कसरी पवित्र हुन्छ?हामीले जे खान्छौँ त्यो परमेश्‍वरको वचन र प्रार्थनाद्वारा पवित्र हुन्छ।
414:7cgd8पावलले तिमोथीलाई केमा आफूलाई तालिम दिन भन्छन्?पावल तिमोथीलाई भक्तिमा तालिम दिन भन्छन्।
424:8pra7शारीरिक तालिम भन्दा ईश्‍वरभक्तिको तालिम किन बढी लाभदायक छ?ईश्‍वरभक्तिमा तालिम दिनु बढी लाभदायक छ किनभने यसले वर्तमान जीवन र आउने जीवनको प्रतिज्ञा राख्दछ।
434:11esnxपावलले तिमोथीलाई पावलको शिक्षामा पाएका सबै असल कुराहरूलाई के गर्न आग्रह गर्छन्?पावलले तिमोथीलाई यी कुराहरूलाई आज्ञा दिन र सिकाउन आग्रह गर्छन्।
444:12y0ofतिमोथी अरूहरूका लागि कस्तो उदाहरण बन्‍न सक्छन्‌?तिमोथी शब्द, आचरण, प्रेम, विश्‍वास र शुद्धतामा उदाहरण बन्‍नुपर्दछ।
454:14idhzतिमोथीले आफूसँग भएको आत्मिक वरदान कसरी पाए?तिमोथीलाई वरदान एल्डरहरूको हात राखेर अगमवाणीद्वारा दिइएको थियो।
464:16xnxkयदि तिमोथीले आफ्नो जीवन र शिक्षामा विश्‍वासी भई जारी राखे भने, कसले उद्धार पाउनेछ?तिमोथीले आफू र आफ्ना श्रोताहरूलाई बचाउनेछन्।
475:1d0jxपावलले तिमोथीलाई मण्डलीमा एकजना वृद्ध मानिसलाई कसरी व्यवहार गर्न भने?पावलले तिमोथीलाई बुबा जस्तै गरी आग्रह गर्न भने।
485:4mqdsविधवाका छोराछोरी र नातिनातिनाहरूले उनको लागि के गर्नुपर्छ?छोराछोरी र नातिनातिनाहरूले आफ्ना आमाबाबुलाई ऋण चुकाउनुपर्छ र उनको हेरचाह गर्नुपर्छ।
495:8t8erआफ्नै घरका मानिसहरूको ख्याल नगर्नेले के गरेको छ?उसले विश्‍वासलाई इन्कार गरेको छ र एक अविश्‍वासी भन्दा खराब छ।
505:10uzggविधवा केको लागि चिनिनुपर्छ?विधवा असल कामको लागि प्रमाणित हुनुपर्छ।
515:11qnfuमण्डलीले हेरचाह गर्ने मानिसहरूको सूचीमा जवान विधवाहरूलाई किन भर्ना गर्नु हुँदैन?यी जवान विधवाहरू पछि विवाह गर्न चाहनेछन्।
525:14ub6kपावल जवान महिलाहरूले के गरेको चाहन्छन्?पावल जवान महिलाहरूले विवाह गरेको, छोराछोरी जन्माएको र घरपरिवार चलाएको चाहन्छन्।
535:17ev62असल नेतृत्व गर्ने एल्डरहरूका लागि के गरिनुपर्छ?असल नेतृत्व गर्ने एल्डरहरूलाई दोहोरो सम्मानको योग्य ठान्‍नुपर्छ।
545:19umc7कसैले एल्डरलाई दोष लगाउनुअघि कस्ता सर्तहरू पूरा गर्नुपर्छ?कसैले एक जना एल्डरमा आरोप लगाउँदा दुई वा तीन साक्षी हुनुपर्छ।
555:21ptdzपावलले तिमोथीलाई कुन तरिकामा यी नियमहरू पालन गर्न सावधान रहेका थिए?पावल तिमोथीलाई यी नियमहरूलाई पक्षपात नगरी पालन गर्न होसियार हुन आज्ञा दिन्छन्।
565:24iphoमानिसहरूको पाप कहिले थाहा हुन्छ?केही मानिसहरूका पापहरू स्पष्‍ट छन्, तर अरूका पापहरू न्याय नहुँदासम्म थाहा हुँदैन।
576:1c373पावलले कसरी दासहरूले आफ्ना मालिकहरूलाई आदर गर्नुपर्छ भनी भने?दासहरूले आफ्ना मालिकहरूलाई सबै सम्मानको योग्य ठान्‍नुपर्छ भनी पावलले भने।
586:4o81wकस्तो प्रकारको व्यक्तिले स्वस्थ शब्दहरू र ईश्‍वरीय शिक्षालाई अस्वीकार गर्छ?स्वस्थ वचनहरू र ईश्‍वरीय शिक्षालाई इन्कार गर्ने मानिस फुल्छ र केही बुझ्दैन।
596:6jxrbपावलले ठूलो लाभ के हो भन्छन्?पावल भन्छन् कि भक्तिसँग सन्तुष्‍टि ठूलो लाभ हो।
606:7hvugहामीले यस संसारमा के ल्यायौँ, र छोड्दा हामी के साथमा लैजान सक्छौँ?हामीले संसारमा केहि ल्याएका छैनौँ, र केहि बाहिर निकाल्न सक्दैनौँ।
616:8rdgoयस संसारमा केमा सन्तुष्‍ट हुनुपर्छ?हामीसँग खाना र लत्ताकपडा छ भनेर सन्तुष्‍ट हुनुपर्छ।
626:9fdi9धनी बन्‍न चाहनेहरू केमा पर्छन्?धनी बन्‍न चाहनेहरू परीक्षा र पासोमा फस्छन्।
636:10tce6सबै प्रकारको दुष्‍टताको जरा के हो?पैसाको प्रेम सबै प्रकारका खराबीको जरा हो।
646:10hb21पैसालाई  गर्ने कोहीलाई के भएको छ?पैसालाई प्रेम गर्ने कोही-कोही विश्‍वासबाट टाढिएका छन्।
656:12g2dgतिमोथीले कस्तो लडाइ लड्नुपर्छ भनी पावल भन्छन्?पावल भन्छन् कि तिमोथीले विश्‍वासको अलस लडाई लड्नुपर्छ।
666:16dw42परमेश्‍वर कहाँ बास गर्नुहुन्छ?परमेश्‍वर अगम्य प्रकाशमा वास गर्नुहुन्छ
676:17avt4धनीहरूले किन अनिश्‍चित धनमा होइन परमेश्‍वरमा आशा राख्नुपर्छ?धनीहरूले परमेश्‍वरमा आशा राख्नुपर्छ किनभने उहाँले हामीलाई आनन्‍द गर्ने सबै कुराहरू प्रदान गर्नुहुन्छ।
686:19kgm1असल काममा धनी हुनेहरूले आफ्नो लागि के गर्छन् ?असल काममा धनी हुनेहरूले आफ्नो लागि असल जग राख्छन्, र साँचो जीवनलाई बुझ्छन्।
696:20jsboअन्तमा, पावलले तिमोथीलाई दिएका कुराहरूलाई के गर्न भन्छन्?पावलले तिमोथीलाई आफूलाई सुम्पिएको कुराको रक्षा गर्न भन्छन्।