34 KiB
34 KiB
1 | Reference | ID | Tags | Quote | Occurrence | Question | Response |
---|---|---|---|---|---|---|---|
2 | 1:1 | s9rj | पावलले यस पत्रमा आफूले लेखेका मानिसहरूलाई कसरी वर्णन गर्छन्? | पावलले आफूले लेखेका मानिसहरूलाई सन्तहरूको रूपमा र ख्रीष्ट येशूमा विश्वास गर्ने व्यक्तिहरूको रूपमा वर्णन गर्छन्। | |||
3 | 1:3 | c6di | परमेश्वर पिताले विश्वासीहरूलाई के कुराले आशिष् दिनुभएको छ? | परमेश्वर पिताले विश्वासीहरूलाई ख्रीष्टमा स्वर्गीय स्थानहरूमा हरेक आत्मिक आशिष् दिनुभएको छ। | |||
4 | 1:4 | eph8 | ख्रीष्टमा विश्वास गर्नेहरूलाई परमेश्वर पिताले कहिले चुन्नुभयो? | परमेश्वर पिताले संसारको उत्पत्ति हुनु अघि ख्रीष्टमा विश्वास गर्नेहरूलाई चुन्नुभयो। | |||
5 | 1:4 | cgvj | परमेश्वर पिताले विश्वासीहरूलाई कुन उद्देश्यको लागि चुन्नुभयो? | परमेश्वर पिताले विश्वासीहरूलाई चुन्नुभयो ताकि तिनीहरू उहाँको अगाडि पवित्र र निर्दोष हुन सकून्। | |||
6 | 1:5 | x0f2 | किन परमेश्वरले विश्वासीहरूलाई धर्मपुत्रको लागि अग्रिम नियति दिनुभयो? | परमेश्वरले विश्वासीहरूलाई पहिले नै नियति दिनुभयो किनभने उहाँ यो गर्न खुशी हुनुहुन्थ्यो। | |||
7 | 1:6 | a777 | किन परमेश्वरले विश्वासीहरूलाई धर्मपुत्रको लागि अग्रिम नियति दिनुभयो? | उहाँको महिमित अनुग्रहको लागि उहाँको प्रशंसा होस् भनेर परमेश्वरले विश्वासीहरूलाई अग्रिम नियति दिनुभयो। | |||
8 | 1:7 | dptl | विश्वासीहरूलाई परमेश्वरको प्रिय ख्रीष्टको रगतद्वारा के पाउँछन्? | विश्वासीहरूले छुटकारा पाउँछन्, ख्रीष्टको रगतद्वारा तिनीहरूका अपराधहरूको क्षमा। | |||
9 | 1:10 | q6gc | आफ्नो योजना पूरा गर्ने समय आउँदा परमेश्वरले के गर्नुहुन्छ? | परमेश्वरले स्वर्ग र पृथ्वीमा भएका सबै थोकलाई ख्रीष्टको अधीनमा ल्याउनुहुनेछ। | |||
10 | 1:13 | m2sm | सत्यको वचन सुनेपछि विश्वासीहरूले कस्तो छाप पाए? | विश्वासीहरूलाई प्रतिज्ञा गरिएको पवित्र आत्माले छाप लगाइयो। | |||
11 | 1:14 | e9da | आत्मा के को बैना हुनुहुन्छ? | आत्मा विश्वासीहरूको उत्तराधिकारको बैना हुनुहुन्छ। | |||
12 | 1:18 | wdw4 | पावलले एफिसीहरूलाई के बुझ्नको लागि आँखा उज्यालो पारिनेछन् भनेर प्रार्थना गर्छन्? | पावलले प्रार्थना गर्छन् कि एफिसीहरू तिनीहरूको बोलावटको आशा र सन्तहरूमा ख्रीष्टको उत्तराधिकारको महिमित धन बुझ्नको लागि उनीहरूको आँखा उज्यालो पारिनेछन्। | |||
13 | 1:20 | u36i | अहिले विश्वासीहरूमा काम गर्ने शक्तिले ख्रीष्टमा के गर्यो? | त्यही शक्तिले ख्रीष्टलाई मृत्युबाट बौरी उठाएर स्वर्गीय स्थानहरूमा परमेश्वरको दाहिने हातमा बसाल्यो। | |||
14 | 1:22 | nc6y | परमेश्वरले ख्रीष्टको पाउमुनि के राखिदिनुभएको छ? | परमेश्वरले सबै कुरा ख्रीष्टको पाउमुनि राखिदिनुभएको छ। | |||
15 | 1:22 | ybk9 | मण्डलीमा ख्रीष्टको अख्तियारको स्थान के हो? | ख्रीष्ट मण्डलीमा भएका सबै कुराहरूको शिर हुनुहुन्छ। | |||
16 | 1:23 | zi2i | मण्डली के हो? | मण्डली ख्रीष्टको शरीर हो। | |||
17 | 2:1 | rv6g | सबै अविश्वासीहरूको आत्मिक अवस्था कस्तो छ? | सबै अविश्वासीहरू आफ्ना अपराध र पापहरूमा मरेका छन्। | |||
18 | 2:2 | u66r | अनाज्ञाकारिताका सन्तानमा कसले काम गरिरहेको छ? | आकाशको शक्तिको अधिकारीहरूको शासक अनाज्ञाकारिताका छोराहरूमा काम गर्दैछ। | |||
19 | 2:3 | p8m8 | प्रकृति अनुसार, सबै अविश्वासीहरू के हुन्? | सबै अविश्वासीहरू स्वभावैले क्रोधका सन्तान हुन्। | |||
20 | 2:4 | cxpy | किन परमेश्वर विश्वासीहरूप्रति कृपामा धनी हुनुहुन्छ? | उहाँको महान् प्रेमको कारणले गर्दा परमेश्वर कृपामा धनी हुनुहुन्छ। | |||
21 | 2:5 | n3sw | विश्वासीहरूले केद्वारा उद्धार पाएका छन्? | विश्वासीहरू परमेश्वरको कृपाले उद्धार पाएका छन्। | |||
22 | 2:6 | e4zl | विश्वासीहरू कहाँ बसालिएका छन् ? | विश्वासीहरू ख्रीष्ट येशूसँग स्वर्गीय स्थानहरूमा बसालिएका छन् । | |||
23 | 2:7 | i4ud | कुन उद्देश्यको लागि परमेश्वरले विश्वासीहरूलाई बचाउनुभयो र उठाउनुभयो? | परमेश्वरले विश्वासीहरूलाई बचाउनुभयो र उठाउनुभयो ताकि आउने युगहरूमा उहाँले विश्वासीहरूलाई आफ्नो अनुग्रहको ठूलो धन देखाउनलाई। | |||
24 | 2:8 | ae42 | हामीले कसरी उद्धार पाएका छौँ? | हामीले परमेश्वरको वरदानको रूपमा विश्वासद्वारा अनुग्रहबाट उद्धार पाएका छौँ। | |||
25 | 2:9 | rffw | विश्वासीले किन घमण्ड गर्नुहुँदैन? | कुनै पनि विश्वासीले घमण्ड गर्नुहुँदैन किनभने उसले आफ्नै कामद्वारा उद्धार पाएको छैन। | |||
26 | 2:10 | fa4e | ख्रीष्ट येशूमा विश्वास गर्नेहरूलाई परमेश्वरले कुन उद्देश्यको लागि सृष्टि गर्नुभयो? | ख्रीष्ट येशूमा विश्वास गर्नेहरूका लागि परमेश्वरको उद्देश्य भनेको तिनीहरू असल कामहरूमा हिँड्नु हो। | |||
27 | 2:12 | cvho | अविश्वासी अन्यजातिहरूको आत्मिक अवस्था कस्तो छ? | अविश्वासी अन्यजातिहरू ख्रीष्टबाट अलग भएका, इस्राएलबाट अलग भएका, करारहरूमा अपरिचित, आशा बिना र परमेश्वर बिना छन्। | |||
28 | 2:13 | bqaq | के कुराले केही अन्यजाति अविश्वासीलाई परमेश्वरको नजिक ल्याएको छ? | केही अन्यजाति अविश्वासीहरूलाई ख्रीष्टको रगतले परमेश्वरको नजिक ल्याएको छ। | |||
29 | 2:14 | rg90 | ख्रीष्टले अन्यजातिहरू र यहूदीहरू बीचको सम्बन्धलाई कसरी परिवर्तन गर्नुभयो? | ख्रीष्टलौ विश्वास गर्ने अन्यजातिहरू र यहूदीहरूलाई एउटै समूहमा बनाउनुभयो, तिनीहरूलाई विभाजित गर्ने शत्रुतालाई नष्ट गर्नुभयो। | |||
30 | 2:15 | dpj6 | यहूदी र अन्यजातिहरूबीच शान्ति स्थापना गर्न ख्रीष्टले के खारेज गर्नुभयो? | यहूदीहरू र अन्यजातिहरूबीच शान्ति स्थापना गर्न ख्रीष्टले आज्ञा र नियमहरूको व्यवस्था खारेज गर्नुभयो। | |||
31 | 2:18 | ep5a | कुन माध्यमबाट सबै विश्वासीहरूको पहुँच पितामा हुन्छ? | सबै विश्वासीहरूले पवित्र आत्माद्वारा पितामा पहुँच पाउन सक्छन्। | |||
32 | 2:20 | lv8o | परमेश्वरको परिवार केको जगमाथि निर्माण गरिएको छ? | परमेश्वरको परिवार प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि निर्माण गरिएको छ, ख्रीष्ट येशू कुने-ढुङ्गो भईकन। | |||
33 | 2:21 | u5xp | विश्वासीहरू कस्तो मन्दिर बनिरहेका छन्? | तिनीहरू परमप्रभुको पवित्र मन्दिर बनिरहेका छन्। | |||
34 | 2:22 | d49d | आत्मामा परमेश्वर कहाँ वास गर्नुहुन्छ? | परमेश्वर विश्वासीहरूमा आत्मामा वास गर्नुहुन्छ। | |||
35 | 3:2 | vu26 | कसको फाइदाको लागि परमेश्वरले पावललाई आफ्नो जिम्मेवारीको पद दिनुभयो? | परमेश्वरले पावललाई अन्यजातिहरूको फाइदाको लागि आफ्नो जिम्मेवारीको पद दिनुभयो। | |||
36 | 3:3 | jffu | पावललाई के थाहा गराइयो? | रहस्यको बारेमा पावललाई प्रकट गराइएको थियो | |||
37 | 3:5 | z1rj | अरू पुस्ताहरूमा मानव जातिलाई थाहा नभएको कुरा परमेश्वरले कसलाई प्रकट गर्नुभयो? | परमेश्वरले आफ्ना प्रेरितहरू र अगमवक्ताहरूलाई ख्रीष्टको बारेमा लुकेको सत्य प्रकट गर्नुभयो। | |||
38 | 3:6 | yqfk | के लुकेको सत्य प्रकट गारियो? | प्रकट भएको लुकेको सत्य यो हो कि अन्यजातिहरू सह-उत्तराधिकारीहरू र शरीरका सँगी सदस्यहरू हुन्, र ख्रीष्ट येशूमा प्रतिज्ञामा सह-साझेदारहरू हुन्। | |||
39 | 3:7 | pze1 | पावललाई के उपहार दिइएको थियो? | परमेश्वरको अनुग्रहको उपहार पावललाई दिइएको थियो। | |||
40 | 3:9 | vmv4 | अन्यजातिहरूलाई केको बारेमा बुझ्न मद्दत गर्न पावललाई पठाइएको थियो? | पावललाई अन्यजातिहरूलाई परमेश्वरमा युग-युगदेखि लुकेको रहस्यको प्रशासन बुझ्न मद्दत गर्न पठाइएको थियो। | |||
41 | 3:10 | b78b | परमेश्वरको जटिल बुद्धि के मार्फत प्रकट गरिनेछ? | मण्डली मार्फत परमेश्वरको जटिल बुद्धिको बारेमा प्रकट गरिनेछ। | |||
42 | 3:12 | nmv2 | ख्रीष्टमा विश्वासको कारणले विश्वासीहरूसँग के छ भनी पावल भन्छन्? | पावल भन्छन् कि ख्रीष्टमा विश्वासको कारण विश्वासीहरूसँग साहस र पहुँच छ। | |||
43 | 3:15 | hwo6 | पिताद्वारा केको नाउँ दिइएको र सृष्टि गरिएको छ? | स्वर्ग र पृथ्वीमा भएको हरेक परिवारको नाउँ पिताको नाउँबाट सृष्टि गरिएको छ। | |||
44 | 3:16 | z07f | विश्वासीहरूलाई बलियो बनाउन पावलले कसरी प्रार्थना गर्छन्? | पावलले विश्वासीहरूलाई परमेश्वरको आत्माको शक्तिद्वारा बलियो हुनको लागि प्रार्थना गर्छन्। | |||
45 | 3:18 | oiyq | विश्वासीहरूले के कुरा बुझ्न सक्ने होस् भनेर पावलले प्रार्थना गर्छन्? | ख्रीष्टको प्रेम कति चौडा र लामो र उच्च र गहिरो छ भनेर विश्वासीहरूले बुझ्न सकून् भनी पावलले प्रार्थना गर्छन्। | |||
46 | 3:21 | wrv8 | पावलले सबै पुस्ताहरूसम्म पितालाई के दिइनेछ भनेर प्रार्थना गर्छन्? | पावलले सबै पुस्ताहरूसम्म पितालाई मण्डली र ख्रीष्ट येशूमा महिमा दिइयोस् भनि प्रार्थना गर्छन्। | |||
47 | 4:1 | kohd | पावलले विश्वासीहरूलाई कसरी जीवन यापन गर्न आग्रह गर्छन्? | पावलले विश्वासीहरूलाई उनीहरूको बोलावट योग्यको बाटोमा हिँड्न आग्रह गर्छन्। | |||
48 | 4:7 | cur4 | ख्रीष्टले आफ्नो स्वर्गारोहण पछि प्रत्येक विश्वासीलाई के दिनुभयो? | ख्रीष्टले प्रत्येक विश्वासीलाई ख्रीष्टको वरदानको नाप अनुसार अनुग्रह दिनुभयो। | |||
49 | 4:11 | egfm | पावलले कुन पाँच प्रकारका मानिसहरूलाई ख्रीष्टले दिनुभयो भन्छन्? | ख्रीष्टले प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू र शिक्षकहरू दिनुभयो। | |||
50 | 4:12 | rx7d | यी पाँच प्रकारका मानिसहरूले मण्डलीको लागि के गर्नुपर्छ? | यी पाँच प्रकारका मानिसहरूले विश्वासीहरूलाई सेवाको कामको लागि, शरीर निर्माणको लागि सुसज्जित गराउनुपर्छ। | |||
51 | 4:14 | jkl7 | विश्वासीहरू बालकहरू जस्तै हुन सक्छन् भनेर पावलले कसरी भन्छन्? | विश्वासीहरू मानिसहरूको छल र भ्रष्ट छलबाट फ्याँकिएर र बहकाइएर बच्चाहरू जस्तै हुन सक्छन्। | |||
52 | 4:16 | twjt | विश्वासीहरूको शरीर कसरी निर्माण हुन्छ भनी पावलले भन्छन्? | विश्वासीहरूको शरीर प्रेममा प्रत्येकको निर्माणको लागि सँगै जोडिएको हुन्छ, प्रत्येक जोर्नीद्वारा एकसाथ राखिएको हुन्छ र प्रत्येक भागले शरीरको वृद्धिमा काम गर्दछ। | |||
53 | 4:17 | hbr0 | पावलले अन्यजातिहरू कसरी हिँड्छन् भनी भन्छन्? | अन्यजातिहरू आफ्नो मनको व्यर्थतामा हिँड्छन्। | |||
54 | 4:18 | semg | पावलले अन्यजातिहरूको समझमा के भयो भन्छन्? | अन्यजातिहरूको समझ अन्धकार भएको छ। | |||
55 | 4:19 | idj7 | अन्यजातिहरूले आफूलाई केमा सुम्पेका छन्? | अन्यजातिहरूले हरेक प्रकारको अशुद्धता गर्न आफूलाई कामुकतामा सुम्पेका छन्। | |||
56 | 4:22 | xb3h | विश्वासीहरूले के त्यागनुपर्छ भनि पावल भन्छन्? | विश्वासीहरूले अगाडिको जिवनसँग सम्बन्धित कुराहरू त्याग्नुपर्छ। | |||
57 | 4:24 | qxog | विश्वासीहरूले के धारण गर्नुपर्छ भनी पावल भन्छन्? | विश्वासीहरूले नयाँ स्वभाव धारण गर्नुपर्छ। | |||
58 | 4:27 | envj | विश्वासीले कसलाई कहिल्यै मौका दिनु हुँदैन? | एक विश्वासीले कहिल्यै शैतानलाई मौका दिनु हुँदैन। | |||
59 | 4:28 | q8cl | विश्वासीहरूले चोर्नुको सट्टा के गर्नुपर्छ? | विश्वासीहरूले परिश्रम गर्नुपर्छ ताकि तिनीहरूले आवश्यकता भएको व्यक्तिसँग बाँड्न सक्षम हुन सकून्। | |||
60 | 4:29 | b6bl | पावलले कस्तो किसिमको कुरा विश्वासीको मुखबाट निस्किनुपर्छ भनी भन्छन्? | विश्वासीको मुखबाट कुनै भ्रष्ट कुरा निस्कनु हुँदैन, तर, अरूलाई सुधार गर्ने शब्दहरू निस्कनुपर्छ। | |||
61 | 4:30 | zfzo | विश्वासीले कसलाई दुःखित तुल्याउनु हुँदैन? | विश्वासीले पवित्र आत्मालाई दुःखित तुल्याउनु हुँदैन। | |||
62 | 4:32 | lt6b | ख्रीष्टमा परमेश्वरले उसलाई क्षमा दिनुभएकोले विश्वासीले के गर्नुपर्छ? | एक विश्वासीले अरूलाई क्षमा गर्नुपर्छ किनभने ख्रीष्टमा परमेश्वरले उसलाई क्षमा गर्नुभयो। | |||
63 | 5:1 | h41a | विश्वासीहरूले कसको देखासिकी गर्नुपर्छ? | विश्वासीहरूले परमेश्वरलाई पितालाई उहाँको सन्तानको रूपमा देखासिकी गर्नुपर्छ। | |||
64 | 5:2 | phye | ख्रीष्टले के गर्नुभयो जुन परमेश्वरलाई मनपर्ने सुगन्ध थियो? | ख्रीष्टले आफूलाई विश्वासीहरूका लागि परमेश्वरलाई भेटी र बलिदानको रूपमा अर्पण गर्नुभयो। | |||
65 | 5:3 | s9zi | विश्वासीहरू माझ के सुझाव दिनु हुँदैन? | विश्वासीहरूका बीचमा यौन अनैतिकता, अशुद्धता र लोभको सुझाव दिनु हुँदैन। | |||
66 | 5:4 | sfg2 | बरु विश्वासीहरू माझ कस्तो मनोवृत्ति देखिनुपर्छ? | विश्वासीहरूले बरु कृतज्ञताको मनोवृत्ति राख्नुपर्छ। | |||
67 | 5:5 | i4qh | ख्रीष्ट र परमेश्वरको राज्यमा कसको कुनै उत्तराधिकार छैन? | यौन अनैतिक, अपवित्र र लोभीको ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार छैन। | |||
68 | 5:6 | j1pu | अनाज्ञाकारिताका सन्तानहरूमा के आउँदैछ? | अनाज्ञाकारिताका सन्तानहरूमाथि परमेश्वरको क्रोध आउँदैछ। | |||
69 | 5:9 | myke | ज्योतिको कुन फल प्रभुलाई मनपर्छ? | भलाइ, धार्मिकता र सत्यताको फल प्रभुलाई मनपर्छ। | |||
70 | 5:11 | cozk | अन्धकारका कार्यहरूमा विश्वासीहरूले के गर्नुपर्छ? | विश्वासीहरूले अन्धकारका कार्यहरूमा भाग लिनु हुँदैन, तर यसको सट्टामा प्रकट गरिदिनुपर्छ। | |||
71 | 5:13 | c140 | ज्योतिले के प्रकट गर्छ? | ज्योतिले सबै कुरा प्रकट गर्छ। | |||
72 | 5:16 | rsil | दिनहरू खराब भएकाले विश्वासीहरूले के गर्नुपर्छ? | विश्वासीहरूले समयलाई सदुपयोग गर्नुपर्छ किनकि दिनहरू खराब छन्। | |||
73 | 5:18 | hbup | केले लापरवाहीमा पुर्याउँदछ? | दाखमद्य पिउनुले लापरवाहीमा पुर्याउँदछ। | |||
74 | 5:19 | z9n1 | विश्वासीहरूले एक-अर्कासँग केको साथ बोल्नुपर्छ? | विश्वासीहरूले एक-अर्कासँग भजन, गीत र आत्मिक गानको साथ बोल्नुपर्छ। | |||
75 | 5:22 | ez75 | पत्नीहरू कसरी आफ्नो पतिको अधीनमा हुनुपर्छ? | पत्नीहरू प्रभुको अधीनमा भएझैँ आफ्नो पतिको अधीनमा हुनुपर्छ। | |||
76 | 5:23 | vtsa | पति केको शिर हो र ख्रीष्ट केको शिर हुनुहुन्छ? | पति पत्नीको शिर हो र ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ। | |||
77 | 5:26 | fj85 | ख्रीष्टले मण्डलीलाई कसरी पवित्र गर्नुहुन्छ? | ख्रीष्टले मण्डलीलाई वचनको साथ पानीले धोएर मण्डलीलाई पवित्र बनाउनुहुन्छ। | |||
78 | 5:28 | yfre | पतिले आफ्नी पत्नीलाई कसरी प्रेम गर्नुपर्छ? | पतिले आफ्नी पत्नीलाई आफ्नो शरीरलाई जस्तै प्रेम गर्नुपर्छ। | |||
79 | 5:29 | cbzx | एक व्यक्तिले आफ्नो शरीरलाई कसरी पालनपोषण गर्छ? | एक व्यक्तिले आफ्नो शरीरलाई पोषण र प्रेम गर्छ। | |||
80 | 5:31 | jlm2 | पुरुषले आफ्नी श्रीमतीसँग मिल्दा के हुन्छ ? | जब पुरुष आफ्नी पत्नीसँग मिल्छन्, तिनीहरू एउटै शरीर हुन्छन्। | |||
81 | 5:32 | xvhc | एक जना पुरुष र तिनकी पत्नीको मिलनबाट के लुकेको सत्य प्रदर्शित हुन्छ? | ख्रीष्ट र उहाँको मण्डलीको बारेमा लुकेको सत्य एक पुरुष र तिनकी पत्नीको संलग्नताद्वारा प्रदर्शन गरिएको छ। | |||
82 | 6:1 | y6zt | ख्रीष्टियान छोराछोरीले आफ्ना आमाबाबुलाई कस्तो व्यवहार गर्नुपर्छ? | ख्रीष्टियान छोराछोरीहरूले आफ्ना आमाबाबुको आज्ञा पालन गर्नुपर्छ। | |||
83 | 6:4 | ion7 | ख्रीष्टियान बुबाहरूले आफ्ना छोराछोरीहरूको लागि के गर्नुपर्छ? | ख्रीष्टियान बुबाहरूले आफ्ना छोराछोरीहरूलाई प्रभुको अनुशासन र निर्देशनमा हुर्काउनु पर्छ। | |||
84 | 6:5 | m5qy | ख्रीष्टियान दासहरूले आफ्ना मालिकहरूको आज्ञा पालन गर्ने मनोवृत्ति कस्तो हुनुपर्छ? | ख्रीष्टियान दासहरूले प्रभुको लागि आफ्नो हृदयको इमानदारीतामा आफ्ना मालिकहरूको आज्ञा पालन गर्नुपर्छ। | |||
85 | 6:8 | igtl | विश्वासीले जे सुकै राम्रो काम गर्छ त्यसमा के याद गर्नुपर्छ? | एक विश्वासीले याद गर्नुपर्छ कि उसले जे पनि राम्रो काम गर्छ, उसले प्रभुबाट इनाम पाउनेछ। | |||
86 | 6:9 | c98l | ख्रीष्टियान मालिकले आफ्नो मालिकको बारेमा के याद गर्नुपर्छ? | एक ख्रीष्टियान मालिकले याद गर्नुपर्छ कि उसको र उसको सेवकको मालिक स्वर्गमा हुनुहुन्छ, र उहाँसँग कुनै पक्षपात छैन। | |||
87 | 6:11 | wg7y | किन एक विश्वासीले परमेश्वरको सम्पूर्ण हातहतियार धारण गर्नुपर्छ? | एक विश्वासीले शैतानको दुष्ट योजनाहरू विरुद्ध खडा हुनको लागि परमेश्वरको सम्पूर्ण हातहतियार धारण गर्नुपर्छ। | |||
88 | 6:12 | zmqf | एक विश्वासी कस्को विरुद्ध लड्छ? | एक विश्वासी प्रधानताहरू र अन्धकारको क्षेत्रका शासकहरू र दुष्टको आत्मिक शक्तिहरू विरुद्ध लड्छ। | |||
89 | 6:13 | za87 | किन एक विश्वासीले परमेश्वरको सम्पूर्ण हातहतियार धारण गर्नुपर्छ? | एक विश्वासीले शैतानको दुष्ट योजनाहरू विरुद्ध खडा हुनको लागि परमेश्वरको सम्पूर्ण हातहतियार धारण गर्नुपर्छ। | |||
90 | 6:16 | gqxm | परमेश्वरको कुन हतियारले दुष्टको अग्निबाण निभाउछ? | विश्वासको ढालले दुष्टको अग्निबाण निभाउछ। | |||
91 | 6:17 | bpie | आत्माको तरवार के हो? | आत्माको तरवार परमेश्वरको वचन हो। | |||
92 | 6:18 | dq4h | विश्वासीहरूले प्रार्थनामा आफूलाई कस्तो आचरणमा राख्नुपर्छ? | विश्वासीहरूले सधैँ दृढतापूर्वक र परमेश्वरलाई जवाफको लागि हेर्दै प्रार्थना गर्नुपर्छ। | |||
93 | 6:19 | arf6 | एफिसीहरूका प्रार्थनाहरूद्वारा पावलले के प्राप्त गर्न चाहन्छन्? | पावलले सुसमाचार बोल्दा साहसका साथ उहाँलाई वचन दिइएको चाहन्छन्। | |||
94 | 6:20 | y4yi | पावलले यो पत्र लेख्दा कहाँ छन्? | पावलले यो पत्र लेख्दा जेलमा बाँधिएका छन्। | |||
95 | 6:23 | zo18 | पावलले परमेश्वर पिता र प्रभु येशू ख्रीष्टले विश्वासीहरूलाई के दिनुहुन्छ भनी सोध्छन्? | परमेश्वरले तिनीहरूलाई विश्वासको साथ शान्ति र प्रेम दिनुहुनेछ भनी पावलले सोध्छन्। |