translationCore-Create-BCS_.../tq_1JN.tsv

25 KiB

1ReferenceIDTagsQuoteOccurrenceQuestionResponse
21:1zmb4यूहन्‍नालाई जीवनको वचनको बारेमा के थाहा थियो?यूहन्‍नाले जीवनको वचन सुनेका, देखेका, मनन गरेका र सम्हालेका थिए।
31:2n05uयूहन्‍नामा प्रकट हुनु अघि अनन्त जीवन कहाँ थियो?अनन्त जीवन यूहन्‍नामा प्रकट हुनु अघि पितासँग थियो।
41:3dkvxयूहन्‍नाले आफूले देखेका र सुनेका कुराहरू किन घोषणा गरिरहेका छन्?यूहन्‍नाले आफूले देखेका र सुनेका कुराहरू घोषणा गर्दैछन् ताकि अरूले पनि उनीसँग सङ्गति गर्न सकून्।
51:3wbweयूहन्‍नाको पहिले नै कोसँग सङ्गति छ?यूहन्‍नासँग पहिले नै पिता र उहाँको पुत्र, येशू ख्रीष्‍टसँग सङ्गति छ।
61:5e5d4यूहन्‍नाले आफ्ना पाठकहरूलाई घोषणा गरिरहेकोभएको परमेश्‍वरको सन्देश के हो?यूहन्‍नाले परमेश्‍वर ज्योति हुनुहुन्छ र उहाँमा कुनै पनि अन्धकार छैन भनी सन्देश घोषणा गर्दैछन्।
71:6wnfhपरमेश्‍वरसँग सङ्गति छ भन्‍ने तर अन्धकारमा हिँड्ने व्यक्‍तिको बारेमा यूहन्‍नाले के भन्‍छन्?यूहन्‍ना भन्छन् कि यस्तो व्यक्ति झूटो हो र सत्य व्यवहार गर्दैन।
81:7q6umज्‍योतिमा हिँड्नेहरूका सबै पापहरू केले शुद्ध पार्छ?येशूको रगतले तिनीहरूलाई सबै पापबाट शुद्ध पार्छ।
91:8s0mrयदि हामीमा पाप छैन भनी हामी भन्छौँ भने हामी आफैलाई के गर्छौँ?यदि हामीमा पाप छैन भनी भन्‍छौँ भने, हामी आफैलाई धोका दिन्छौँ र सत्यता हामीमा हुँदैन।
101:9ldreआफ्ना पापहरू स्वीकार गर्नेहरूलाई परमेश्‍वरले के गर्नुहुन्छ?आफ्ना पापहरू स्वीकार गर्नेहरूका लागि, परमेश्‍वरले तिनीहरूका पापहरू क्षमा गर्नुहुनेछ र तिनीहरूलाई सबै अधर्मबाट शुद्ध पार्नुहुनेछ।
112:2cwjqयेशू ख्रीष्‍ट कसको लागि तिनीहरूको पापको प्रायश्‍चित हुनुहुन्छ?येशू ख्रीष्‍ट सारा संसारको पापको लागि प्रायश्‍चित हुनुहुन्छ।
122:3o2gwहामीले येशू ख्रीष्‍टलाई चिनेका छौँ भनेर कसरी थाहा पाउछौँ?यदि हामीले उहाँका आज्ञाहरू पालन गर्छौँ भने हामीले उहाँलाई चिनेका छौँ भनी हामी जान्दछौँ।
132:4oq37कुस्तो प्रकारको व्यक्तिले भन्छ कि उसले परमेश्‍वरलाई चिन्छ, तर परमेश्‍वरको आज्ञाहरू पालन गर्दैन?झूटो बोल्नेले परमेश्‍वरलाई चिन्छु भन्छ, तर परमेश्‍वरको आज्ञा पालन गर्दैन।
142:6djanयदि कसैले ऊ ख्रीष्‍टमा रहन्छ भनी भन्छ भने उसले कसरी हिँड्नुपर्छ?जसरी येशू ख्रीष्‍ट हिँड्नुभयो त्यसरी नै ऊ हिँड्नुपर्छ।
152:9d7erआफू ज्योतिमा छु भनी भाइलाई घृणा गर्ने व्यक्तिको आत्मिक अवस्था कस्तो हुन्छ?म उज्यालोमा छु भनी कोही भन्छ, तर आफ्नो भाइलाई घृणा गर्छ, त्यो अन्धकारमा छ।
162:11t52dआफ्नो भाइलाई घृणा गर्ने व्यक्तिको आत्मिक अवस्था कस्तो हुन्छ?जसले आफ्नो भाइलाई घृणा गर्छ त्यो मानिस अन्धकारमा छ र अन्धकारमा हिँड्छ।
172:12w6akकिन परमेश्‍वरले विश्‍वासीहरूको पाप क्षमा गर्नुहुन्छ?परमेश्‍वरले आफ्नो नाउँको कारणले विश्‍वासीहरूको पाप क्षमा गर्नुहुन्छ।
182:15afbdसंसारका चीजहरूप्रति विश्‍वासीको द‍ृष्टिकोण कस्तो हुनुपर्छ?एक विश्‍वासीले संसार र संसारका चीजहरूलाई प्रेम गर्नु हुँदैन।
192:16pfzuपिताबाट नभई संसारबाट आउने तीनवटा कुराहरू के-के हुन्?शरीरको अभिलाषा, आँखाको अभिलाषा, र जीवनको शेखी संसारबाट हो, पिताबाट होइन।
202:18cd02हामीलाई ख्रीष्‍ट विरोधी बारे के थाहा छ?हामीलाई थाहा छ कि त्यो आउँदै छ।
212:18dz04यो आखिरी घड़ी हो भनेर हामीले कसरी थाहा पाउने?हामीलाई थाहा छ यो अन्तिम घडी हो किनभने धेरै ख्रीष्‍ट विरोधीहरू आएका छन्।
222:22u6q4हामीले ख्रीष्‍ट विरोधीलाई कसरी चिन्‍न सक्छौँ?ख्रीष्‍ट विरोधीले पिता र पुत्रलाई अस्वीकार गर्नेछ।
232:23g5crके कसैले पुत्रलाई अस्वीकार गरेर पनि पितामा छ?होइन, पुत्रलाई अस्वीकार गर्ने पितामा हुन सक्दैन।
242:24x90kपुत्र र पितामा रहन विश्‍वासीहरूले के गर्नुपर्छ?तिनीहरूले सुरुदेखि सुनेका कुराहरूमा रहिरहनुपर्छ।
252:25n42dपरमेश्‍वरले विश्‍वासीहरूलाई के प्रतिज्ञा गर्नुभएको छ?परमेश्‍वरले विश्‍वासीहरूलाई अनन्त जीवनको प्रतिज्ञा गर्नुभएको छ।
262:28yjr1यदि हामी उहाँमा रह्‍यौँ भने ख्रीष्‍ट प्रकट हुनुहुँदा हामीले कस्तो मनोवृत्ति गर्नेछौँ?यदि हामी उहाँमा रह्‍यौँ भने, हामीमा साहस हुनेछ र ख्रीष्‍ट देखा पर्दा शर्ममा पर्नेछैनौँ।
273:1uc2nपिताले विश्‍वासीहरूलाई कसरी आफ्नो प्रेम व्यक्त गर्नुभएको छ?उहाँले तिनीहरूलाई परमेश्‍वरका सन्तान भनिन सम्‍भव बनाउनुभएको छ।
283:2voaoख्रीष्‍ट प्रकट हुनुहुँदा विश्‍वासीहरूलाई के हुनेछ?जब ख्रीष्‍ट प्रकट हुनुहुन्छ, विश्‍वासीहरू ख्रीष्‍ट जस्तै हुनेछन् किनभने तिनीहरूले उहाँलाई उहाँ जस्तै देख्‍नेछन्।
293:3vrucख्रीष्‍टमा आशा राख्‍ने प्रत्येक विश्‍वासीले आफ्नो बारेमा कस्तो कदम चाल्नुपर्छ?ख्रीष्‍टमा आशा गर्ने हरेक विश्‍वासीले आफूलाई शुद्ध गर्नुपर्छ।
303:5knzfख्रीष्‍ट आफैमा के छैन?ख्रीष्‍ट आफैमा कुनै पाप छैन।
313:6mw43यदि एक व्यक्तिले पाप गरिरहन्छ भने, यसले हामीलाई परमेश्‍वरसँगको सम्बन्धको बारेमा के बताउँछ?यसले हामीलाई बताउँछ कि तिनीहरूले न त ख्रीष्‍टलाई  देखेका छन्, न त उहाँलाई चिनेका छन्।
323:8rioaकुन कारणले परमेश्‍वरको पुत्र प्रकट हुनुभएको थियो?दियाबलसको कामहरू नष्‍ट गर्नको लागि परमेश्‍वरको पुत्र प्रकट हुनुभएको थियो।
333:9xjnyपरमेश्‍वरबाट जन्मेको मानिसले किन पाप गरिरहन सक्दैन?उसले पाप गर्न जारी राख्‍न सक्दैन किनभने परमेश्‍वरको बीउ उसमा रहन्छ।
343:10sgt9दियाबलसका पुत्रहरू कसरी प्रकट हुन्छन्?दियाबलसका छोराछोरीहरू स्पष्‍ट छन् किनभने तिनीहरू धार्मिकतामा चल्दैनन् र तिनीहरूले आफ्नो भाइलाई प्रेम गर्दैनन्।
353:11wswkहामीले सुरुदेखि नै सुनेको सन्देश के हो?सन्देश हामीले एकअर्कालाई प्रेम गर्नुपर्छ भन्‍ने हो।
363:12bo8yआफू दुष्‍टबाट आएको भनेर कयिनले कसरी देखाए?कयिनले आफ्नो भाइको हत्या गरेर आफू दुष्‍टबाट आएको देखाए।
373:13tyilविश्‍वासीहरूलाई के कुरामा अचम्म नमान्‍नु भनी यूहन्‍नाले भन्छन्?यूहन्‍ना भन्छन् कि विश्‍वासीहरू संसारले तिनीहरूलाई घृणा गर्ने कुरामा अचम्म मान्‍नु हुँदैन।
383:14hiypहामी मृत्युबाट जीवनमा सरेका छौँ भनी कस्तो मनोवृत्तिले देखाउँछ?हामीलाई थाहा छ कि हामी मृत्युबाट जीवनमा सरेका छौँ किनभने हामी भाइहरूलाई प्रेम गर्छौं।
393:16n128हामीले प्रेमलाई कसरी चिनेका छौँ?हामीले प्रेमलाई चिनेका छौँ किनभने ख्रीष्‍टले हाम्रो लागि आफ्नो जीवन अर्पण गर्नुभयो।
403:17uefxकुनै व्यक्तिमा परमेश्‍वरको प्रेम छैन भनी के कुराले संकेत गर्छ?जब कुनै धनी व्यक्तिले आफ्नो दाजुभाइलाई खाँचोमा परेको देख्छ तर उसलाई सहयोग गर्दैन, त्यो व्यक्तिमा परमेश्‍वरको प्रेम रहँदैन।
413:18eczeहाम्रो लागि प्रेम गर्न अपर्याप्त दुई तरिकाहरू के हुन्?हाम्रो लागि शब्द वा जिब्रोमा मात्र प्रेम गर्न पर्याप्त छैन।
423:18sh2iहामीले प्रेम गर्नुपर्ने दुइटा तरिका के हो?हामीले व्यवहारमा र सत्यमा प्रेम गर्नुपर्छ।
433:21yz2hयदि हाम्रो हृदयले हामीलाई दोषी ठहराउँदैन भने हामीसँग के छ?यदि हाम्रो हृदयले हामीलाई दोषी ठहराउँदैन भने, हामी परमेश्‍वरमा भरोसा राख्छौँ।
443:23wvkwपरमेश्‍वरले हामीलाई दिनुभएको आज्ञा के हो?परमेश्‍वरको आज्ञा यो हो कि हामीले उहाँको पुत्र येशू ख्रीष्‍टको नाममा विश्‍वास गर्नुपर्छ र एकअर्कालाई प्रेम गर्नुपर्छ।
453:24c6paविश्‍वासीहरूले कसरी थाहा पाउँछन् कि परमेश्‍वर तिनीहरूमा रहनुहुन्छ?परमेश्‍वरले विश्‍वासीहरूलाई पवित्र आत्मा दिनुभएको छ ताकि उनीहरूलाई थाहा होस् कि परमेश्‍वर तिनीहरूमा रहनुहुन्छ।
464:1rxpsविश्‍वासीहरूले किन जुनसुकै आत्‍मालाई विश्‍वास गर्नु हुँदैन?तिनीहरूले  जुनसुकै आत्मालाई विश्‍वास गर्नु हुँदैन किनभने त्यहाँ धेरै झूटा अगमवक्ताहरू संसारमा बाहिर गएका छन्।
474:2w9srतपाईले परमेश्‍वरको आत्मालाई कसरी जान्‍न सक्नुहुन्छ?येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्ने हरेक आत्मा परमेश्‍वरबाट हो।
484:3rausकुन आत्माले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनेर स्वीकार गर्दैन?ख्रीष्‍ट विरोधीको आत्माले येशू ख्रीष्‍ट शरीरमा आउनुभएको हो भनेर स्वीकार गर्दैन।
494:4o8nnविश्‍वासीहरूले परमेश्‍वरबाट नभएका आत्माहरूमाथि कसरी विजय पाउन सक्छन्?हामी तिनीहरूमाथि विजय पाउन सक्छौँ किनभने हामी भित्रको आत्मा संसारमा भएको भन्दा महान् हुनुहुन्छ ।
504:7y7jaविश्‍वासीहरूले किन एकअर्कालाई प्रेम गर्नुपर्छ?विश्‍वासीहरूले एकअर्कालाई प्रेम गर्नुपर्छ किनभने प्रेम परमेश्‍वरबाट हो, र परमेश्‍वरबाट जन्मेकोले प्रेम गर्नुहुन्छ।
514:8x7exप्रेम नगर्नेले परमेश्‍वरलाई चिनेको छैन भनेर कसरी देखाउँछ?परमेश्‍वरलाई चिन्‍ने मानिसहरूले प्रेम गर्छन् किनभने परमेश्‍वर प्रेम हुनुहुन्छ।
524:9ax54परमेश्‍वरले हामीप्रतिको आफ्नो प्रेम कसरी प्रकट गर्नुभयो?परमेश्‍वरले आफ्नो एकमात्र पुत्रलाई संसारमा पठाएर हाम्रो लागि आफ्नो प्रेम प्रकट गर्नुभयो।
534:9z4i9पिताले आफ्नो पुत्रलाई कुन उद्देश्यले पठाउनुभयो?पिताले आफ्नो पुत्रलाई पठाउनुभयो ताकि हामी उहाँद्वारा बाँच्‍न सकौँ।
544:15glq3यदि परमेश्‍वर एक व्यक्तिमा रहनुहुन्छ र ऊ परमेश्‍वरमा रहन्छ भने, त्यो व्यक्तिले येशूको बारेमा के स्वीकार गर्छ?जो व्यक्ति परमेश्‍वरमा रहन्छ उसले स्वीकार गर्दछ कि येशू परमेश्‍वरको पुत्र हुनुहुन्छ।
554:17bdoxन्यायको दिनमा परमेश्‍वरको प्रेमले हामीलाई कस्तो मनोवृत्ति दिनेछ?परमेश्‍वरको प्रेमले हामीलाई न्यायको दिनमा भरोसा दिलाउनेछ।
564:19xolqहामी कसरी प्रेम गर्न सक्छौँ?हामी प्रेम गर्छौँ किनभने परमेश्‍वरले पहिले हामीलाई प्रेम गर्नुभयो।
574:20vyhwयदि कसैले आफ्नो भाइलाई घृणा गर्छ भने, उसको परमेश्‍वरसँग के सम्बन्ध छ?आफ्नो भाइलाई घृणा गर्ने मानिसले परमेश्‍वरलाई प्रेम गर्न सक्दैन।
584:21sjhaपरमेश्‍वरलाई प्रेम गर्नेले आफ्नो भाइलाई कस्तो व्यवहार गर्नुपर्छ?परमेश्‍वरलाई प्रेम गर्नेले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ।
595:3edbxहामी परमेश्‍वरलाई प्रेम गर्छौँ भनेर कसरी देखाउन सक्छौँ?हामीले उहाँका आज्ञाहरू पालन गर्दा हामी परमेश्‍वरलाई प्रेम गर्छौँ भनेर देखाउँछौँ।
605:4pw9aसंसारलाई जितेको विजय के हो?संसारलाई जितेको विजय विश्‍वास हो।
615:6qolaयेशू ख्रीष्‍ट कुन दुई कुराद्वारा आउनुभयो?येशू ख्रीष्‍ट पानी र रगतद्वारा आउनुभयो।
625:8je7zयेशू ख्रीष्‍टको बारेमा कुन तीनवटा कुराहरूले गवाही दिन्छन्?पवित्र आत्मा, पानी र रगत सबैले येशू ख्रीष्‍टको बारेमा गवाही दिन्छन्।
635:10s4arयदि कसैले परमेश्‍वरको पुत्रको बारेमा गवाहीलाई विश्‍वास गर्दैन भने, तिनीहरूले परमेश्‍वरलाई के बनाउँछन्?परमेश्‍वरको पुत्रको गवाहीमा विश्‍वास नगर्ने जो कोहीले परमेश्‍वरलाई झूटो बनाउँछ।
645:11lgj0परमेश्‍वरले हामीलाई उहाँको पुत्रमा के दिनुभएको छ?परमेश्‍वरले हामीलाई उहाँको पुत्रमा अनन्त जीवन दिनुभएको छ।
655:14xwehविश्‍वासीहरूलाई परमेश्‍वरको अगाडि कस्तो भरोसा छ?विश्‍वासीहरूलाई विश्‍वास छ कि यदि तिनीहरूले परमेश्‍वरको इच्छा अनुसार केहि माग्छन् भने, उहाँले तिनीहरूलाई सुन्‍नुहुन्छ।
665:16yo4uआफ्नो भाइले मृत्‍युमा पुर्‍याउने पाप गरेको देख्दा विश्‍वासीले के गर्नुपर्छ?एक विश्‍वासी जसले आफ्नो भाइलाई मृत्‍युमा पुर्‍याउने पाप गरेको देख्छ उसले परमेश्‍वरले उसको भाइलाई जीवन देउन् भनेर प्रार्थना गर्नुपर्छ्
675:17dgvxसबै अधर्म के हो?सबै अधर्म पाप हो।
685:19afpxसारा संसार कहाँ छ?सारा संसार दुष्‍टतामा छ।
695:20xwlkपरमेश्‍वरको पुत्रले हामीलाई दिनुभएको समझको परिणाम के हो?परमेश्‍वरको पुत्रले हामीलाई दिनुभएको समझको कारणले, हामीले सत्यतालाई चिन्‍न सक्छौँ।
705:21e9ogविश्‍वासीहरूले आफूलाई केबाट जोगाउनुपर्छ?विश्‍वासीहरूले आफूलाई मूर्तिहरूबाट जोगाउनुपर्छ।