70 KiB
70 KiB
1 | Book | Chapter | Verse | ID | SupportReference | OrigQuote | Occurrence | GLQuote | OccurrenceNote |

2 | 2TH | front | intro | krd6 | 0 | # २ थेसलोनिकीहरूको परिचय

## भाग १: सामान्य परिचय

### २ थेसलोनिकीहरूको पुस्तकको रूपरेखा

१. अभिवादनहरू र धन्यवादज्ञापन (१:१-३)
१. ख्रीष्टिएनहरू सतावटको कारण कष्ट काटिरहेका
- तिनीहरू परमेश्वरको राज्य र केरकारहरूबाटको छुटकाराको निम्ति उहाँको प्रतिज्ञाको योग्य छन् (१:५-७)
- ख्रीष्टिएनहरूलाई सताउनेहरूलाई परमेश्वरले इन्साफ गर्नुहुनेछ (१:८-१२)
१. ख्रीष्टको दोस्रो आगमन बारेमा केही विश्वासीहरूको गलत बुझाइ
- ख्रीष्टको पुनरागमन अझै भएको छैन (२:१-२)
- ख्रीष्टको पुनरागमन अगाडि आउने घटनाहरूको बारेमा निर्देशन (२:३-१२)
१. परमेश्वरले थेसलोनिकी ख्रीष्टिएनहरूलाई बचाउनुहुनेछ भन्ने कुरामा पावलको निश्चयता
- “स्थिर रहन”लाई उहाँको बोलावट (२:१३-१५)
- परमेश्वरले तिनीहरूलाई सान्तवना प्रदान गर्नु भएको होस् भनेर उनको प्रार्थना (२:१६-१७)
१. थेसलोनिकी विश्वासीहरूले उनको लागि प्रार्थना गरिदिनलाई पावलले अनुरोध गर्छन् (३:१-५)
१. पावलले अल्छे विश्वासीहरूको बारेमा आदेश दिन्छन् (३:६-१५)
१. अन्त्य (३:१६-१७)

### २ थेसलोनिकीहरूको पुस्तक कसले लेखे ?br>
पावलले २ थेसलोनिकीहरूको पुस्तक लेखे । उनी टार्सस सहरबाटका थिए । उनको अगाडिको जीवनमा उनलाई शाऊल भनेर चिनिन्थ्यो । ख्रीष्टिएन हुनुभन्दा अगाडि, पावल एक फरिसी थिए । उनले ख्रीष्टिएनहरूलाई सताए । उनी ख्रीष्टिएन भएपश्चात, उनले मानिसहरूलाई येशूको बारेमा बताउँदै सारा रोमी साम्राज्यभर थुप्रै पटक यात्रा गरे ।

पावलले यो पत्र थेसलोनिकेको सहरमा भएका विश्वासीहरूलाई लेखे । उनले ती विश्वासीहरूलाई प्रोत्साहन गरे किनभने तिनीहरूलाई सतावट भइरहेको थियो । उनले तिनीहरूलाई परमेश्वरलाई प्रसन्न बनाउने गरेर जिइरहनलाई भने । साथै उनले तिनीहरूलाई ख्रीष्टको पुनरागमनको विषयमा फेरि पनि सिकाउन चाहे ।

### यस पुस्तकको शीर्षकको अनुवाद कसरी हुनुपर्छ ?

अनुवादकहरूले यस पुस्तकलाई यसको पारम्परिक शीर्षक “२ थेसलोनिकीहरू” वा “दोस्रो थेसलोनिकीहरू” भनेर बोलाउनलाई छान्न सक्छन् । अथवा, तिनीहरूले अझ बढी स्पष्ट शीर्षक छान्न सक्छन्, जस्तै, “थेसलोनिकेमा भएको मण्डलीलाई पावलको दोस्रो पत्र” वा “थेसलोनिकेमा भएका ख्रीष्टिएनहरूलाई दोस्रो पत्र” । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])

## भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू

### येशूको “दोस्रो आगमन” भनेको के हो ?

पावलले यस पत्रमा येशूको पृथ्वीमा अन्तिम समयमा हुने पुनरागमनको विषयमा धेरै लेखे । जब येशू फर्कनुहुन्छ, उहाँले सारा मानवजातिको न्याय गर्नुहुनेछ । उहाँले सृष्टिमाथि शासन पनि गर्नुहुनेछ । साथै, उहाँले सबैतिर शान्ति पनि कायम गर्नुहुनेछ । ख्रीष्टको पुनरागमनभन्दा अगाडि “पापको मानिस” आउनेछ भनेर पनि पावलले व्याख्या गरे । सम मानिसले शैतानको आज्ञापालन गर्नेछ र मानिसहरूलाई परमेश्वरको विरुद्धमा हुने बनाउनेछ । तर येशूले आफू फर्किनुहुँदा यस व्यक्तिलाई नष्ट गर्नुहुनेछ ।

## भाग ३: अनुवादका महत्त्वपूर्ण विषयहरू

### पावलले “ख्रीष्टमा”, “प्रभुमा”, आदि अभिव्यक्तिहरूद्वारा के अर्थ दिन खोजेका हुन् ?

ख्रीष्ट र विश्वासीहरूसँगको धेरै नजिकको एकताको विचारलाई पावलले व्यक्त गर्न खोजेका हुन् । कृपया यस प्रकारको अभिव्यक्तिको थप विस्तृत जानकारीको लागि रोमीहरूको पुस्तकको परिचयलाई हेर्नुहोस् ।

### २ थेसलोनिकीहरूको पुस्तकको पाठ्यसामग्रीमा भएका प्रमुख विषयहरू के-के हुन् ?

निम्न दिइएका पदहरूको लागि बाइबलका नयाँ संस्करणहरू पुराना संस्करणहरूभन्दा भिन्न छन् । यूएलटीले नयाँ संस्करणलाई पछ्याउँछ र पुरानो भनाइलाई पादटिप्पणीमा राख्छ । यदि सामान्य क्षेत्रमा बाइबलको कुनै अनुवाद पाइन्छ भने, अनुवादकहरूले ती संस्करणहरूमा पाइने भनाइहरूलाई प्रयोग गर्ने बारेमा विचार गर्नुपर्छ । यदि पाइँदैन भने, अनुवादकहरूलाई नयाँ भनाइलाई पछ्याउनका लागि सुझाव दिइन्छ ।

* “अनि व्यवस्थाहीनताको मानिस प्रकट हुन्छ” (२:३) । यूएलटी, यूडीबी, र अधिकांश नयाँ संस्करणहरूमा यसरी भनिएको छ । पुराना संस्करणहरूमा यसरी छ, “अनि पापको मानिस प्रकट हुन्छ ।”
* “किनकि परमेश्वरले तिमीहरूलाई उद्धारको लागि पहिलो फलहरूको रूपमा चुन्नुभयो” (२:१३) यूएलटी, यूडीबी, र केही अरू संस्करणहरूमा यसरी भनिएको छ । केही अरू संस्करणहरूमा यसरी छ, “किनकि परमेश्वरले तिमीहरूलाई उद्धारको लागि पहिल्यैबाट चुन्नुभयो ।”

(हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-textvariants]]) | |||
3 | 2TH | 1 | intro | m987 | 0 | # २ थेसलोनिकीहरू ०१ सामान्य टिपोटहरू

## संरचना र ढाँचा

पदहरू १-२ ले यस पत्रलाई औपचारिक रूपमा परिचय गराउँछन् । प्राचीन मध्यपूर्व क्षेत्रमा लेखिने पत्रहरूमा यस प्रकारका परिचयहरू हुने गर्दथ्यो ।

## यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

### विरोधाभासी कथन

विरोधाभासी कथन भनेको एक साँचो भनाइ हो जसले केही असम्भव कुरालाई वर्णन गरेको जस्तो देखिन्छ । पदहरू ४-५ मा एउटा त्यस्तै विरोधाभासी कथनको प्रयोग भएको छः “तिमीहरूका सबै सतावटहरूमा भएको तिमीहरूको धैर्य र विश्वासको विषयमा हामी कुरा गर्छौँ । तिमीहरूले सहन गर्ने कष्टहरूको विषयमा हामी कुरा गर्छौँ । यो परमेश्वरको धर्मी न्यायको एउटा चिन्ह हो ।” सतावट खेपिरहेको बेलामा परमेश्वरलाई विश्वास गर्नु चाहिँ परमेश्वरको धर्मी न्यायको एउटा चिन्ह हो भनेर मानिसहरूले सामान्यतया ठान्दैनन् । तर पदहरू ५-१० मा, उहाँलाई विश्वास गर्नेहरूलाई परमेश्वरले कसरी इनाम दिनुहुनेछ र तिनीहरूलाई कष्ट दिनेहरूलाई उहाँले कसरी इन्साफ गर्नुहुनेछ भनेर पावलले व्याख्या गर्छन् । ([२ थेसलोनिकीहरू १:४-५](./04.md)) | |||
4 | 2TH | 1 | 1 | b6vf | figs-exclusive | 0 | सामान्य जानकारीः | यो पत्रका लेखक पावल आफैँ हुन्, तर उनले सिलास र तिमोथीलाई यो पत्र पठाउने व्यक्तिहरूको रूपमा समावेश गर्छन् । उनले थेसलोनिकेको मण्डलीलाई अभिवादन गरेर सुरु गर्छन् । अर्को किसिमले नबताइएसम्म, “हामी” र “हाम्रो” शब्दहरूले पावल, सिलास र तिमोथीलाई जनाउँछन् । साथै, “तिमीहरू” शब्द बहुवचनमा छ र थेसलोनिकेको मण्डलीमा भएका विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-exclusive]] अनि [[rc://ne/ta/man/translate/figs-you]]) | |
5 | 2TH | 1 | 1 | hm3e | Σιλουανὸς | 1 | सिल्भानस | यो “सिलास”को ल्याटिन रूप हो । यिनी प्रेरितको पुस्तकमा पावलका सङ्गी यात्रुको रूपमा उल्लेखित गरिएका व्यक्ति नै हुन् । | |
6 | 2TH | 1 | 2 | g6rb | χάρις ὑμῖν | 1 | तिमीहरूलाई अनुग्रह होस् | पावलले साधारणतया उनका पत्रहरूमा यो अभिवादन प्रयोग गर्छन् । | |
7 | 2TH | 1 | 3 | m6z5 | 0 | सामान्य जानकारीः | पावल थेसलोनिकेमा भएका विश्वासीहरूको लागि धन्यवाद दिन्छन् । | ||
8 | 2TH | 1 | 3 | ea59 | figs-hyperbole | εὐχαριστεῖν ὀφείλομεν τῷ Θεῷ πάντοτε | 1 | हामीले परमेश्वरलाई सधैँ धन्यवाद दिनुपर्छ | “धेरैपटक” वा “नियमित रूपमा”को अर्थ दिँदै पावलले “सधैँ” शब्दलाई सामान्यकरणको रूपमा प्रयोग गर्छन् । परमेश्वरले थेसलोनिकी विश्वासीहरूको जीवनमा गरिरहनुभएका कुराको महानतालाई यस वाक्यले जोड दिन्छ । वैकल्पिक अनुवादः “हामीले परमेश्वरलाई धेरैपटक धन्यवाद दिनुपर्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-hyperbole]]) |
9 | 2TH | 1 | 3 | h6t9 | figs-gendernotations | ἀδελφοί | 1 | भाइहरू हो | यहाँ “भाइहरू”ले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-gendernotations]]) |
10 | 2TH | 1 | 3 | u3m8 | καθὼς ἄξιόν ἐστιν | 1 | यो उचित छ | “यो गर्न सही कुरा हो” वा “यो असल छ” | |
11 | 2TH | 1 | 3 | xy7k | πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου, πάντων ὑμῶν, εἰς ἀλλήλους | 1 | तिमीहरूको एक अर्काप्रति भएको प्रेम बढ्छ | “तिमीहरूले एक अर्कालाई सच्चा रूपमा प्रेम गर्छौ” | |
12 | 2TH | 1 | 3 | bmn6 | ἀλλήλους | 1 | एक अर्का | यहाँ “एक अर्का”ले सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ । | |
13 | 2TH | 1 | 4 | kx1n | figs-rpronouns | αὐτοὺς ἡμᾶς | 1 | हामी आफैँ | यहाँ “हामी आफैँ” शब्दहरू पावलको गर्वलाई जोड दिनको लागि प्रयोग गरिएको छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rpronouns]]) |
14 | 2TH | 1 | 5 | dad9 | figs-activepassive | καταξιωθῆναι ὑμᾶς τῆς Βασιλείας τοῦ Θεοῦ | 1 | तिमीहरू परमेश्वरको राज्यको योग्य ठहरिनेछौ | यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि परमेश्वरले तिमीहरूलाई उहाँको राज्यको हिस्सा हुन योग्यको ठान्नुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]]) |
15 | 2TH | 1 | 6 | wrg2 | 0 | जोड्ने कथनः | जसै पावलले भनिरहन्छन्, उनले परमेश्वर धर्मी हुनुहुन्छ भन्ने बारेमा बताउँछन् । | ||
16 | 2TH | 1 | 6 | cxx1 | εἴπερ δίκαιον παρὰ Θεῷ | 1 | यो परमेश्वरको लागि धर्मी छ | “परमेश्वर धर्मी हुनुहुन्छ” वा “परमेश्वर न्यायी हुनुहुन्छ” | |
17 | 2TH | 1 | 6 | id3i | figs-metaphor | παρὰ Θεῷ, ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν | 1 | परमेश्वरले तिमीहरूलाई कष्ट दिनेहरूलाई कष्ट फिर्ता गर्न | यहाँ “फिर्ता गर्नु” भनेको एउटा अलङ्कार हो जसको अर्थ कसैलाई त्यही कुरा अनुभव गर्न लगाउनु हो जुन तिनीहरूले कोही अरूलाई गरे । वैकल्पिक अनुवादः “तिमीहरूलाई कष्ट दिनेहरूलाई परमेश्वरले कष्ट दिनहुन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) |
18 | 2TH | 1 | 7 | hxy2 | figs-metaphor | καὶ ὑμῖν…ἄνεσιν | 1 | र तिमीहरूलाई आराम | यी शब्दहरूले परमेश्वरले मानिसहरूलाई के “फिर्ता गर्नुभएकोमा” उहाँ धर्मी हुनुहुन्छ भन्ने कुराको विवरणलाई निरन्तरता दिन्छन् (पद ६) । यो एउटा अलङ्कार हो जसको अर्थ कसैलाई त्यही कुरा अनुभव गर्न लगाउनु भन्ने हुन्छ जुन तिनीहरूले कोही अरूलाई गरे । वैकल्पिक अनुवादः “र तिमीहरूलाई आराम दिन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) |
19 | 2TH | 1 | 7 | lu43 | figs-ellipsis | ὑμῖν…ἄνεσιν | 1 | तिमीहरूलाई आराम | आराम प्रदान गर्नुहुने व्यक्ति चाहिँ परमेश्वर नै हुनुहुन्छ भनेर तपाईंले स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई आराम प्रदान गरिदिनहुन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-ellipsis]]) |
20 | 2TH | 1 | 7 | yix7 | ἀγγέλων δυνάμεως αὐτοῦ | 1 | उहाँका शक्तिका स्वर्गदूतहरू | “उहाँका शक्तिशाली स्वर्गदूतहरू” | |
21 | 2TH | 1 | 8 | y3uv | ἐν πυρὶ φλογός διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν, καὶ τοῖς | 1 | बल्दो आगोमा उहाँले बदला लिनुहुनेछ तिनीहरूमाथि जसले परमेश्वरलाई चिन्दैनन् र तिनीहरूमाथि | “परमेश्वरलाई नचिन्नेहरूलाई र ... लाई उहाँले बल्दो आगोमा दण्ड दिनुहुनेछ” वा “त्यसपछि उहाँले परमेश्वरलाई नचिन्नेहरूलाई र ... लाई बल्दो आगोमा दण्ड दिनुहुनेछ” | |
22 | 2TH | 1 | 9 | plw5 | figs-activepassive | οἵτινες δίκην τίσουσιν | 1 | तिनीहरूले दण्ड पाउनेछन् | यहाँ “तिनीहरू”ले ती मानिसहरूलाई जनाउँछ जसले सुसमाचारको आज्ञापालन गर्दैनन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “प्रभुले तिनीहरूलाई सजाय दिनुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]]) |
23 | 2TH | 1 | 10 | ugk9 | ὅταν ἔλθῃ…ἐν τῇ ἡμέρᾳ ἐκείνῃ | 1 | जब उहाँ त्यो दिनमा आउनुहुन्छ | यहाँ “त्यो दिन” भनेको त्यस दिन हो जब येशू संसारमा फर्केर आउनुहुनेछ । | |
24 | 2TH | 1 | 10 | bi2u | figs-activepassive | ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ θαυμασθῆναι ἐν πᾶσιν τοῖς πιστεύσασιν | 1 | उहाँका मानिसहरूद्वारा महिमित हुन र उहाँलाई विश्वास गर्नेहरू सबैबाट अचम्म मानिन | यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “जब उहाँका मानिसहरूले उहाँलाई महिमा गर्नेछन् र उहाँमाथि विश्वास गर्नेहरू उहाँसँग अचम्मित हुनेछन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]]) |
25 | 2TH | 1 | 11 | ik19 | καὶ προσευχόμεθα πάντοτε περὶ ὑμῶν | 1 | हामी तिमीहरूका लागि निरन्तर प्रार्थना पनि गर्दछौँ | पावलले तिनीहरूका लागि कति धेरै पटक प्रार्थना गर्छन् भन्ने कुरालाई जोड दिइरहेका छन् । वैकल्पिक अनुवादः “हामी तिमीहरूको लागि नियमित रूपमा प्रार्थना पनि गर्दछौँ” वा “हामी तिमीहरूको लागि निरन्तर प्रार्थना गरिरहन्छौँ” | |
26 | 2TH | 1 | 11 | hiv9 | τῆς κλήσεως | 1 | बोलावट | यहाँ “बोलावट” शब्दले परमेश्वरले मानिसहरूलाई उहाँका छोराछोरी र सेवकहरू हुन र येशूद्वाराको मुक्तिको विषयमा भएको उहाँको सन्देशलाई घोषणा गर्न छान्नुभएको कुरालाई जनाउँछ । | |
27 | 2TH | 1 | 11 | r8gk | πληρώσῃ πᾶσαν εὐδοκίαν ἀγαθωσύνης | 1 | भलाइको हरेक चाहनालाई पूरा गरून् | “तिमीहरूले चाहना गर्ने हरतरहले असल गर्न तिमीहरू सक्षम हुन सक” | |
28 | 2TH | 1 | 12 | q994 | figs-activepassive | ὅπως ἐνδοξασθῇ τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ, ἐν ὑμῖν | 1 | कि हाम्रा प्रभु येशूको नाम तिमीहरूद्वारा महिमित हुन सकोस् | यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “कि तिमीहरूले हाम्रा प्रभु येशूको नाम महिमित पार्न सक” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]]) |
29 | 2TH | 1 | 12 | pg2i | figs-activepassive | καὶ ὑμεῖς ἐν αὐτῷ | 1 | तिमीहरू उहाँद्वारा महिमित हुनेछौ | यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “येशूले तिमीहरूलाई महिमित पार्नुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]]) |
30 | 2TH | 1 | 12 | z8k9 | κατὰ τὴν χάριν τοῦ Θεοῦ ἡμῶν | 1 | हाम्रो परमेश्वरको अनुग्रहको कारण | “परमेश्वरको अनुग्रहको कारण” | |
31 | 2TH | 2 | intro | jq9r | 0 | # २ थेसलोनिकीहरू ०२ सामान्य टिपोटहरू

## यस अध्यायमा भएका विशेष अवधारणाहरू

### “उहाँसँगै हुन एकसाथ भेला गराइने”

यस खण्डले त्यो एउटा समयलाई जनाउँछ जब येशूले उहाँमा विश्वास गरेकाहरूलाई आफूकहाँ बोलाउनुहुनेछ । यसले ख्रीष्टको अन्तिम महिमामय पुनरागमनलाई जनाउँछ वा जनाउँदैन भन्ने विषयमा विद्वानहरू फरक-फरक मत राख्छन् । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/believe]])

### पापको मानिस
यो र यस अध्यायमा “विनाशको पुत्र” र “व्यवस्थाहीन व्यक्ति” भनेर बताइएको कुरा एउटै हो । पावलले त्यसलाई संसारमा सक्रिय रूपमा काम गरिरहेको शैतानसँग सम्बन्धित भएको देखाउँछन् । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/antichrist]])

### परमेश्वरको मन्दिरमा बस्छ
पावलले यरूशलेमको मन्दिरलाई जनाइरहेका हुनसक्छन् जसलाई उनले यो पत्र लेखेका धेरै वर्षपछि रोमीहरूले तहसनहस पारे । अथवा उनले भविष्यको भौतिक मन्दिरलाई जनाइरहेका हुन सक्छन्, वा परमेश्वरको आत्मिक मन्दिरको रूपमा भएको मण्डलीलाई जनाइरहेका हुन सक्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]]) | |||
32 | 2TH | 2 | 1 | r36t | 0 | सामान्य जानकारीः | पावलले विश्वासीहरूलाई येशू फर्कनुहुने दिनको बारेमा धोकामा नपर्न सल्लाह दिए । | ||
33 | 2TH | 2 | 1 | q1uq | δὲ | 1 | अब | “अब” शब्दले पावलको निर्देशनहरूको विषय परिवर्तनलाई अङ्कित गर्छ । | |
34 | 2TH | 2 | 1 | cvg5 | figs-gendernotations | ἀδελφοί | 1 | भाइहरू हो | यहाँ “भाइहरू”ले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-gendernotations]]) |
35 | 2TH | 2 | 2 | b8b2 | εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς…μηδὲ θροεῖσθαι | 1 | कि तिमीहरू सजिलै विचलित नहोओ वा चिन्तित नबन | “कि तिमीहरूले आफैँलाई सजिलै विचलित हुन नदेओ” | |
36 | 2TH | 2 | 2 | d334 | διὰ πνεύματος, μήτε διὰ λόγου, μήτε δι’ ἐπιστολῆς, ὡς δι’ ἡμῶν | 1 | कुनै सन्देशद्वारा, वा कुनै पत्रद्वारा जुन हामीबाट आएको जस्तो देखिन्छ | “बोलिएको शब्द वा लिखित अक्षरद्वारा, जसले हामीबाट आएको भान पार्छ” | |
37 | 2TH | 2 | 2 | k4dk | ὡς ὅτι | 1 | यस्तो मतलब राख्दै कि | “भन्दै कि” | |
38 | 2TH | 2 | 2 | ib6m | ἡ ἡμέρα τοῦ Κυρίου | 1 | प्रभुको दिन | यसले त्यो समयलाई जनाउँछ जब येशू पृथ्वीमा सबै विश्वासीहरूका लागि फर्केर आउनुहुनेछ । | |
39 | 2TH | 2 | 3 | l9c5 | 0 | सामान्य जानकारीः | पावलले पापको मानिसको बारेमा सिकाउँछन् । | ||
40 | 2TH | 2 | 3 | ej66 | μὴ ἔλθῃ | 1 | यो हुन आउनेछैन | “प्रभुको दिन आउनेछैन” | |
41 | 2TH | 2 | 3 | y7ch | ἡ ἀποστασία | 1 | तर्केर जानु | यसले भविष्यको त्यो समयलाई जनाउँछ जब धेरै मानिसहरू परमेश्वरबाट तर्केर जानेछन् । | |
42 | 2TH | 2 | 3 | e86v | figs-activepassive | ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἀνομίας | 1 | पापको मानिस प्रकट गराइन्छ | यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले पापको मानिसलाई प्रकट गर्नुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]]) |
43 | 2TH | 2 | 3 | tkg9 | figs-metaphor | ὁ υἱὸς τῆς ἀπωλείας | 1 | विनाशको छोरो | पावलले विनाश चाहिँ कुनै एक व्यक्ति भए जसरी कुरा गर्छन् जसले एउटा छोरा जन्मायो जुन छोराको लक्ष्य चाहिँ सबैथोकलाई पूर्णतया नाश पार्नु हो । वैकल्पिक अनुवादः “त्यो जसले आफूले सकेको सबैथोकलाई नाश पार्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) |
44 | 2TH | 2 | 4 | t485 | figs-activepassive | πάντα λεγόμενον θεὸν ἢ σέβασμα | 1 | सबै जसलाई परमेश्वर भनिन्छ वा जसको आराधना गरिन्छ | यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबैथोक जसलाई मानिसहरूले परमेश्वर ठान्छन् वा ती सबैथोक जसलाई मानिसहरूले आराधना गर्छन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]]) |
45 | 2TH | 2 | 4 | wj33 | ἀποδεικνύντα ἑαυτὸν ὅτι ἔστιν Θεός | 1 | आफैँलाई परमेश्वरको रूपमा प्रदर्शन गर्छ | “आफैँलाई परमेश्वरको रूपमा देखाउँछ” | |
46 | 2TH | 2 | 5 | rsz1 | figs-rquestion | οὐ μνημονεύετε…ταῦτα | 1 | के तिमीहरू सम्झदैनौ ... यी कुराहरू ... ? | पावलले आफू तिनीहरूसँग हुँदा उनले तिनीहरूलाई सिकाएका कुराहरूको स्मरण गराउन एउटा आलङ्कारिक प्रश्नको प्रयोग गर्छन् । यसलाई एउटा अभिव्यक्तिको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूले ... यी कुराहरू ... सम्झन्छौ भनेर म निश्चित छु ।” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rquestion]]) |
47 | 2TH | 2 | 5 | lkk7 | ταῦτα | 1 | यी कुराहरू | यसले येशूको पुनरागमन, प्रभुको दिन र पापको मानिसलाई जनाउँछ । | |
48 | 2TH | 2 | 6 | ask4 | figs-activepassive | τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ αὐτοῦ καιρῷ | 1 | त्यसलाई ठीक समयमा मात्र प्रकट गरिनेछ | यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले पापको मानिसलाई ठीक समयमा प्रकट गर्नुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]]) |
49 | 2TH | 2 | 7 | si9i | μυστήριον…τῆς ἀνομίας | 1 | अधर्मको रहस्य | यसले परमेश्वरले मात्र जान्नुहुने पवित्र रहस्यलाई जनाउँछ । | |
50 | 2TH | 2 | 7 | fcu7 | ὁ κατέχων | 1 | जसले त्यसलाई रोकेर राख्नुभएको छ | कसैलाई रोक्नु भनेको तिनीहरूलाई पछाडि नै थामेर राख्नु वा तिनीहरूले गर्न चाहेका कुरा गर्नदेखि रोक्नु भनेको हो । | |
51 | 2TH | 2 | 8 | hn67 | figs-activepassive | καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος | 1 | त्यसपछि पापको मानिस प्रकट हुनेछ | यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसपछि परमेश्वरले पापको मानिसलाई आफैँलाई प्रकट गर्न दिनुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]]) |
52 | 2TH | 2 | 8 | vay9 | figs-metonymy | τῷ πνεύματι τοῦ στόματος αὐτοῦ | 1 | उहाँको मुखको सासले | यहाँ “सास”ले परमेश्वरको शक्तिलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “उहाँको बोलिएको वचनको शक्तिले” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]]) |
53 | 2TH | 2 | 8 | hy3y | καὶ καταργήσει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὐτοῦ | 1 | उहाँको आगमनको प्रकाशले त्यसलाई नष्ट पार्नुहुनेछ | जब येशू पृथ्वीमा फर्कनुहुन्छ र आफैँलाई प्रकट गर्नुहुन्छ, उहाँले पापको मानिसलाई हराउनुहुनेछ । | |
54 | 2TH | 2 | 9 | bd5m | ἐν πάσῃ δυνάμει, καὶ σημείοις, καὶ τέρασιν ψεύδους | 1 | सबै शक्ति, चिन्हहरू र झूटा आश्चर्यकर्महरूले | “सबै किसिमका शक्ति, चिन्हहरू र झूटा आश्चर्यकर्महरूले” | |
55 | 2TH | 2 | 10 | tf75 | ἐν πάσῃ ἀπάτῃ ἀδικίας | 1 | सबै अधार्मिकताको छलले | यस व्यक्तिले मानिसहरूलाई परमेश्वरको साटोमा आफूमाथि विश्वास गर्न लगाउनका निमित्त हर किसिमको छलको प्रयोग गर्नेछ । | |
56 | 2TH | 2 | 10 | v366 | τοῖς ἀπολλυμένοις | 1 | यी कुराहरू नाश भइरहेकाहरूका निम्ति हुनेछन् | शैतानद्वारा शक्ति दिइएको यस मानिसले ती सबैलाई छल्नेछ जसले येशूमा विश्वास गरेनन् । | |
57 | 2TH | 2 | 10 | pf48 | ἀπολλυμένοις | 1 | जो नाश भइरहेका छन् | यहाँ “नाश भइरहेका” भन्ने कुरामा सदाकालको वा अनन्त विनाशको अवधारणा रहेको छ । | |
58 | 2TH | 2 | 11 | sj1v | διὰ τοῦτο | 1 | यसकारणले | “किनभने मानिसहरूले सत्यलाई प्रेम गर्दैनन्” | |
59 | 2TH | 2 | 11 | en8e | figs-metaphor | πέμπει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει | 1 | तिनीहरूले झूटलाई विश्वास गरून् भनेर परमेश्वरले तिनीहरूकहाँ भ्रमको काम पठाइरहनुभएको छ | परमेश्वरले तिनीहरूमाथि केही हुनलाई अनुमति दिइरहनुभएको कुराको विषयमा पावलले यसरी बताउँछन् कि मानौँ त्यो भनेको उहाँले तिनीहरूकहाँ केही कुरा पठाइरहनुभएको जस्तो हो । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरूलाई छल्नको लागि पापको मानिसलाई अनुमति दिइरहनुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) |
60 | 2TH | 2 | 12 | d63e | figs-activepassive | κριθῶσιν πάντες | 1 | तिनीहरू सबैको न्याय हुनेछ | यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्वरले तिनीहरू सबैको न्याय गर्नुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]]) |
61 | 2TH | 2 | 12 | pkw8 | οἱ μὴ πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλὰ εὐδοκήσαντες τῇ ἀδικίᾳ | 1 | तिनीहरू जसले सत्यतामा विश्वास गरेनन् तर त्यसको साटोमा अधार्मिकतामा आनन्द लिए | “अधार्मिकतामा आनन्द लिनेहरू किनभने तिनीहरूले सत्यतालाई विश्वास गरेनन्” | |
62 | 2TH | 2 | 13 | w83a | 0 | सामान्य जानकारीः | पावलले सारा विश्वासीहरूको निम्ति परमेश्वरलाई धन्यवाद दिन्छन् र तिनीहरूलाई उत्साह दिन्छन् । | ||
63 | 2TH | 2 | 13 | bcd5 | 0 | जोड्ने कथनः | पावलले अब विषयलाई बदल्छन् । | ||
64 | 2TH | 2 | 13 | b3hh | δὲ | 1 | तर | पावलले यहाँ यो शब्दलाई विषयमा आएको परिवर्तनलाई अङ्कित गर्नको लागि प्रयोग गर्छन् । | |
65 | 2TH | 2 | 13 | dze5 | figs-hyperbole | ἡμεῖς…ὀφείλομεν εὐχαριστεῖν…πάντοτε | 1 | हामीले सधैँ धन्यवाद दिनुपर्छ | “सधैँ” शब्द सामान्यकरण गरिएको हो । वैकल्पिक अनुवादः “हामीले निरन्तर धन्यवाद दिनुपर्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-hyperbole]]) |
66 | 2TH | 2 | 13 | m418 | ἡμεῖς…ὀφείλομεν | 1 | हामीले ... पर्छ | यहाँ “हामी”ले पावल, सिलास र तिमोथीलाई जनाउँछ । | |
67 | 2TH | 2 | 13 | ia4x | figs-activepassive | ἀδελφοὶ ἠγαπημένοι ὑπὸ Κυρίου | 1 | प्रभुका प्रिय भाइहरू हो | यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “किनभने प्रभुले तिमीहरूलाई प्रेम गर्नुहुन्छ, भाइहरू हो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]]) |
68 | 2TH | 2 | 13 | v15j | figs-gendernotations | ἀδελφοὶ | 1 | भाइहरू हो | यहाँ “भाइहरू”को अर्थ पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू भन्ने हुन्छ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-gendernotations]]) |
69 | 2TH | 2 | 13 | l7a8 | figs-metaphor | ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμῷ Πνεύματος καὶ πίστει ἀληθείας | 1 | आत्माको शुद्धता र सत्यताको विश्वासमा उद्धारको प्रथम फलको रूपमा | मुक्ति पाउनेमा पहिला मानिसहरू हुने कुराको विषयमा यसरी बताइएको छ कि मानौँ थेसलोनिकी विश्वासीहरू चाहिँ “प्रथम फलहरू” हुन् । यसलाई “मुक्ति”, “शुद्धिकरण”, “विश्वास”, र “सत्यता” जस्ता भाववाचक नामपद शब्दहरूलाई हटाउने गरेर पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ती मानिसहरूमध्येमा पहिलो हुनु जसले सत्य कुरालाई विश्वास गर्छन्, र जसलाई परमेश्वरले उहाँको आत्माद्वारा बचाउनुभएको छ र आफ्नै लागि अलग गर्नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-abstractnouns]]) |
70 | 2TH | 2 | 15 | u9ss | ἄρα οὖν, ἀδελφοί, στήκετε | 1 | यसैले, भाइहरू हो, स्थिर रहो | पावलले विश्वासीहरूलाई येशूमा भएको तिनीहरूको विश्वासमा स्थिर रहनलाई अर्ती दिन्छन् । | |
71 | 2TH | 2 | 15 | l4vr | figs-metaphor | κρατεῖτε τὰς παραδόσεις | 1 | परम्पराहरूलाई पक्रिराख | यहाँ “परम्पराहरू”ले पावल र अन्य प्रेरितहरूले सिकाएका ख्रीष्टको सत्यताहरूलाई जनाउँछ । पावलले ती कुराहरूको विषयमा यसरी बताउँछन् कि मानौँ उनका पाठकहरूले ती कुराहरूलाई तिनीहरूका हातले पक्रन सक्थे । वैकल्पिक अनुवादः “परम्पराहरूलाई सम्झ” वा “सत्यताहरूलाई विश्वास गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) |
72 | 2TH | 2 | 15 | whp8 | figs-activepassive | ἐδιδάχθητε | 1 | तिमीहरूलाई सिकाइएको थियो | यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीले तिमीहरूलाई सिकाएका छौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]]) |
73 | 2TH | 2 | 15 | z2vs | figs-explicit | εἴτε διὰ λόγου, εἴτε δι’ ἐπιστολῆς ἡμῶν | 1 | वचनद्वारा या हाम्रो पत्रद्वारा | यहाँ “वचनद्वारा” भनेको “निर्देशनहरूद्वारा” वा “शिक्षाहरूद्वारा”को लागि प्रतिस्थापकीय शब्द हो । तपाईंले अन्तर्निहित जानकारीलाई स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “हामीले व्यक्तिगत रूपमा भेटेर तिमीहरूलाई सिकाएका कुराहरूद्वारा वा हाम्रा पत्रमा हामीले तिमीहरूलाई लेखेका कुराहरूद्वारा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]] अनि [[rc://ne/ta/man/translate/figs-synecdoche]]) |
74 | 2TH | 2 | 16 | njk1 | 0 | जोड्ने कथनः | पावलले परमेश्वरबाटको आशिष्को साथ अन्त्य गर्छन् । | ||
75 | 2TH | 2 | 16 | g8m1 | δὲ | 1 | अब | यहाँ पावलले यो शब्दलाई विषयमा आएको परिवर्तनलाई अङ्कित गर्नको निम्ति प्रयोग गर्छन् । | |
76 | 2TH | 2 | 16 | yge9 | figs-inclusive | δὲ ὁ Κύριος ἡμῶν…ὁ ἀγαπήσας ἡμᾶς καὶ δοὺς | 1 | हामीलाई प्रेम गर्नुहुने र हामीलाई ... दिनुहुने हाम्रा प्रभुले ... | “हाम्रा” र “हामीलाई” शब्दहरूले सारा विश्वासीहरूलाई जनाउँछन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]]) |
77 | 2TH | 2 | 16 | cm54 | figs-rpronouns | αὐτὸς…ὁ Κύριος…Ἰησοῦς Χριστὸς | 1 | प्रभु येशू ख्रीष्ट आफैँले | यहाँ “आफैँ” भन्ने वाक्यांशले “प्रभु येशू ख्रीष्ट” भन्ने वाक्यांशमा थप जोड दिन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rpronouns]]) |
78 | 2TH | 2 | 17 | x3rr | figs-metonymy | παρακαλέσαι ὑμῶν τὰς καρδίας, καὶ στηρίξαι ἐν | 1 | ... मा तिमीहरूका हृदयहरूलाई सान्त्वना दिऊन् र स्थिर गराऊन् | “हृदयहरू”ले भावनाहरूको आसनलाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “ ... को लागि तिमीहरूलाई सान्त्वना दिनुभएको होस् र बलिया बनाउनुभएको होस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]]) |
79 | 2TH | 2 | 17 | yw5f | παντὶ ἔργῳ καὶ λόγῳ ἀγαθῷ | 1 | हरेक असल काम र वचन | “तिमीहरूले गर्ने र भन्ने हरेक असल कुरा” | |
80 | 2TH | 3 | intro | b8hk | 0 | # २ थेसलोनिकीहरू ०३ सामान्य टिपोटहरू

## यस अध्यायमा भएका विशेष अवधारणाहरू

### निष्क्रिय र अल्छे व्यक्तिहरू
थेसलोनिकेमा, यस्तो देखिन्छ कि त्यहाँ काम गर्न सकेर पनि काम गर्नलाई इन्कार गर्ने मानिसहरूको कारण समस्या आएको थियो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])

### तिमीहरूको भाइले पाप गर्छ भने तिमीहरूले के गर्नुपर्छ ?

यस अध्यायमा, ख्रीष्टिएनहरूले परमेश्वरलाई आदर गर्ने तरिकाले जीवन जिउनुपर्छ भनेर पावलले सिकाउँछन् । ख्रीष्टिएनहरूले एक अर्कालाई उत्साह पनि दिनुपर्छ र तिनीहरूले गरेका कुराको लागि एक अर्कालाई जिम्मेवार पनि ठहराउनुपर्छ । विश्वासीहरूले पाप गर्छन् भने तिनीहरूलाई पश्चात्ताप गर्नलाई हौसला दिनको निम्ति पनि मण्डली जिम्मेवार हुन्छ । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/repent]] अनि [[rc://ne/tw/dict/bible/kt/sin]]) | |||
81 | 2TH | 3 | 1 | k33i | 0 | सामान्य जानकारीः | पावलले विश्वासीहरूलाई उनी र उनका सहकर्मीहरूको निम्ति प्रार्थना गर्नलाई अनुरोध गर्छन् । | ||
82 | 2TH | 3 | 1 | jy75 | τὸ λοιπὸν | 1 | अब | पावलले “अब” शब्दलाई विषयमा आएको परिवर्तनलाई अङ्कित गर्नको लागि प्रयोग गर्छन् । | |
83 | 2TH | 3 | 1 | m1s5 | figs-gendernotations | ἀδελφοί | 1 | भाइहरू हो | यहाँ “भाइहरू”ले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-gendernotations]]) |
84 | 2TH | 3 | 1 | r54v | figs-metaphor | ἵνα ὁ λόγος τοῦ Κυρίου τρέχῃ καὶ δοξάζηται, καθὼς καὶ πρὸς ὑμᾶς | 1 | ताकि प्रभुको वचन द्रुत गतिमा फैलियोस् र महिमित होस्, जसरी त्यो तिमीहरूमा पनि भएको छ | पावलले परमेश्वरको वचन फैलने कुरालाई त्यो कुनै एक ठाउँदेखि अर्को ठाउँसम्म दौडिरहेको झैँ गरी व्यक्त गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि धेरैभन्दा धेरै मानिसहरूले हाम्रा प्रभु येशूको बारेमा भएको सन्देश चाँडै सुन्नेछन् र त्यसलाई सम्मान गर्नेछन्, जसरी त्यो तिमीहरूलाई पनि भयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-activepassive]]) |
85 | 2TH | 3 | 2 | xg2h | figs-activepassive | ῥυσθῶμεν | 1 | ताकि हामी छुट्न सकौँ | यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ताकि परमेश्वरले हामीलाई बचाउनुभएको होस्” वा “ताकि परमेश्वरले हामीलाई उद्धार गर्नुभएको होस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]]) |
86 | 2TH | 3 | 2 | p1ct | οὐ γὰρ πάντων ἡ πίστις | 1 | किनकि सबैसँग विश्वास छैन | “किनकि धेरै मानिसहरूले येशूमा विश्वास गर्दैनन्” | |
87 | 2TH | 3 | 3 | yx9g | ὃς στηρίξει ὑμᾶς | 1 | जसले तिमीहरूलाई स्थापना गर्नुहुनेछ | “जसले तिमीहरूलाई बलियो बनाउनुहुनेछ” | |
88 | 2TH | 3 | 3 | p91k | τοῦ πονηροῦ | 1 | दुष्ट | “शैतान” | |
89 | 2TH | 3 | 4 | xk85 | πεποίθαμεν | 1 | हामीसँग विश्वस्तता छ | “हामीसँग विश्वास छ” वा “हामी भरोसा गर्छौँ” | |
90 | 2TH | 3 | 5 | giz4 | figs-metonymy | κατευθύναι ὑμῶν τὰς καρδίας | 1 | तिमीहरूका हृदयलाई अगुवाइ गर्नु | यहाँ “हृदय” भनेको व्यक्तिका विचारहरू वा दिमागको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “तिमीहरूलाई बुझ्ने तुल्याउनु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]]) |
91 | 2TH | 3 | 5 | wre3 | figs-metaphor | εἰς τὴν ἀγάπην τοῦ Θεοῦ, καὶ εἰς τὴν ὑπομονὴν τοῦ Χριστοῦ | 1 | परमेश्वरको प्रेम र ख्रीष्टको सहनशीलतातर्फ | पावलले परमेश्वरको प्रेम र ख्रीष्टको सहनशीलताको विषयमा यसरी बताउँछन् कि मानौँ ती कुनै मार्गको गन्तव्य हुन् । वैकल्पिक अनुवादः “परमेश्वरले तिमीहरूलाई कति धेरै प्रेम गर्नुहुन्छ र ख्रीष्टले तिमीहरूका लागि कति धेरै सहन गर्नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) |
92 | 2TH | 3 | 6 | mst3 | 0 | सामान्य जानकारीः | पावलले विश्वासीहरूलाई काम गर्न र अल्छे नबन्नको लागि केही अन्तिम निर्देशनहरू दिन्छन् । | ||
93 | 2TH | 3 | 6 | v33v | δὲ | 1 | अब | पावलले विषयमा आएको परिवर्तनलाई अङ्कित गर्नको लागि यो शब्दलाई प्रयोग गर्छन् । | |
94 | 2TH | 3 | 6 | x9l8 | figs-gendernotations | ἀδελφοί | 1 | भाइहरू | यहाँ “भाइहरू”को अर्थ पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरू भन्ने हुन्छ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-gendernotations]]) |
95 | 2TH | 3 | 6 | y4a9 | figs-metonymy | ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ | 1 | हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा | यहाँ “नाम” भनेको येशू ख्रीष्टको व्यक्तित्वको लागि प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “मानौँ हाम्रा प्रभु येशू ख्रीष्ट आफैँले नै बोलिरहनुभएको थियो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]]) |
96 | 2TH | 3 | 6 | jvw1 | figs-inclusive | τοῦ Κυρίου ἡμῶν | 1 | हाम्रा प्रभु | यहाँ “हाम्रा”ले सारा विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-inclusive]]) |
97 | 2TH | 3 | 7 | h222 | μιμεῖσθαι ἡμᾶς | 1 | हाम्रो अनुकरण गर्न | “मेरा सङ्गी सहकर्मीहरू र मैले व्यवहार गर्ने तरिका अनुसार व्यवहार गर्न” | |
98 | 2TH | 3 | 7 | b1i1 | figs-doublenegatives | οὐκ ἠτακτήσαμεν ἐν ὑμῖν | 1 | हामी तिमीहरूको माझमा अनुशासन नभएकाहरू जसरी बसेनौँ | पावलले सकारात्मक भनाइलाई जोड दिनको लागि युगल अकरणको प्रयोग गर्छन् । यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामी तिमीहरूको माझमा निकै अनुशासन भएकाहरू जसरी जियौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublenegatives]]) |
99 | 2TH | 3 | 8 | d9h1 | figs-merism | νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι | 1 | हामीले रातदिन काम गर्यौँ | “हामीले रातको अवधिमा र दिनको अवधिमा काम गर्यौँ ।” यहाँ “रात” र “दिन” भनेको कुनै चीजको सम्पूर्णतालाई जनाउने भाषाको एउटा अलङ्कार हो र तिनको अर्थ “हर समय” भन्ने हुन्छ । वैकल्पिक अनुवादः “हामीले हर समय काम गर्यौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-merism]]) |
100 | 2TH | 3 | 8 | w8fq | figs-doublet | ἐν κόπῳ καὶ μόχθῳ | 1 | कठोर परिश्रम र अप्ठेरोमा | उनका परिस्थितिहरू कति कठिन थिए भनेर पावलले जोड दिन्छन् । कठिन परिश्रमले अत्यन्तै ज्यादा प्रयत्नको आवश्यक पर्ने कामको आशय दिन्छ । कठोर परिश्रमले आशय दिन्छ कि तिनीहरूले पीडा र कष्ट खपे । वैकल्पिक अनुवादः “धेरै अप्ठ्यारा परिस्थितिहरूमा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublet]]) |
101 | 2TH | 3 | 9 | sn3k | figs-doublenegatives | οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ’ | 1 | हामीसँग कुनै अधिकार नभएको कारणले हामीले यसो गरेको होइन । बरु, हामीसँग थियो | पावलले सकारात्मक भनाइलाई जोड दिनको लागि युगल अकरणको प्रयोग गर्छन् । यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “हामीसँग तिमीहरूबाट खाना पाउने अवश्य नै अधिकार छ, तर त्यसको साटोमा हामीले हाम्रो खानाको लागि काम गर्यौँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublenegatives]]) |
102 | 2TH | 3 | 10 | c652 | figs-doublenegatives | τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω | 1 | जसले काम गर्न चाहँदैन त्यसले खानुहुँदैन | यसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यदि कोही व्यक्ति खान चाहन्छ भने, उसले काम गर्नु पर्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-doublenegatives]]) |
103 | 2TH | 3 | 11 | ey6c | figs-metaphor | τινας περιπατοῦντας…ἀτάκτως | 1 | कोही अल्छे भएर हिँड्छन् | यहाँ “हिँड्नु”को अर्थ जीवन जिउने आचरण हुन्छ । वैकल्पिक अनुवादः “केही अल्छे जीवन जिउँछन्” वा “केही अल्छे छन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]) |
104 | 2TH | 3 | 11 | iv1z | ἀλλὰ περιεργαζομένους | 1 | तर त्यसको साटो अर्काको काममा हात लगाउनेहरू हुन् | अर्काको काममा हात हाल्नेहरू भनेको ती मानिसहरू हुन् जसले सहयोगको लागि अनुरोध नपाइकनै अरूहरूको मामिलाहरूमा हस्तक्षेप गर्छन् । | |
105 | 2TH | 3 | 12 | bm6z | μετὰ ἡσυχίας | 1 | शान्तसँग | “चूपचाप, शान्तिपूर्वक र हल्का तवरले ।” पावलले अर्काको काममा हात हाल्नेहरूलाई अरू मानिसहरूको मामिलामा सहभागी हुन छाड्नको लागि सल्लाह दिन्छन् । | |
106 | 2TH | 3 | 13 | jx8t | δέ | 1 | तर | पावलले अल्छे विश्वासीहरू र कठोर परिश्रमी विश्वासीहरूको बीचमा भएको भिन्नतालाई देखाउनको निम्ति यो शब्दको प्रयोग गर्छन् । | |
107 | 2TH | 3 | 13 | e59v | figs-you | ὑμεῖς…ἀδελφοί | 1 | तिमी, भाइहरू हो | “तिमी” शब्दले सारा थेसलोनिकेकी विश्वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-you]]) |
108 | 2TH | 3 | 13 | usu9 | figs-gendernotations | ἀδελφοί | 1 | भाइहरू | यहाँ “भाइहरू”ले पुरुष र स्त्री दुवै गरेर सङ्गी ख्रीष्टिएनहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “दाजुभाइ तथा दिदीबहिनीहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-gendernotations]]) |
109 | 2TH | 3 | 14 | mzs4 | εἰ…τις οὐχ ὑπακούει τῷ λόγῳ ἡμῶν | 1 | यदि कसैले हाम्रो वचनको पालना गर्दैन भने | “यदि कसैले हाम्रा निर्देशनहरूको पालना गर्दैन भने” | |
110 | 2TH | 3 | 14 | nv3v | figs-idiom | τοῦτον σημειοῦσθε | 1 | उसको विषयमा ख्याल गर | ऊ को हो भनी याद गर । वैकल्पिक अनुवादः “त्यस्तो व्यक्तिलाई सार्वजनिक रूपमा पहिचान गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]]) |
111 | 2TH | 3 | 14 | y552 | ἵνα ἐντραπῇ | 1 | ताकि ऊ शर्ममा परोस् | पावलले अल्छे विश्वासीहरूलाई अनुशासनको कार्यको रूपमा टाढा राख्नका निमित्त विश्वासीहरूलाई निर्देशन दिन्छन् । | |
112 | 2TH | 3 | 16 | nef4 | 0 | सामान्य जानकारीः | पावलले थेसलोनिकेमा भएका विश्वासीहरूको सामु अन्तिम भनाइहरू राख्छन् । | ||
113 | 2TH | 3 | 16 | whb9 | figs-explicit | αὐτὸς…ὁ Κύριος τῆς εἰρήνης, δῴη ὑμῖν | 1 | शान्तिका प्रभु आफैँले तिमीहरूलाई ... दिऊन् | यो थेसलोनिकीहरूको लागि पावलको प्रार्थना हो भनेर तपाईले स्पष्ट बनाउन सक्नुहुन्छ । वैकल्पिक अनुवादः “म प्रार्थना गर्छु कि शान्तिका प्रभु आफैँले तिमीहरूलाई ... दिनुभएको होस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]]) |
114 | 2TH | 3 | 16 | zl1s | figs-rpronouns | αὐτὸς…ὁ Κύριος τῆς εἰρήνης | 1 | शान्तिका प्रभु आफैँले | यहाँ “आफैँ” शब्दले जोड दिन्छ कि प्रभुले विश्वासीहरूलाई व्यक्तिगत रूपमा शान्ति दिनुहुनेछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-rpronouns]]) |
115 | 2TH | 3 | 17 | c2cb | ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ, Παύλου, ὅ ἐστιν σημεῖον ἐν πάσῃ ἐπιστολῇ, οὕτως γράφω | 1 | यो म, पावल, आफैँले लेखेको मेरो अभिवादन हो, जुन हरेक पत्रमा भएको चिन्ह हो | “म, पावल, मेरो आफ्नै हातले यो अभिवादन लेख्दछु, जुन अभिवादन चाहिँ कुनै पत्र त्यो साँच्चै मबाट आएको हो भनेर देखाउने चिन्हस्वरूप, म लेख्छु” | |
116 | 2TH | 3 | 17 | wg3f | οὕτως γράφω | 1 | म यसरी नै लेख्छु | पावलले स्पष्ट पार्दछन् कि यो पत्र उनीबाट आएको हो र कुनै जालसाजी होइन । |