translationCore-Create-BCS_.../en_tn_56-2TI.tsv

167 KiB
Raw Blame History

1BookChapterVerseIDSupportReferenceOrigQuoteOccurrenceGLQuoteOccurrenceNote
22TI1introp5lf0# २ तिमोथी ०१ सामान्य टिपोटहरू

## संरचना र ढाँचा

पावलले पदहरू १-२ मा यो पत्रलाई औपचारिक रूपमा परिचित गराउँछन् । प्राचीन मध्‍यपूर्वमा पत्र लेख्‍नेहरूले पत्रहरू लेख्‍न यसरी सुरु गर्दथे ।

## यस अध्यायमा भएका विशेष अवधारणाहरू

### आत्मिक सन्तानहरू

पावलले तिमोथीलाई ख्रीष्‍टियन र मण्‍डलीका अगुवाका रूपमा अनुशासित गरे । तिनले ख्रीष्‍टमा विश्‍वास गर्न पावलले नै डोहोर्‍याएका पनि हुन सक्‍छन् । यसकारण, पावलले तिमोथीलाई “प्रिय बालक” भन्‍दछन् । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/disciple]] अनि [[rc://ne/tw/dict/bible/kt/spirit]])

## यस अध्यायमा भएका अनुवादका अन्य सम्भावित कठिनाइहरू

### सतावट

पावलले यो पत्र लेख्‍दा तिनी झ्‍यालखानामा थिए । पावलले तिमोथीलाई सुसमाचारका लागि दुःख भोग्‍न उत्‍साह दिन्‍छन् ।
32TI11dcr3figs-inclusive0सामान्य जानकारीः
42TI11vl2gδιὰ θελήματος Θεοῦ1परमेश्‍वरको इच्छाद्वारापावल एक प्रेरित बने किनभने परमेश्‍वरले उनी एक प्रेरित बनेको चाहनुभयो। वैकल्‍पिक अनुवादः “परमेश्‍वरको इच्छाको कारण” अथवा “ किनभने परमेश्‍वरले यसो भएको चाहनु भयो” ।
52TI11m9kvfigs-metaphorζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ1ख्रीष्‍ट येशूमा भएको जीवनकोपावलले “जीवन”लाई येशू भित्र भएको कुनै वस्तुको रूपमा प्रस्तुत गर्छन् । यसले ख्रीष्‍ट येशूको भएको कारण मानिसहरूले प्राप्‍त गर्ने जीवनलाई जनाउँछ । वैकल्पिक अनुवादः “ख्रीष्‍ट येशूमा भएको कारण हामीले प्राप्‍त गर्ने जीवनको” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
62TI12w43qχάρις, ἔλεος, εἰρήνη, ἀπὸ1... बाट अनुग्रह, कृपा, र शान्तिलेखकको नाम र यसलाई प्राप्‍त गर्ने व्‍यक्‍ति (तिमोथी) बताएपछि, पावलले तिमोथीलाई आशिष्को कुरा लेखेका छन्। तपाईको भाषामा आशिष् व्‍यक्‍त गर्ने शब्‍द राख्‍नुहोस्, जुन तपाईका मानिसहरूले बुझ्‍दछन्। वैकल्‍पिक अनुवादः  “… बाट तिमीले आफूभित्र दया, कृपा र शान्तिको अनुभव गरेका होऊ” वा “ … बाट तिमीसँग अनुग्रह, दया, र शान्ति भएको होस् भनेर म प्रार्थना गर्छु।” (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/translate-blessing]])
72TI12ub7cguidelines-sonofgodprinciplesΘεοῦ Πατρὸς καὶ1परमेश्‍वर पिता रयो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । यहाँ पिताको सन्‍दर्भ यी हुनसक्‍छन्ः (१) ख्रीष्‍टका पिता। (२) विश्‍वासीहरूका पिता। वैकल्‍पि अनुवादः  “परमेश्‍वर, जो  पिता हुनुहुन्छ।”(हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/guidelines-sonofgodprinciples]])
82TI12yp2qΧριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν1ख्रीष्‍ट येशू हाम्रा प्रभु
92TI13tvb7ᾧ λατρεύω ἀπὸ προγόνων1जसको म पितापूर्खाहरूदेखि सेवा गर्छुयो एक वाक्‍यपद्धति हो जसको अर्थ पावलको परिवारले धेरै पुस्‍तादेखी परमेश्‍वरको सेवा गर्दै आएको छ। वैकल्‍पिक अनुवादः “जसको सेवा मेरा पूर्खाहरूले गरे र म पनि गर्छु्।” (हेर्नुहोस्ः  [[rc://en/ta/man/translate/figs-idiom]])
102TI13ha9dfigs-metaphorἐν καθαρᾷ συνειδήσει1शुद्ध विवेकलेपावलले उनको विवेकलाई भौतिक रूपमा नै सफा हुन सक्‍ने वस्तु भए झैँ गरी बताउँछन् । यसको अर्थ यो हो कि शुद्ध अन्‍तस्‍करण भएको व्यक्तिले दोषी अनुभव गर्दैन किनकि उसले सधैँ जे ठीक छ त्यही मात्र गर्ने कोसिस गर्छ । वैकल्पिक अनुवादः “मैले जे ठीक छ त्यही गर्ने कठिन प्रयत्‍न गरेको छु भन्‍ने जानेर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
112TI13rz7sὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν1जसै म तिमीलाई निरन्तर सम्झन्छुअमूर्त संज्ञा सम्‍झना प्रयोग गरेर पावलले सम्‍झिने कामको बारेमा बोताएका छन्।तपाईको भाषामा यो अवधारणा व्‍यक्‍त गर्ने विशेष तरिका हुन सक्‍छ, जस्‍तै क्रियाको साथमा। यदि त्‍यसो हो भने, तपाईले आफ्‍नो अनुवादमा प्रयोग गर्न सक्‍नुहुन्‍छ। वैकल्पिक अनुवादः “जसरी म मेरो प्रार्थनामा निरन्‍तर तिम्रो विषयमा कुरा गर्छु।” (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-abstractnouns]])
122TI13pa6qfigs-merismνυκτὸς καὶ ἡμέρας1रात र दिनयहाँ “रात र दिन” लाई “सधैँ” को अर्थ दिनलाई एकसाथ प्रयोग गरिएको छ । यसको अर्थ यो हो कि जुनसुकै समय भए पनि पावलले बारम्‍बार परमेश्‍वरलाई प्रार्थना गर्छन्। यसको अर्थ उनले रानभरी र दिनभर कहिल्‍यै नरोकेर प्रार्थना गर्छन् होइन।  वैकल्पिक अनुवादः “हरेक समयमा” वैकल्‍पिक अनुवादः “सधैँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-merism]])
132TI14zc8sἐπιποθῶν σε ἰδεῖν1म तिमीलाई देख्‍न तृष्‍णा गर्छु
142TI14gu8cfigs-metaphorχαρᾶς πληρωθῶ1म आनन्दले भरिन सकूँपावलले आफ्‍नै विषयमा उनी कसैले भर्न सक्‍ने एक भाँडो भए झैँ गरेर बताउँछन्। वैकल्पिक अनुवादः “म आनन्दित हुन सकूँ” वा “मसँग पूर्ण आनन्द हुन सकेको होस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]]
152TI15rhs7figs-activepassiveὑπόμνησιν λαβὼν τῆς ἐν σοὶ1मलाई तिम्रो ... को सम्झना भएको छ
162TI15buc3τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως1तिम्रो साँचो विश्‍वासपावलले तिमोथीको विश्‍वासलाई अमूर्त संज्ञाको रूपमा बुझाउँछन्। तपाईको भाषामा यो अवधारणा व्‍यक्‍त गर्ने विशेष तरिका हुन सक्‍छ जस्‍तै क्रियाको साथमा। यदि त्‍यसो हो भने, तपाईले आफ्‍नो अनुवादमा यसको प्रयोग गर्न सक्‍नुहुन्‍छ। वैकल्‍पिक अनुवादः “तिम्रो विश्‍वास जुन वास्तविक छ” (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-abstractnouns]])
172TI15l8wctranslate-namesΛωΐδι…Εὐνίκῃ1लोइस ... युनिसयो स्‍त्रीको नाम हो, तिमोथीको हजुरआमा, जो सायद उसको आमाको आमा हुन्। (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])
182TI16ngi30जोड्ने कथनः
192TI16j58kδι’ ἣν αἰτίαν1यो नै कारण होपावलले तिमोथीलाई आफ्‍नो वरदान पुनः जगाउनको लागि सोध्‍नुको कारण येशूमा तिमोथीको विश्‍वासमा विश्‍वास्‍त हुनु हो भनेर लेकेका छन्। वैखल्‍पिक अनुवादः   “यही कारणले गर्दा” वा “येशूमा तिम्रो सच्‍चा विश्‍वासको कारण”
202TI16h6eqfigs-metaphorἀναζωπυρεῖν τὸ χάρισμα1वरदानलाई पुनः प्रज्वलित पार्नतिमोथीले आफ्नो वरदानलाई पुनः प्रयोग गर्न सुरु गर्नुपर्ने उनको आवश्‍यकताचाहिँ उनले पुनः आगो बाल्‍ने कुरा भए झैँ गरेर पावलले बताउँछन् । वैकल्पिक अनुवादः “वरदानलाई पुनः प्रयोग गर्न थाल्‍नु जागरुक होऊँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
212TI17h1z3οὐ…ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως, καὶ ἀγάπης, καὶ σωφρονισμοῦ1परमेश्‍वरले हामीलाई डरको आत्मा दिनुभएन, तर शक्ति र प्रेम र अनुशासनको आत्मा दिनुभयोयहाँ, आत्‍माका सम्भावित अर्थहरूः १) पवित्र आत्मा। वैकल्पिक अनुवादः “परमेश्‍वरको पवित्र आत्माले हामीलाई डराउने बनाउनुहुन्‍न । उहाँले हामीमा शक्ति र प्रेम र अनुशासन हुने तुल्याउनुहुन्छ ।” वा २) “आत्मा”ले मानिसको कुनै गुणलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरले हामीलाई डराउने तुल्याउनुहुन्‍न तर शक्ति र प्रेम र अनुशासन हुने तुल्याउनुहुन्छ”
222TI18fk9zτὸ μαρτύριον1गवाहीकोपावलले गवाही शब्‍दले सन्‍देशलाई नभई  प्रभुको बारेमा अरूलाई बताउने गतिविधिलाई बुझाउन प्रयोग गरिरहेको हुन सक्‍छ। वैकल्‍पिक अनुवादः “गवाही दिने कुराको” वा “अरूहरूलाई बताउने कुराको” (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-metonymy]])
232TI18blk9τὸν δέσμιον αὐτοῦ1उहाँको कैदीपावललाई प्रभुद्वारा कैदी बनाइएको होइन। उनले प्रभुको बारेमा गवाही दिएको कारणले एक  कैदी भएको हुन्। वैकल्‍पिक अनुवादः “उहाँको खातिर एक कैदी” वा “प्रभुको लागि एक कैदी”
242TI18ry82figs-metaphorσυνκακοπάθησον τῷ εὐαγγελίῳ1सुसमाचारको खातिर कष्‍टमा सहभागीशब्‍द सँगैको सम्‍भावित अर्थहरूः (१) तिमोथीले पावलसँगै दुःख भोग्‍नुपर्छ। (२) तिमोथीले सबै सतावटमा परेका विश्‍वासीहरूसँगै दुःख भोग्‍नुपर्छ।
252TI18hi9aτῷ εὐαγγελίῳ, κατὰ δύναμιν Θεοῦ1परमेश्‍वरको शक्तिअनुसार सुसमाचार पावलले तिमोथीलाई सम्‍भाइरहेका छन् कि परमेश्‍वरले मानिसहरूलाई दुःख पाउँदा शक्‍ति प्रदान गर्नुहुन्‍छ ताकि तिनीहरूले दुःख भोगमा सहन गर्न सक्‍ने छन्। वैकल्‍पिक अनुवादः “सुसमाचारको लागि, तिमीलाई बलियो बनाउन परमेश्‍वलाई अनुमति दिँदै”
262TI19ub31οὐ κατὰ τὰ ἔργα ἡμῶν1हाम्रा कामहरूअनुसार होइन
272TI19zq7mπρὸ χρόνων αἰωνίων1समयहरू सुरु हुनभन्दा अगाडि नैयो एक मुहावरा हो जसले संकेत गर्दछ कि परमेश?‍वरले समय र संसारको सृष्‍टि अघि ख्रीष्‍टमा विश्‍वासद्वारा वचाउने निर्णय गर्नुभएको थियो। वैकल्‍पिक अनुवादः “समय सुरु हुनभन्दा अगाडि” (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-idiom]])
282TI110i7clfigs-metaphorκαταργήσαντος μὲν τὸν θάνατον1जसले मृत्युलाई अन्त गर्नुभयो
292TI111tb9bfigs-activepassiveἐτέθην ἐγὼ κῆρυξ1म एक प्रचारक नियुक्त भएँयदि तपाईको भाषाले निष्‍क्रिय मौखिक रूपहरू प्रयोग गर्दैन भने, तपाई यही विचार व्‍यक्‍त गर्न सक्रिय रुपमा प्रयोग गर्न सक्नुहुन्‍छ। यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले मलाई एक प्रचारक हुनलाई चुन्‍नुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
302TI112j37gδι’ ἣν αἰτίαν1यसको निम्तिपावलले एक प्रेरितको रूपमा आफ्‍नो अवस्‍थालाई फर्केर हेर्दा आफ्‍नो दुःखको कारण व्‍यक्‍त गर्छन्। वैकल्‍पिक अनुवादः “किनभने म एक प्रेरित हुँ”
312TI115p6f4figs-metaphorἀπεστράφησάν με1मबाट तर्केर गएका छन्यो एउटा रूपक हो जसको अर्थ तिनीहरूले पावललाई त्‍यागे र उनलाई सहयोग गर्न छोडे भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “मलाई छोडे” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
322TI115x6cctranslate-namesΦύγελος καὶ Ἑρμογένης1फुगेलस र हर्मोगेनसयी पुरुषका नाम हुन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])
332TI116e6hltranslate-namesὈνησιφόρου1ओनेसिफरसयो एउटा पुरुषको नाउँ हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])
342TI2introk3zn0# २ तिमोथी ०२ सामान्य टिपोटहरू

## संरचना र ढाँचा

११ख-१३ मा, पावलले कुनै कविता वा भजनलाई उद्धरण गरिरहेका हुन सक्छन् । पाठकलाई यो उद्धरण हुन सक्ही‍छ भनेर देखाउनको लागि,  तपाईको अनुवादमा यी पदहरूलाई अध‍यायमा अन्‍य पदहरूभन्‍दा अध्‍यायमा अन्‍य पदहरू भन्‍दा दायाँ तिर पर सार्न छनौट गर्न सक्‍नुहुन्‍छ।

## यस अध्यायमा भएका विशेष अवधारणाहरू

### हामी उहाँसँगै राज गर्नेछौँ

विश्‍वासयोग्य ख्रीष्‍टियनहरूले भविष्‍यमा ख्रीष्‍टसँगै राज गर्नेछन् । (हेर्नुहोस्ः rc://ne/tw/dict/bible/kt/faithful)

## यस अध्यायमा भएका भाषाका महत्त्वपूर्ण अलङ्कारहरू

### सादृश्‍यहरू

यस अध्‍यायमा, ख्रीष्‍टियन भई जीवन बिताउने कुराका बारेमा शिक्षा दिनका लागि पावलले धेरैवटा तुलनात्कम उदाहरण दिएका छन् । तिनले सिपाही, खेलाडी र किसानका बारेमा तुलनात्कम उदाहरण प्रयोग गरे । अध्‍यायको आखिरीमा, तिनले घरमा भएका विभिन्‍न किसिमका भाँडाहरूका बारेमा तुलनात्कम उदाहरण प्रयोग गर्दछन् ।
352TI21t13s0जोड्ने कथनः
362TI21bll5figs-metaphorτέκνον μου1मेरा बालकयहाँ “बालक” भनेको महान् प्रेमलाई देखाउने र स्वीकार गरेको कुरालाई जनाउने शब्द हो । तिमोथी पावलको शारीरिक सन्‍तान थिएनन्। यो सम्भव छ कि तिमोथीलाई पावलद्वारा नै ख्रीष्‍टमा ल्याइएको थियो, र त्यसैले पावलले तिनलाई आफ्‍नो बाकल झैँ ठाने । वैकल्पिक अनुवादः “जो मेरो बालक जस्तै छन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
372TI22ig9vδιὰ πολλῶν μαρτύρων1धेरै गवाहीको माझमापावलले सार्वजनिक स्‍थानमा उपस्‍थित अरूहरूसँग सिकाउने कुरालाई संकेत गर्दैछन्। तात्‍पर्य यो हो कि ती अरूले उनले सिकाएको कुराको गवाही दिन सक्‍छन्। वैकल्‍पिक अनुवादः “मैले भनेको कुरा सही हो भनेर गवाही दिन सक्‍ने मानिसहरूको उपस्‍थितिमा” (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-explicit]])
382TI22kv1mfigs-metaphorταῦτα παράθου πιστοῖς ἀνθρώποις1विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊपावलले तिमोथीलाई दिएका शिक्षाहरूलाई तिमोथीले अरू मानिसहरूलाई दिन सक्‍ने र तिनीहरूले सही तरिकाले प्रयोग गर्नेछन् भनी आशा राख्‍न सक्‍ने वस्तुको रूपमा व्यक्त गर्दछन् । वैकल्पिक अनुवादः “तिनीहरूलाई सुम्पिदेऊ” वा “तिनीहरूलाई सिकाऊ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
392TI24d2lgτῷ στρατολογήσαντι1आफ्नो हाकिमवैकल्‍पिक अनुवादः “उसको अगुवा” वा “उसलाई आज्ञा दिने व्यक्ति”
402TI25xbn6figs-activepassiveοὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ1उसले नियम अनुसार नखेली मुकुट जित्‍न सक्दैनयदि तपाईका पाठकहरूले यसलाई दोहोरो नकारात्‍मकलाई गलत बुझ्‍दछन् भने, तपाई यसलाई सकारात्‍मक कथनको रूपमा अनुवाद गर्न सक्‍नुहुन्‍छ। वैकल्‍पिक अनुवादः “यदि उसले नियम बमोजिम प्रतिष्पर्धा गरे मात्र तिनीहरुले उसलाई विजयी खेलाडीको रूपमा मुकुट दिनेछन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
412TI25reg6νομίμως ἀθλήσῃ1नियम अनुसार खेलीपावलले प्रतिस्‍पर्धालाई नियन्‍त्रित गर्ने नियमहरूलाई उल्‍लेख गर्दैछन्। खेलाडीहरूले नियमहरू पालना गर्नुपर्ने थियो नत्र उनीहरू प्रतियोगिताबाट हटाइनेछन् र जित्‍ने मौका पाउने छैनन्। यदि तपाईका पाठकहरूले यस तथ्‍यलाई गलत बुझ्‍छन् भने, तपाई यी नियमहरू उल्‍लेख गर्न सक्‍नुहुन्छ। वैकल्‍पिक अनुवादः “उनले नियम अनुसार प्रतिस्‍पर्धा गरेनन्” (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-explicit]])
422TI28rp960जोड्ने कथनः
432TI28mh1kfigs-metaphorἐκ σπέρματος Δαυείδ1दाऊदको वंशबाट…को सन्‍तानबाट भन्‍ने वाक्‍यांशले लाक्षणिक रूपमा येशू राजा दाऊदको वंशबाट आउनुभयो भन्‍ने कुरालाई जनाउँछ। वैकल्‍पिक अनुवादः “जो दाऊदका सन्तानबाट हुनुहुन्‍छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
442TI28wt31figs-activepassiveἐγηγερμένον ἐκ νεκρῶν1मृतकबाट उठ्नु भएकोयहाँ मृत्‍युबाट बौरी उठाउनु भन्‍ने अभिव्‍यक्‍ति मरिगएको कसैलाई पुनः जीवित हुने तुल्याउने कुरालाई जनाउने वाक्‍पद्धति हो । वैकल्पिक अनुवादः “जसलाई परमेश्‍वरले पुनः जीवित बनाउनुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])
452TI28s4vhfigs-metonymyκατὰ τὸ εὐαγγέλιόν μου1मैले सुसमाचारको सन्देशमा भनेअनुसारयहाँ मेरो शब्‍दले यो धारणा व्‍यक्‍त गर्दछ कि यो पावलसँग सम्‍बन्‍धित सुसमाचार हो किनभने उनले घोषणा गर्ने सुसमाचारको सन्देश यही हो । वैकल्पिक अनुवादः “मैले प्रचार गर्ने सुसमाचारको सन्देश अनुसार छ” (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-possession]])
462TI29t2axfigs-metonymyμέχρι δεσμῶν ὡς κακοῦργος1अपराधी झैँ बन्धनमा पर्ने अवस्थासम्मयहाँ पावलले लाक्षणिक रूपमा साङ्लामा बाँधिनु भन्‍ने अभिव्‍यक्‍ति प्रयोग गरेर उनले कि दुःख भोग्‍नुपर्यो जहाँ उनी कुटपिटबाट, गिरफ्‍तारीबाट, झ्‍यालखानामा साङ्लामा बाँधिनुसम्‍म भएर जानुपर्यो। वैकल्पिक अनुवादः “एक जना अपराधीले झैँ झ्‍यालखानामा साङ्लाले बाँधिने अवस्‍थासम्‍म” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]]
472TI29pc6tfigs-metaphorὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται1परमेश्‍वरको वचन बाँधिएको छैनयहाँ “बन्धनमा पर्ने” भन्‍नाले पावलको अवस्‍थालाई कैदीको रूपमा साङ्लोमा बाधीने कुरालाई संकेत गर्दछ। पावलले आफूलाई एक वास्‍तविक कैदि, जो परमेश्‍वरको सन्‍देशसगँ भिन्‍नता भएको देखाउछन् जुन कहिल्‍यै कैदि हुन सक्दैन् ।वैकल्पिक अनुवादः “कसैले पनि परमेश्‍वरको वचनलाई रोक्‍न सक्दैन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
482TI210aa1xfigs-activepassiveδιὰ τοὺς ἐκλεκτούς1चुनिएकाहरूका लागिछानिनु भनिने शब्‍द एक विशेषण हो जुन यहाँ कर्तृ वाच्यको रूपमा कार्य गर्दछ र मानिसहरूको समूहलाई बुझाउँछ। यदि तपाईको भाषाले त्‍यसरी विशेषण प।रयोग गर्दैन भने, तपाईले यो शब्‍दलाई समान वाक्‍याँशको साथ अनुवाद गर्न सक्‍नुहुन्‍छ। वैकल्पिक अनुवादः “परमेश्‍वरले छान्‍नु भएका मानिसहरूका निम्ति” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
492TI210j2bkfigs-metaphorσωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ1येशू ख्रीष्‍टमा भएको मुक्ति प्राप्‍त गरून्मुक्‍ति प्राप्‍त गर्नु भन्‍ने वाक्‍यांशलाई विषयको रूपमा मुक्ति प्रदान गर्ने ख्रीष्‍ट येशूसँग पनि व्‍यक्‍त गर्न सकिन्‍छ। वैकल्पिक अनुवादः “ख्रीष्‍ट येशूले तिनीहरूलाई मुक्ति दिन सक्‍नुहुन्‍छ।” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
502TI211nr7uπιστὸς ὁ λόγος1यो एउटा विश्‍वासयोग्य भनाइ होयस सन्‍दर्भमा, वचन शब्‍दले इश्‍वरशास्‍त्रको विद्यालाई जनाउँछ। तपाईले यस वाक्‍यांशलाई १ तिमोथी १ः१५ मा कसरी अनुवाद गर्नुभयो सो हेर्नुहोस्। वैकल्‍पिक अनुवादः “यी  भनाई निर्भर छ।”
512TI211g6e4writing-poetryεἰ γὰρ συναπεθάνομεν, καὶ συνζήσομεν1हामी उहाँसँगै मर्‍यौँ भने, हामी उहाँसँगै जिउने पनि छौँयो पावलले कुनै गीत वा कवितालाई उद्धृत गरेको हुनुपर्छ । यदि तपाईंको भाषामा यो कविता हो भन्‍ने देखाउने कुनै तरिका छ भने जस्‍तै अलग अलग हरफहरूमा व्‍यक्‍तिगत वाक्‍याँशहरू मिलाएर राख्‍ने तरिकाको तपाईले यहाँ र २ः१२ र २ः१३ मा प्रयोग गर्न सक्‍नुहुन्छ। यदि छैन भने यसलाई गद्य नभई पद्य कै रूपमा व्यक्त गर्न सक्‍नुहुन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/writing-poetry]])
522TI213y1wjwriting-poetryεἰ ἀπιστοῦμεν…ἀρνήσασθαι…ἑαυτὸν οὐ δύναται1यदि हामी अविश्‍वासयोग्‍य छौँ भने ... उहाँले आफैलाई इन्कार गर्नुहुन्‍न
532TI213ke4wεἰ ἀπιστοῦμεν1यदि हामी अविश्‍वासयोग्‍य छौँ भने पावलले अविश्‍वासयोग्‍य शब्‍द प्रयोग गर्दछ जसले विश्‍वासीहरूको अवस्‍थालाई व्‍यक्‍त गर्दछ जसले निरन्‍तर रूपमा येशूको आज्ञा पालन गर्दैन, बरु उहाँको अनाज्ञाकारी हुन्‍छ। वैकल्‍पिक अनुवादः “यदि हामीले येशूकोआज्ञा पालन गरेनौँ” वा “यदि हामीले येशूले चाहेको कुरा गर्दैनौँ भने।”
542TI214r5lqfigs-metaphorἐνώπιον τοῦ Θεοῦ1परमेश्‍वरको अगाडियसको अर्‍थ यो हो कि पावलले  तिमोथीलाई विश्आ‍वासीहरूलाई यो आज्फ्नोञा दिएपछि, तिनीहरूले के गर्छन परमेश्‍वरलेहेरिरहनुभएको छ भनी भनीरहेका छन्। वैकल्पिक अनुवादः “परमेश्‍वरसगँ तिनीहरूको साक्षीको रूपमा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
552TI214g6p7μὴ λογομαχεῖν1शब्दहरूमा तर्क-वितर्क नगरतर्कहरू वर्णन गर्न पावलले युद्ध शब्‍दलाई लाक्षणिक रूपमा प्रयोग गर्छन्। यसको सम्भावित अर्थहरूः १)  विश्‍वासीहरूले सुसमाचारको सन्‍देश प्रस्‍तुत गर्न प्रयोग गर्ने शब्‍दहरू जस्‍ता महत्त्‍वपूर्ण नभएका कुराहरूको बारेमा बहस गर्नु हुँदैन। यसले मानिसहरूलाई महत्त्‍वपूर्ण कुराहरू, जस्‍तै सुसमाचारको सन्‍देश आफै “मानिसहरूले भन्‍ने मूर्ख कुराहरूको विषयमा झगडा नगर” वा २) “शब्‍दहरूको अर्थको विषयमा बहस नगर”
562TI214rke6ἐπ’ οὐδὲν χρήσιμον1त्यसको कुनै मूल्य हुँदैन“यसले कसैलाई भलाई गर्दैन”
572TI215m3vyσεαυτὸν, δόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον1शर्माउन नपर्ने कामदारजस्तै परमेश्‍वरको उपस्थितिमा स्वीकारयोग्य“योग्य प्रमाणित भएको र शर्माउन नपर्ने व्यक्तिको रूपमा आफूलाई परमेश्‍वरको अगाडि प्रस्तुत गर”
582TI215rj6yfigs-metaphorἐργάτην1कामदारतिमोथीले परमेश्‍वरको वचनको ठीक व्याख्या गर्ने कामलाई तिनी कुनै एक कुशल कामदारको रूपमा पावलले व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “कामदारको रूपमा” अथवा “कामदार जस्तै” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
592TI215xgz9ὀρθοτομοῦντα τὸν λόγος τῆς ἀληθείας1सत्यताको वचनलाई ठीकसँग सिकाउँछसम्भावित अर्थहरू हुन् १) “सत्यताको वचनको बारेमा भएको ठीक तरिकाले व्याख्या गर्छ” वा २) “सत्य सन्देशलाई ठीक तरिकाले व्याख्या गर्छ ।”
602TI216e27qfigs-metaphorἐπὶ πλεῖον…προκόψουσιν ἀσεβείας1जसले तिमीहरूलाई अझ धेरै भक्तिहीनतातर्फ डोहोर्‍याउँछपावलले यस्तो खालको कुरा एक ठाउँदेखि अर्को ठाउँमा भौतिक रूपले जाने कुराको रूपमा व्यक्त गर्छन् र भक्तिहीनतालाई कुनै नयाँ ठाउँको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “जसले मानिसहरूलाई अझ बढी नास्तिक बनाउँछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
612TI217i73tfigs-simileὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει1तिनीहरूको वचन निको नहुने सइनको घाउजस्तै फैलिनेछसइनको घाउ कुनै व्यक्तिको शरीरमा चाँडै फैलन्छ त्यसलाई नाश गर्छ । यो एउटा अलङ्कार हो जसको अर्थ ती मानिसहरूले भनिरहेका कुराहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ र ती सुन्‍नेहरूको विश्‍वासलाई हानी गर्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले भन्‍ने कुराहरू संक्रमणातमक रोग जस्तै फैलनैछ” वा “तिनीहरूका कुराहरू चाँडै फैलनेछ र सइनको घाउ जस्तै गरी नाश ल्याउनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-simile]])
622TI217x2k6translate-namesὙμέναιος, καὶ Φίλητος1हुमेनियस र फिलेतसयी पुरुषका नाम हुन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])
632TI218fi9zfigs-metaphorοἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν1सत्यताबाट टाढा हराइरहेकायहाँ “सत्यताबाट टाढा गएका” भनेको सत्य कुरालाई अब अरू बढी विश्‍वास नगर्ने वा नसिकाउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “जसले ती कुराहरू भन्‍न सुरु गरेका छन् जुन सत्य छैनन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
642TI218pu22ἀνάστασιν ἤδη γεγονέναι1पुनरुत्थान पहिले नै भइसकेको छ“परमेश्‍वरले मरेका विश्‍वासीहरूलाई अनन्त जीवनका लागि पहिले नै उठाइसक्‍नुभएको छ”
652TI218ura5ἀνατρέπουσιν τήν τινων πίστιν1तिनीहरूमध्‍ये कतिको विश्‍वासलाई खल्बल्याइरहेका छन्“तिनीहरूले केही मानिसहरूलाई विश्‍वास गर्नबाट रोकेका छन्”
662TI219zp5mfigs-metaphor0सामान्य जानकारीःजसरी धनीहरूको परिवारमा मूल्यवान् र सामान्य भाँडाहरूलाई सम्मानित कामको लागि प्रयोग गरिन्छ, त्यसरी नै परमेश्‍वरतिर फर्कने व्यक्तिहरूलाई असल कामको लागि परमेश्‍वरले सम्मानित तरिकाले प्रयोग गर्नुहुन्छ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
672TI219ir1zfigs-metaphorὁ…στερεὸς θεμέλιος τοῦ Θεοῦ ἕστηκεν1परमेश्‍वरको दृढ जग स्थिर रहन्छसम्भावित अर्थहरू हुन् १) “परमेश्‍वरको सत्यता दृढ जग जस्तै छ” वा २) “परमेश्‍वरले आफ्ना मानिसहरूलाई बलियो जग भएको भवन जस्तै स्थापित गर्नुभएको छ” वा ३) “परमेश्‍वरको विश्‍वासयोग्यता दृढ जगजस्तै छ ।” कुरा जे सुकै भए तापनि पावलले यसलाई जमिनमा स्थापित गरेको भवनको जगको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
682TI219nd7tfigs-metonymyὁ ὀνομάζων τὸ ὄνομα Κυρίου1जसले प्रभुको नाउँ लिन्छ“जसले परमप्रभुको नाम पुकार्छ” यहाँ “परमप्रभुको नाम” ले परमप्रभु आफैँलाई जनाउँछ । वैकल्पिक अनुवादः “जसले परमप्रभुलाई पुकार्छ” वा “जसले आफूलाई ख्रीष्‍टमा विश्‍वासी भन्दछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
692TI219y3bcfigs-metaphorἀποστήτω ἀπὸ ἀδικίας1अधर्मबाट टाढा रहोस्पावलले अधर्मलाई कुनै ठाउँको रूपमा व्यक्त गर्छन् जहाँ देखि टाढा जान सकिन्छ । वैकल्पिक अनुवादः “दुष्‍ट हुनदेखि रोक” वा “गलत कार्य गर्न रोक” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
702TI220j75lfigs-metaphorσκεύη χρυσᾶ καὶ ἀργυρᾶ…ξύλινα καὶ ὀστράκινα1सुन र चाँदीका भाँडाहरू ... काठर माटाका भाँडायहाँ “भाँडा”ले मानिसहरूले खाना राख्‍न वा पिउन प्रयोग गर्ने बटुका, थालहरूलाई जनाउँछ । यदि तपाइंको भाषामा यदि तपाईको भाषामा यसको सामान्य शब्द छैनभने, “कचौरा” वा “भाँडा” शब्द प्रयोग गर्नुहोस् । यो विभिन्‍न किसिमका मानिसहरूलाई जनाउनको लागि प्रयोग भएको आलङ्कारिक शब्द हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
712TI220mt5eτιμὴν…ἀτιμίαν1आदरपूर्ण प्रयोग ... अनादरपूर्णसम्‍भावित अर्थहरू हुन् १) “विशेष समारोह ... साधारण समय” वा २) “मानिसहरूले सार्वजनिक रूपमा गर्ने क्रियाकलापहरू ... मानिसहरूले गोप्य रूपमा गर्ने क्रियाकलापहरू ।”
722TI221jm3pfigs-metaphorἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων1अनादरयोग्‍य प्रयोगबाट आफैलाई शुद्ध पार्दछसम्‍भावित अर्थहरू हुन् १) “अनादर योग्य मानिसहरूबाट आफैँलाई अलग राख्दछ” वा २) “आफैँलाई शुद्ध बनाउँछ ।” पावलले यो प्रक्रियालाई कुनै व्यक्तिले आफैँलाई धोएर सफा बनाउने कामको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
732TI221g79ffigs-metaphorἔσται σκεῦος εἰς τιμήν1ऊ एउटा आदरको भाँडो हुन्छपावलले त्यस व्यक्तिलाई कुनै आदरको भाँडोको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “ऊ विशेष समारोहमा उपयोगी भाँडाजस्तै छ” वा “ऊ असल मानिसहरूले सार्वजनिक रूपमा गर्ने क्रियाकलापमा उपयोगी भाँडाजस्तै छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
742TI221mh63figs-activepassiveἡγιασμένον εὔχρηστον τῷ Δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον1मालिकका लागि उपयोगी र हरेक असल कामको लागि ऊ अलग गरिएको हुन्छयसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मालिकले तिनलाई अलग गर्छन् र मालिकले उसलाई हरेक असल कार्यमा प्रयोग गर्नका लागि ऊ तयार हुन्‍छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
752TI221nl5dfigs-metaphorἡγιασμένον1ऊ अलग गरिएकोऊ शारीरिक रुपले अलग गरिएको वा स्थानान्तरण गरिएको हैन तर उद्देश्य पुरा गर्नको लागि अलग गरिएको हो । केही संस्करणहरूले यसलाई “पवित्र गरिएको” भनेर अनुवाद गर्छन् तर यो खण्डले अलग गरिएको भन्‍ने कुरा नै बताउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
762TI222h9p6figs-metaphorτὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε1जवानीको अभिलाषाबाट अलग बसपावलले जवानीको अभिलाषाहरूलाई कुनै डरलाग्दो व्यक्ति वा जनावरको रूपमा व्यक्त गर्छन् जसदेखि तिमोथी टाढा भाग्‍नु पर्छ । वैकल्पिक अनुवादः “जवानीको अभिलाषालाई पूर्ण रूपले इन्कार गर” वा “जवान मानिसहरूले गर्न चाहने गलत कुराहरूलाई पूर्ण रूपले नकार” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
772TI222srb7figs-metaphorδίωκε…δικαιοσύνην1धार्मिकतालाई पछ्याऊ“पछ्याऊ” भन्‍ने शब्द “भाग्‍नु” शब्दको विपरितार्थी हो । यहाँ पावलले धार्मिकतालाई तिमोथीको लागि भलाई गर्ने कुनै वस्तु हो जसतर्फ तिमोथी दौडनुपर्छ भन्‍ने तरिकाले व्यक्त गरेका छन् । वैकल्पिक अनुवादः “धार्मिकता प्राप्‍त गर्ने हरसम्भव प्रयास गर” वा “धार्मिकता खोजी गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
782TI222hg99μετὰ τῶν1तिनीहरूसँगसम्भावित अर्थहरू हुन् १) धार्मिकता, विश्‍वास, प्रेम र शान्‍तिको खोजी गर्ने कार्यमा अरू विश्‍वासीहरूसँग तिमोथी सामेल होउन् भन्‍ने पावलको इच्‍छा छ वा २) तिमोथी शान्‍तिसाथ बसून् र अरू विश्‍वासीसँग वादविवाद नगरून् भन्‍ने पावलको इच्‍छा छ ।
792TI222gl3qfigs-idiomτῶν ἐπικαλουμένων τὸν Κύριον1प्रभुलाई पुकार्नेहरूयहाँ “प्रभुलाई पुकार्ने” शब्द वाक्पद्धती हो जसको अर्थ प्रभुमा भरोसा गर्नु र उहाँको आराधना गर्नु भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “परमप्रभुको आराधना गर्नेहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])
802TI222b2tifigs-metaphorἐκ καθαρᾶς καρδίας1सफा हृदयबाटयहाँ “सफा” भनेको कुनै शुद्ध वा सच्‍चा कुरालाई जनाउने अलङ्कार हो । अनि, “हृदय” भनेको “सोचाइहरू” वा “भावनाहरू”लाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “सच्‍चा मनको साथ” वा “सच्‍चापनको साथ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-metonymy]])
812TI223tmf7figs-metonymyτὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ1मूर्ख र अज्ञानी प्रश्‍नहरूलाई इन्कार गर“मूर्ख र बेसमझका सवालको जवाफ दिन इन्कार गर ।” पावलले भन्‍न खोजेको यही हो कि, त्यस्ता प्रश्‍न सोध्‍ने मानिसहरू मूर्ख र अज्ञानी हुन् । वैकल्पिक अनुवादः “सत्य जान्‍न नखोज्‍ने मुर्ख मानिसहरूले सोधेको प्रश्‍नहरूको जवाफ नदेऊ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
822TI223kh6pfigs-metaphorγεννῶσι μάχας1तिनीहरूले वादविवाद ल्याउँछन्अज्ञानी प्रश्‍नहरूलाई पावलले जन्म दिँदै गरेका स्‍त्रीहरूको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले झगडा निम्त्याउँछन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
832TI225un9lἐν πραΰτητι1विनम्रतामा“नम्रतासाथ” वा “भद्रतासाथ”
842TI225u6rpπαιδεύοντα τοὺς1तिनीहरूलाई शिक्षा देऊ“तिनीहरूलाई सिकाऊ” अथवा “तिनीहरूलाई सच्याऊ”
852TI225jt1rfigs-metaphorμήποτε δώῃ αὐτοῖς ὁ Θεὸς μετάνοιαν1परमेश्‍वरले शायद तिनीहरूलाई पश्‍चात्ताप दिनुहुनेछपावलले पश्‍चातापलाई परमेश्‍वरले दिने कुनै वस्तुको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूलाई आफ्ना पापबाट फर्कने मौका दिनुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
862TI225u8dyεἰς ἐπίγνωσιν ἀληθείας1सत्यताको ज्ञानका लागि“ताकि तिनीहरूले सत्यताको ज्ञान जान्‍ने छन्”
872TI226ef3qfigs-metaphorἀνανήψωσιν1तिनीहरूको चेतना फर्किनेछपावलले पापीहरूले परमेश्‍वरको बारेमा सही तरिकाले विचार गर्न सिक्‍ने कुरालाई मातेको मानिस होशमा आएको कुराको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले फेरि सही तरिकाले सोच्लान्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
882TI226mql8figs-metaphorἐκ τῆς τοῦ διαβόλου παγίδος1दुष्‍टको पासोबाट उम्कनुपावलले ख्रीष्‍टिएनहरूलाई शैतानले पाप गर्न राजी गराउने कुरालाई कुनै पासोको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “दुष्‍टले चाहेको कुरा गर्न बन्द गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
892TI226dj4jfigs-metaphorἐζωγρημένοι ὑπ’ αὐτοῦ, εἰς τὸ ἐκείνου θέλημα1त्यसको इच्छा पूरा गर्नको लागि तिनीहरू त्यसद्वारा पक्राउ भइसकेपछिपावलले ख्रीष्‍टिएनहरूलाई शैतानले पाप गर्न राजी गराउने कुरालाई दुष्‍टले भौतिक रूपमा तिनीहरूलाई बन्दी बनाएको र दास बनाएको छ भनेर व्यक्त गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई उसको इच्छा पालन गर्ने बनाएर छल गरेपछि” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-activepassive]])
902TI3introk2cr0# २ तिमोथी ०३ सामान्य टिपोटहरू

## संरचना र ढाँचा

“अन्‍तिम दिनहरू” शब्‍दले सायद भविष्यमा येशूको पुनरागमन हुनुभन्‍दा ठीक पहिलेको समयलाई जनाउँछ । यस्‍तो हो भने, पावलले पद १-९ र १३ मा तिनै दिनका बारेमा अगमवाणी गरेका हुन् । “अन्‍तिम दिनहरू” शब्‍दले पावलको समयसहितको ख्रीष्‍टिएन युगलाई पनि जनाउँछ । यस्‍तै हो भने, सतावट भोग्ने बारेमा पावलले सबै ख्रीष्‍टिएनहरूलाई शिक्षा दिन्‍छन् । (हेर्नुहोस्ः [[rc://ne/tw/dict/bible/kt/prophet]] अनि [[rc://ne/tw/dict/bible/kt/lastday]])
912TI31j97t0जोड्ने कथनःपावलले तिमोथीलाई यो थाहा दिन्छन् कि भविष्यमा मानिसहरू सत्यबाट तर्केर जानेछन्, तर सतावट आए तापनि उनी चाहिँ परमेश्‍वरको पवित्रशास्‍त्रमा भर पर्न सक्‍नेछन् ।
922TI31g65rἐν ἐσχάταις ἡμέραις1अन्तिम दिनहरूमासम्भावित अर्थहरू हुन् १) यो पावलको भन्दा पछिको समय हो । वैकल्पिक अनुवादः “भविष्यमा येशू आउनुभन्दा केही अगाडि” वा २) यसले ख्रीष्‍टिएन युगलाई जनाउँछ, पावलको समयसहित । वैकल्पिक अनुवाद; “अन्त्यभन्दा अगाडिको यस समय अवधिमा”
932TI31n7gsκαιροὶ χαλεποί1कठिन समयहरूयी ख्रीष्‍टिएनहरूले कष्‍ट र खतरा भोग्‍ने दिनहरू,महिनाहरू, र वर्षहरू हुनेछन् ।
942TI32jb27φίλαυτοι1आफैँलाई प्रेम गर्नेहरूयहाँ “प्रेम गर्ने”ले भातृप्रेमलाई वा मित्रलाई वा परिवारलाई गर्ने प्रेम, मित्रहरू वा आफन्तहरूलाई गर्ने स्वभाविक प्रेमलाई जनाउँछ । यो परमेश्‍वरबाट आउने प्रेम होइन । वैकल्पिक अनुवादः “आत्म-केन्द्रित”
952TI33u3n7ἄστοργοι1स्वाभाविक प्रेमरहित“आफ्नै परिवारलाई प्रेम नगर्ने”
962TI33r2uvἄσπονδοι1पुनर्मिलाप गर्न नसक्‍ने“कसैसँगपनि सहमत नहुने” अथवा “कसैसँग पनि शान्तिमा नरहने”
972TI33ks9yἀφιλάγαθοι1असल नरुचाउनेयसलाई सकारात्मक रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवाद “असललाई घृणा गर्ने”
982TI34dw5zπροπετεῖς1लापर्वाह गर्नेहरूकि त के खराब हुन सक्‍छ भनेर नसोचिकन गर्ने वा खराब कुराहरू हुन सक्‍छ भनी जानेर पनि गर्ने
992TI34d6ngτετυφωμένοι1घमण्डीतिनीहरू अरू मानिसहरूभन्दा असल छन् भनी सोच्‍ने
1002TI35k5dcfigs-metaphorἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι1तिनीहरूसँग भक्तिको भेष हुनेछ, तर तिनीहरूले त्यसको शक्तिलाई इन्कार गर्नेछन्पावलले भक्ति, परमेश्‍वरको आदर गर्ने बानीलाई कुनै आकार र भौतिक शक्ति भएको वस्तुको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरू परमेश्‍वरलाई सम्‍मान गर्ने देखिन्छन्, तर तिनीहरूको व्यवहार गर्ने तरिकाले देखाउँछ कि तिनीहरू परमेश्‍वरको शक्तिमा साँच्‍चै विश्‍वास गर्दैनन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1012TI35tpe8ἔχοντες μόρφωσιν εὐσεβείας1भक्तिको भेष हुने“धार्मिक देखापर्ने” अथवा “परमेश्‍वरको आदर गर्ने झैँ देखिने”
1022TI35xm1cfigs-metaphorτούτους ἀποτρέπου1यी मानिसहरूबाट तर्कयहाँ “तर्क” भनेको कसैलाई पन्साउने कुरालाई जनाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “यी मानिसहरूलाई पन्साऊ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1032TI36gu4bἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες1घर-घरमा पसेर अधीनमा पार्छन्“घरभित्र पस्छन् र ठूलो प्रभावमा पार्छन्”
1042TI36u9m5γυναικάρια1मूर्ख स्‍त्रीहरू“आत्मिक रूपमा कमजोर स्‍त्रीहरू ।” यी स्‍त्रीहरू आत्मिक रूपमा कमजोर हुन सक्छन् किनभने तिनीहरू भक्तिपूर्ण हुने काम गर्नमा विफल हुन्छन् वा किनभने तिनीहरू अल्छे छन् र तिनीहरूसँग धेरै पापहरू छ ।
1052TI36e9exfigs-metaphorσεσωρευμένα ἁμαρτίαις1पापले थिचिएकाहरूपावलले पापतर्फ झुकाव राख्‍ने कुरालाई ती स्‍त्रीहरूको ढाडमा पापको ठूलो भारी भएको तरिकाले व्यक्त गर्छन् । सम्भावित अर्थहरू हुन् १) “जो प्रायः पाप गर्दछन्” वा २) “तिनीहरूले निरन्तर पाप गरिरहेको कारण धेरै दोषी महसुस गर्छन् ।” यसको अर्थ यो हो कि, ती स्‍त्रीहरूले पाप गर्न नछोडेको हुनाले ती मानिसहरूले तिनीहरूलाई सजिलै प्रभाव पार्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1062TI36izz9figs-metaphorἀγόμενα ἐπιθυμίαις ποικίλαις1धेरै अभिलाषाले प्रभावितपावलले धेरै अभिलाषाहरूलाई कुनै व्यक्तिलाई डोहोर्‍याएर लैजान सक्‍ने कुराको रूपमा व्यक्त गर्छन् । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले ख्रीष्‍टको आज्ञा पालन गर्नुको साटो विभिन्‍न तरिकाले पाप गर्ने इच्छा गर्छन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]] अनि [[rc://ne/ta/man/translate/figs-activepassive]])
1072TI38m6a70जोड्ने कथनःपावलले मोशाको समयका दुई झूटा शिक्षकहरूको उदाहरण दिन्छन् र यसलाई मानिसहरू पछि कस्ता हुनेछन् भन्‍ने कुरासँग जोड्छन् । उनले तिमोथीलाई पावलको उदाहरण पछ्याउन र परमेश्‍वरको वचनमा अडिग रहनको लागि उत्साह दिन्छन् ।
1082TI38b8eltranslate-namesἸάννης καὶ Ἰαμβρῆς1यान्‍नेस र याम्ब्रेसयी पुरुषहरूका नाउँहरू हुन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])
1092TI38tgn8figs-metaphorἀντέστησαν1विरुद्धमा खडा भएपावलले कसैको विरुद्धमा वादविवाद गर्नेहरूलाई तिनीहरूको विरुद्धमा उभिनेहरूको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “विरोध गरे” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1102TI38dc3zἀνθίστανται τῇ ἀληθείᾳ1सत्यको विरुद्धमा खडा हुन्छन्“येशूको सुसमाचारको विरोध गर्छन्”
1112TI38g4kkἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν1तिनीहरूको मन भ्रष्‍ट भएको छ“तिनीहरूका दिमाग भ्रष्‍ट छन्” वा “तिनीहरू सही प्रकारले सोच्‍न सक्दैनन्”
1122TI38pfh1ἀδόκιμοι περὶ τὴν πίστιν1र विश्‍वासका बारेमा तिनीहरू झूटा प्रमाणित भएका छन्तिनीहरूले ख्रीष्‍टमा कति विश्‍वास गर्छन् र उहाँको आज्ञा मान्छन् भन्‍ने कुराको जाँच भएको छ, र तिनीहरू जाँचमा अनुतीर्ण भएका छन् । वैकल्पिक अनुवादः “इमान्दार विश्‍वास बिना” वा “र तिनीहरूले प्रमाणित गरेका छन् कि तिनीहरूको विश्‍वास साँचो होइन”
1132TI39c6xxfigs-metaphorοὐ προκόψουσιν ἐπὶ πλεῖον1यी मानिसहरू धेरै अगाडि जान सक्दैनन्यी झूटा शिक्षकहरू विश्‍वासीहरूको अगाडि विश्‍वासमा धेरै अगाडि बढ्न सक्दैनन् भन्‍ने जनाउनको लागि पावलले शारीरिक चाल जनाउने अभिव्यक्तिको प्रयोग गरेका छन् । वैकल्पिक अनुवादः “तिनीहरूले धेरै सफलता प्राप्‍त गर्ने छैनन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1142TI39mv4jἔκδηλος1प्रस्‍ट कुरामानिसहरूले सजिलै देख्‍न सक्‍ने केही कुरा
1152TI39z4fuἐκείνων1ती मानिसहरूका“यान्‍नेस र याम्ब्रेसको”
1162TI310vw42figs-metaphorσὺ…παρηκολούθησάς μου τῇ διδασκαλίᾳ1तिमीहरूले मेरो शिक्षा अनुकरण गर्‍यौपावलले यी कुराहरूमा नियालेर ध्यान दिने कुरा चाहिँ तिनीहरू सर्दै गर्दा कोही व्यक्तिले भौतिक रूपमा नै पछ्याइरहेको थियो भने झैँ गरेर व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिमीहरूले मेरो शिक्षा पालना गरेका छौ” वा “तिमीहरूले मेरो शिक्षामा होसियारीसाथ ध्यान दिएका छौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1172TI310wma6μου τῇ διδασκαλίᾳ1मेरो शिक्षा“जे गर्न मैले तिमीहरूलाई सिकाएको छु”
1182TI310lq3vτῇ ἀγωγῇ1आचरणकोही व्यक्तिले उसको जीवन जिउने तरिका
1192TI310l4ppτῇ μακροθυμίᾳ1धैर्यधारणकोही व्यक्ति ती मानिसहरूसँग सहनशील हुने कुरा जुन मानिसहरूले उसले ठीक नमानेका कुराहरू गर्छन्
1202TI311r9vkfigs-metaphorἐκ πάντων, με ἐρρύσατο ὁ Κύριος1प्रभुले मलाई ती सबैबाट छुटकारा दिनुभयोपरमेश्‍वरले पावललाई ती कठिनाइहरू र खतराहरूबाट छुटकारा दिनुभएको कुरालाई उनलाई परमेश्‍वरले कुनै भौतिक स्थानबाट उठाएर लगेको कुराको रूपमा लिन्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1212TI312ke7fζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ1ख्रीष्‍ट येशूको भक्तिमा जिउन“येशूलाई पछ्याउने मानिसको रूपमा भक्तिपूर्ण जीवन जिउने”
1222TI312xm9lfigs-activepassiveδιωχθήσονται1सतावटमा पर्नेछन्यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “निश्‍चय नै पनि सतावट सहनु पर्नेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1232TI313s7f2γόητες1ठगाहाहरूठग भनेको त्यो एउटा व्यक्ति हो जसले अरू मानिसहरूले उसलाई आफू जो हो त्यसभन्दा कोही अरू नै व्यक्ति, सामान्यतया बढी महत्त्वपूर्ण व्यक्ति हो भनेर विश्‍वास गरून् भन्‍ने चाहन्छ ।
1242TI313imc8προκόψουσιν ἐπὶ τὸ χεῖρον1खराबबाट अझ खराब हुनेछन्“अझ दुष्‍ट हुनेछन्”
1252TI313eyx5figs-metaphorπλανῶντες καὶ πλανώμενοι1अरूहरू र तिनीहरू आफैँलाई भड्काउँदैयहाँ, कसैलाई भड्काउनु भनेको एउटा अलङ्कार हो जसको अर्थ कसैलाई केही त्यस्तो कुरा विश्‍वास गर्नलाई मनाउनु हो जुन सत्य होइन । वैकल्पिक अनुवादः “आफैँलाई र अरूलाई छलमा पार्दै” वा “झूटा कुरामा विश्‍वास गर्ने र झूटा शिक्षा दिने” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1262TI314ytg9figs-metaphorμένε ἐν οἷς ἔμαθες1तिमीहरूले सिकेका कुरामा लागि राखपावलले बाइबलका निर्देशनहरूलाई कुनै ठाउँको रूपमा व्यक्त गर्छन् जहाँ तिमोथी बस्‍न सक्छन् । सम्भावित अर्थहरू हुन् १) “तिमीले सिकेका कुराहरूलाई नबिर्स” वा २) “तिमीले सिकेका कुराहरूलाई निरन्तर गर” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1272TI315w9l5figs-personificationἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ1पवित्र लेखहरू । यी ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्तिको लागि तिमीलाई बुद्धिमान् तुल्याउन सक्षम छन्पवित्रशास्‍त्रलाई पावलले कसैलाई बुद्धिमान् तुल्याउन सक्‍ने व्यक्तिको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “जब तिमी परमेश्‍वरको वचन पढ्छौ, तिमीले विश्‍वासद्वारा ख्रीष्‍ट येशूबाट मुक्ति प्राप्‍त गर्नको लागि बुद्धिमान् हुनेछौ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-personification]])
1282TI316s274figs-activepassiveπᾶσα Γραφὴ θεόπνευστος1सम्‍पूर्ण पवित्रशास्‍त्र परमेश्‍वरबाट प्रेरित भएको हो“सम्पूर्ण पवित्रशास्‍त्र परमेश्‍वरले श्‍वास फेरेको जस्तै हो” भनेर केही बाइबलका संस्करणहरूमा अनुवाद गरिएको छ । यसको अर्थ यो हो कि परमेश्‍वरले पवित्रशास्‍त्रलाई आत्माद्वारा मानिसहरूलाई लेख्‍न लगाउनु भएको हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “सबै पवित्रशास्‍त्र परमेश्‍वरले उहाँको आत्माबाट बोल्नुभएको हो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1292TI316uv35ὠφέλιμος1यो लाभदायक छ“यो उपयोगी छ” वा “यो फाइदाजनक छ”
1302TI316vl2nπρὸς ἐλεγμόν1दोष देखाउनको लागि“गल्ती देखाउनको लागि”
1312TI316e5h9πρὸς ἐπανόρθωσιν1सच्‍याउनको लागि“गल्तीहरूलाई मिलाउन”
1322TI316y1hfπρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ1धार्मिकतामा तालिम दिनको लागि“मानिसहरूलाई धर्मी बन्‍नको लागि तालिम दिन”
1332TI317nb12figs-gendernotationsὁ τοῦ Θεοῦ ἄνθρωπος1परमेश्‍वरको मानिसयसले परमेश्‍वरमा विश्‍वास गर्ने स्‍त्री र पुरुष दुवैलाई जनाउँछ । वैकल्पिक अनुवादः “सबै विश्‍वासीहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-gendernotations]])
1342TI317uu7iἄρτιος ᾖ…ἐξηρτισμένος1सक्षम, सुसज्‍जित हुन सकून्“पूर्ण रूपमा तयार हुन सकून्”
1352TI4introk2xa0# २ तिमोथी ०४ सामान्य टिपोटहरू

## संरचना र ढाँचा

### “म यो गम्भीर आज्ञा दिन्छु”
पावल तिमोथीलाई व्यक्तिगत निर्देशनहरू दिन सुरु गर्छन् ।

## यस अध्यायमा भएका विशेष अवधारणाहरू

### मुकुट
विभिन्‍न प्रकारका मुकुट विभिन्‍न कुराहरूका दृश्‍यचित्रका रूपमा धर्मशास्‍त्रले प्रयोग गर्दछ । यो अध्‍यायले भन्‍दछ, विश्‍वासीहरूले उचित जीवन यापन गरे भने ख्रीष्‍टले तिनीहरूलाई मुकुट प्रदान गर्नुहुनेछ ।
1362TI41t68n0जोड्ने कथनःपावलले तिमोथीलाई विश्‍वासयोग्य हुने कुरा र पावल मर्नको लागि तयार भएको कुराको सम्झना दिलाउँछन् ।
1372TI41cb15figs-explicitδιαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ1परमेश्‍वर र येशू ख्रीष्‍टको सामने यो कडा आज्ञा“परमेश्‍वर र ख्रीष्‍ट येशूको उपस्थितिमा यो कडा आज्ञा ।” यसले भन्‍न खोजेको कुरा यही हो कि परमेश्‍वर र येशू पावलको साक्षी हुनुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्‍वर र ख्रीष्‍ट येशू मेरो साक्षीको रूपमा यो कडा आज्ञा” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
1382TI41eh3xδιαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ1कडा आज्ञा“गम्भीर आज्ञा”
1392TI41u32gfigs-merismζῶντας καὶ νεκρούς1जिउँदा र मरेकाहरूयहाँ “जिउँदा” र “मरेका” शब्दहरू सबै मानिसहरूलाई जनाउनको लागि एकैपटक प्रयोग गरिएको छ । वैकल्‍पिक अनुवादः “ती सबै मानिसहरू जसले जीवन जिएका छन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-merism]])
1402TI41lwt2figs-metonymyνεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὴν βασιλείαν αὐτοῦ1र उहाँको प्रकटीकरण र उहाँको राज्यको कारणयहाँ “राज्य”ले ख्रीष्‍ट राजाको रूपमा राज्य गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जब उहाँ राजाको रूपमा राज गर्न फर्कनुहुन्छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1412TI42j2z7figs-metonymyτὸν λόγον1वचनयहाँ “वचन” भनेको “सन्देश”लाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्पिक अनुवादः “ख्रीष्‍ट बारेको सन्देश” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1422TI42zzh4figs-ellipsisἀκαίρως1जब यो ... हुँदैनयहाँ “सहज” शब्दलाई बुझिएको छ । वैकल्‍पिक अनुवादः “जब यो सहज हुँदैन” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-ellipsis]])
1432TI42g7axἔλεγξον1सुधार गरकसैलाई ऊ गलत कुरा गरेकोमा दोषी छ भनेर बताउनु
1442TI42u1ycπαρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ1सबै प्रकारका धैर्य र शिक्षाद्वारा अर्ती दिनु“मानिसहरूलाई हप्काऊ र शिक्षा देऊ र तिनीहरूसँग सधैँ धैर्य होऊ”
1452TI43jv7aἔσται γὰρ καιρὸς ὅτε1किनकि त्यस्तो समय आउनेछ जब“किनभने भविष्यको कुनै समयमा”
1462TI43ilx7ἀνέξονται1मानिसहरूयस सन्दर्भले यी मानिसहरू विश्‍वासीहरूको समुदायको हुनेछन् भनेर सङ्केत गर्छ ।
1472TI43u2ccτῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται1असल शिक्षा सहने छैनन्“असल शिक्षालाई सुन्‍ने इच्छा गर्ने छैनन्”
1482TI43fyl3τῆς ὑγιαινούσης διδασκαλίας1असल शिक्षायसको अर्थ परमेश्‍वरको वचन अनुसारको सत्य र ठीक शिक्षा भन्‍ने हुन्छ ।
1492TI43e5t2figs-metaphorκατὰ τὰς ἰδίας ἐπιθυμίας, ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους1तिनीहरू आफ्नो अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूबाट घेरिनेछन्पावलले मानिसहरूले धेरै शिक्षकहरू प्राप्‍त गर्ने कुरालाई तिनीहरूलाई थुप्रोमा राखेको कुराको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले धेरै शिक्षकहरूबाट सुन्‍ने छन् जसले तिनीहरूका पापपूर्ण इच्छाहरूमा केही खराबी छैन भन्‍ने छन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1502TI43s375figs-idiomκνηθόμενοι τὴν ἀκοήν1जसले तिनीहरूका चिलाइरहेका कानले सुन्‍न चाहेका कुराहरू गर्छन्जोडदार रूपमा कुनै कुरा सुन्‍न इच्‍छा गर्ने मानिसहरूका बारेमा पावलले तिनीहरूका कान चिलाएको जस्‍तो हो भने । अनि तिनीहरूले सुन्‍ने उत्‍कट इच्‍छा गरेका कुरा नै शिक्षकहरूले सिकाइदिए भने मात्र तिनीहरू सन्‍तुष्‍ट हुन्छन् । वैकल्‍पिक अनुवादः “तिनीहरूले सुन्‍ने उत्‍कट इच्‍छा गरेका कुरा मात्र भन्‍नेहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-idiom]])
1512TI44rh2ifigs-metaphorἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν1तिनीहरूले सत्यताबाट आफ्नो कान फर्काउनेछन्मानिसहरूले ध्यान नदिएको कुरालाई पावलले शारीरिक रूपमा अर्को तिर फर्केर नसुन्‍ने भएका मानिसहरूको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “तिनीहरूले सत्यतातर्फ दिनेछैनन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1522TI44xrv7figs-metaphorτοὺς μύθους ἐκτραπήσονται1तिनीहरू दन्त्य कथातिर लगाउनेछन्पावलले दन्त्य कथातिर ध्यान दिने मानिसहरूलाई दन्त्य कथाहरू तिर शारीरिक रुपले फर्केको व्यक्तिहरूको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः तिनीहरूले असत्य शिक्षाहरूतिर ध्यान दिनेछन्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1532TI45ehz7figs-metaphorνῆφε1सचेत मनका होऊपावल आफ्ना पाठकहरूले सबै कुराको बारेमा सही तरिकाले सोचून् भन्‍ने चाहन्छन्, र उनी तिनीहरू मद्यपान नगरेर सचेत होऊन् भन्‍ने तरिकाले कुरा गर्छन् । वैकल्पिक अनुवादः “स्पष्‍टसँग सोच” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1542TI45tv3kἔργον…εὐαγγελιστοῦ1प्रचारकको कामयसको अर्थ मानिसहरूलाई येशू को हुनुहुन्छ, तिनीहरूका निम्ति उहाँले के गर्नु भयो, उहाँको निम्ति तिनीहरूले कसरी जिउनु पर्छ भनेर बताउने हुन्छ ।
1552TI46sh23figs-metaphorἐγὼ…ἤδη σπένδομαι1म अगिबाट नै खनाइँदैछुपावलले मर्नको लागि आफ्नो तयारीलाई बलिदानको रूपमा चढाउन लागेको मद्यको रूपमा व्यक्त गर्छन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1562TI46fb7lfigs-euphemismὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν1मेरो बिदाइको समय आएको छयहाँ “बिदाइ” शब्द मृत्यु जनाउने नम्र शब्द हो । वैकल्पिक अनुवादः “म चाँडै मर्नेछु र यो संसार छोड्नेछु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-euphemism]])
1572TI47d9tsfigs-metaphorτὸν καλὸν ἀγῶνα ἠγώνισμαι1मैले राम्रो प्रतिस्पर्धामा भाग लिएको छुपावलले आफ्नो कठिन परिश्रमलाई दौडमा पुरस्कारको लागि भाग लिएको व्यक्तिको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “मैले सक्‍ने जति गरको छु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1582TI47kq83figs-metaphorτὸν δρόμον τετέλεκα1मैले दौड सिध्याएको छुपावलले परमेश्‍वरको सेवाको जीवनलाई दौडमा भाग लिएको कुराको रूपमा व्यक्त गर्छन् । वैकल्पिक अनुवादः “मैले गर्नु पर्ने कुराहरू पूरा गरेको छु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1592TI47vk2pfigs-metaphorτὴν πίστιν τετήρηκα1मैले विश्‍वासलाई जोगाइराखेको छुपावलले ख्रीष्‍टमा भएको उनको विश्‍वास र परमेश्‍वर प्रतिको आज्ञाकारितालाई बहुमुल्य वस्तुको रूपमा व्यक्त गर्छन् जसलाई उनले जोगाएर राखेका छन् । सम्भावित अर्थहरू हुन् १) “मेरो सेवाकार्यमा म विश्‍वासयोग्य रहँदै आएको छु” वा २) मैले हामीले के विश्‍वास गर्छौँ भन्‍ने शिक्षालाई कुनै गल्ती हुनबाट जोगाएर राखेको छु” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1602TI48ujg5figs-activepassiveἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος1मेरो लागि धर्मिकताको मुकुट राखिएको छयसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले मेरो लागि धार्मिकताको मुकुट राख्‍नुभएको छ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1612TI48hg8ifigs-metaphorτῆς δικαιοσύνης στέφανος1धार्मिकताको मुकुटसम्भावित अर्थहरू हुन् १) मुकुट सही प्रकारले जीवन जिएका मानिसहरूलाई परमेश्‍वरले दिने उपहार हो वा २) मुकुट धार्मिकताकालागि प्रयोग हुने उपमा हो । जस्तो दौडका निर्णायकले विजेतालाई मुकुट दिन्छन्, त्यसरी नै जब पावलले आफ्नो जीवन समाप्‍त गर्दछन् तब परमेश्‍वरले उनलाई धर्मी घोषणा गर्नुहुनेछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1622TI48dwn6στέφανος1मुकुटखेलकुदमा सहभागी भएर विजयी भएकाहरूलाई लरेल पातहरूद्वारा तुनेर बनाइएको मुकुट दिइन्थ्यो
1632TI48n3k8ἐν, ἐκείνῃ τῇ ἡμέρᾳ1त्यस दिनमा“त्यो दिन जब प्रभु फेरि आउनु हुन्छ” अथवा “त्यो दिन जब परमेश्‍वरले मानिसहरूको न्याय गर्नुहुन्छ”
1642TI48uh88figs-pastforfutureἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ1तर उहाँको आगमनलाई प्रिय ठान्‍ने सबैलाईपावलले यो घटना पहिले नै भइसकेको छ जस्तै गरेर बताउँछन् । यसलाई भविष्यको घटनाको रूपमा पनि व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तर उहाँको आगमनलाई उत्सुकताको साथ पर्खिनेहरूलाई पनि यो दिनुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-pastforfuture]])
1652TI49s7xl0जोड्ने कथनःपावलले केही मानिसहरूले परमेश्‍वरको काम र उनी प्रति गरेको व्यवहारको बारेमा तोकेर नै बताउँछन्, केही निश्‍चित मानिसहरूको लागि अभिवादन गरेर तथा अरू मानिसहरूको अभिवादन सुनाएर अन्त्य गर्छन् ।
1662TI49t8b7ἐλθεῖν…ταχέως1आऊ ... छिट्टै“सम्भव भएसम्म छिटो आऊ”
1672TI410e4xxtranslate-namesΔημᾶς…Κρήσκης…Τίτος1डेमास... क्रेसेन्स... तीतसयी पुरुषका नाम हुन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])
1682TI410ji2lfigs-metonymyτὸν νῦν αἰῶνα1यस वर्तमान संसारयहाँ “संसार” ले संसारका कुराहरूलाई जनाउँछ जुन परमेश्‍वरका कुराहरूको विपरीत छन् । सम्भावित अर्थहरू हुन् १) उनले यस संसारका क्षणिक आरामहरूलाई प्रेम गर्छन् अथवा २) यदि उनी पावलसँग बसे भने उनी मर्नेछन् भनेर डराए । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1692TI410u2qbΚρήσκης εἰς…Τίτος εἰς1क्रेसेन्स गए ... तीतस गएयी दुई जनाले पावललाई छोडेका थिए,तर तिनीहरूले पनि डेमासले झैँ “यस वर्तमान संसारलाई प्रेम गरे” भनेर पावलले भनिरहेका छैनन् ।
1702TI410gs61translate-namesΔαλματίαν1दलमातियायो भूभागको नाम हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])
1712TI411w21uμοι εὔχρηστος εἰς διακονίαν1काममा तिनी मेरो लागि उपयोगी छन्सम्भावित अर्थहरू हुन् १) “उनले मलाई सेवामा सहायता गर्न सक्छन्” वा २) “उनले मेरो सेवा गरेर मलाई सहायता गर्न सक्छन् ।”
1722TI413d5rwφελόνην1कपडायो लुगामाथि लगाइने गह्रौँ कपडा थियो
1732TI413v9b6translate-namesΚάρπῳ1कार्पसयो पुरुषको नाम हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])
1742TI413k6tjτὰ βιβλία1किताबहरूयसले मुठ्ठाहरूलाई जनाउँछ । मुठ्ठा लामो पटर कागज वा छालाबाट बनाइएको पुस्तक थियो । मुठ्ठामा लेखिसकेपछि वा पढ़िसकेपछि मानिसहरूले दुवै छेउमा डण्डीको प्रयोग गरेर यसलाई बेर्ने गर्थे ।
1752TI413e395figs-explicitμάλιστα τὰς μεμβράνας1चर्मपत्रका मुट्ठाहरूयसले विशेष प्रकारका मुट्ठाहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “विशेषगरी जनावरको छालाबाट बनेका मुट्ठाहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-explicit]])
1762TI414un4vἈλέξανδρος ὁ χαλκεὺς…ἐνεδείξατο1तमौटे अलेक्‍जेन्‍डरले ... देखाएको छ“धातुको कार्य गर्ने अलेक्‍जेन्‍डरले ... देखायो”
1772TI414kv94translate-namesἈλέξανδρος1अलेक्जेन्डरयो पुरुषको नाम हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])
1782TI414jv63figs-metaphorπολλά μοι κακὰ ἐνεδείξατο1मेरो विरुद्धमा धेरै खराब व्यवहारहरू देखायोपावलले खराब कामहरूलाई प्रदर्शनमा राखिएको भनेर बताउँछन् । वैकल्पिक अनुवादः “मलाई धेरै नराम्रा कुराहरू गर्यो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1792TI414wbx4figs-metaphorἀποδώσει αὐτῷ ὁ Κύριος κατὰ τὰ ἔργα αὐτοῦ1प्रभुले त्यसलाई त्यसको कामअनुसारको बदला लिनुहुनेछपावलले दण्‍डका बारेमा त्‍यो भुक्तानी भए झैँ कुरा गर्छन् । वैकल्पिक अनुवादः “प्रभुले उसले गरेको कुराको लागि उसलाई दण्ड दिनुहुनेछ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1802TI414xrj6αὐτῷ…αὐτοῦ1उसलाई ... उसकोअलेक्जेन्डर
1812TI415jq91ὃν1उसलाई ... ऊअलेक्जेन्डर ।
1822TI415i4ajfigs-metonymyἀντέστη τοῖς ἡμετέροις λόγοις1हाम्रो वचनको विरुद्धमा खडा भयोयहाँ “वचन”ले सन्देश वा शिक्षालाई जनाउँछ । वैकल्पिक अनुवादः “हामीले सिकाएको सन्देशको विरोध गर्‍यो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1832TI416v847ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ1मेरो पहिलो प्रतिरक्षामा“अदालतमा म पहिलो पटक उपस्थित भएर मेरो कामहरूको वर्णन गर्दा”
1842TI416f2c3οὐδείς μοι παρεγένετο1कसैले मलाई साथ दिएन“कोही मसँग उभिएन र मेरो सहायता गरेन”
1852TI416rm2tfigs-activepassiveμὴ αὐτοῖς λογισθείη1तिनीहरूको विरुद्धमा त्यो नगनियोस्यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिनीहरूको विरुद्धमा यसलाई नगन्‍नुभएको होस्” वा “म प्रार्थना गर्छु कि परमेश्‍वरले तिनीहरूलाई मलाई छोडेको कारण दण्ड नदिनुभएको होस्” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1862TI417t1fwfigs-metaphorὁ…Κύριός μοι παρέστη1प्रभु मसँग उभिनुभयोपावलले प्रभु शारीरिक रूपमा नै उनीसँग उभिनुभएको जस्तै गरेर बताउँछन् । वैकल्पिक अनुवादः “प्रभुले मलाई सहायता गर्नुभयो” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1872TI417y69mfigs-activepassiveἵνα δι’ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ1ताकि मद्वारा सुसमाचारको घोषणा पूर्ण रूपमा पुरा हुन सकोस्यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “यसैको कारण मैले प्रभुको सबै सन्देशहरू बोल्न सक्षम भएँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-activepassive]])
1882TI417gsr8figs-metaphorἐρύσθην ἐκ στόματος λέοντος1मैले सिंहको मुखबाट छुटकारा पाएँपावलले खतरालाई सिँहद्वारा परेको खतराको रूपमा व्यक्त गर्छन् । यो खतरा शारीरिक, आत्मिक, अथवा दुवै हुन सक्छन् । वैकल्पिक अनुवादः “म ठुलो खतराबाट बचाइएँ” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metaphor]])
1892TI419n4zcfigs-metonymyτὸν Ὀνησιφόρου οἶκον1ओनेसिफरसको घरानायहाँ “घराना”ले त्यहाँ बस्‍ने मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “ओनेसिफरसको परिवार” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-metonymy]])
1902TI419mef8Ὀνησιφόρου1ओनेसिफरसयो एक पुरुषको नाम हो । तपाईंले यस नामलाई [२ तिमोथी १:१६](../01/15.md) मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।
1912TI420lie9translate-namesἜραστος…Τρόφιμον1इरास्तस... त्रोफिमसयी सबै पुरुषका नामहरू हुन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])
1922TI420wp9htranslate-namesΜιλήτῳ1मिलेटसयो एफिससको दक्षिणमा रहेको एक सहरको नाम हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])
1932TI421p7pxtranslate-namesΕὔβουλος…Πούδης…Λίνος1युबुलस ... पुडेस, लिनसयी सबै पुरुषका नामहरू हुन् । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])
1942TI421cvc7σπούδασον…ἐλθεῖν1आउनलाई तिमीहरूको भरमग्‍दूर कोसिस गर“आउने तरिका खोज”
1952TI421eh95πρὸ χειμῶνος1हिउँद लाग्‍नुभन्दा अगाडि“जाडो मौसमभन्दा अगाडि”
1962TI421z1j9ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης, καὶ Λίνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ1तिमीलाई अभिवादन पठाएका छन्, पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनियसलाई एउटा नयाँ वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ तिमीलाफ अभिवादन पठाएका छन् । पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि तिमीलाई अभिवादन गर्छन्”
1972TI421er77translate-namesΚλαυδία1क्लौडियायो एक स्‍त्रीको नाम हो । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/translate-names]])
1982TI421mk26figs-gendernotationsοἱ ἀδελφοὶ1सबै भाइहरूयहाँ “भाइहरू” शब्दले स्‍त्री र पुरुष सबै विश्‍वासीहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “यहाँ भएका सबै विश्‍वासीहरू” (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-gendernotations]])
1992TI422tx26figs-youὁ Κύριος μετὰ τοῦ πνεύματός σου1प्रभु तिम्रो आत्मामा हुनुभएको होस्“प्रभुले तिम्रो आत्‍मालाई बलियो पारून् भनी म प्रार्थना गर्दछु ।” यहाँ “तिमी” एकवचन हो र यसले तिमोथीलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-you]])
2002TI422k85yfigs-youἡ χάρις μεθ’ ὑμῶν1तिमीसँग अनुग्रह रहोस्“म प्रार्थना गर्छु कि प्रभुले त्यहाँ हुने तिमीहरू सबैलाई अनुग्रह देखाउनु भएको होस् ।” यहाँ प्रयोग भएको “तिमीहरू” शब्द बहुवचन हो र यसले तिमोथीसँग भएका सबै विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://ne/ta/man/translate/figs-you]])