translationCore-Create-BCS_.../tn_PHM.tsv

67 KiB
Raw Permalink Blame History

1ReferenceIDTagsSupportReferenceQuoteOccurrenceNote
2front:introsz2w0# फिलेमोनको परिचय\n\n## भाग १: सामान्य परिचय\n\n### फिलेमोनको पुस्तकको रूपरेखा \n\n १. पावलले फिलेमोनलाई अभीवादन गर्छन् (१:१-३) \n२. पावलले ओनेसिमसकोबारे फिलेमोनलाई अनुरोध गर्छन् । (१:४-२१) \n३. निष्कर्ष (१:२२-२५)\n\n### फिलेमोनको पुस्तक कसले लेख्यो\n\n फिलेमोन पावलले लेखे । पावल टार्सस सहरका थिए । उनलाई उनको प्रारम्भिक जीवनकालमा शाऊल भनिन्थ्यो । ख्रीष्टियन हुनअघि साऊल फरिसी थिए । उनले ख्रीष्टियनहरूलाई सताए । उनी ख्रीष्टियन भएपछि, उनले मानिसहरूलाई येशूको बारे बताउँदै रोमी साम्राज्यभरि केही पटकसम्म यात्रा गरे । \n\n पावलले यो पत्र लेख्‍दा उनी कैदमा थिए ।\n\n### फिलेमोनको पुस्तकको केको बारेमा छ?\n\n पावलले यो पत्र फिलेमोन भन्‍ने व्यक्तिलाई लेखेका हुन् । फिलेमोन कलस्‍से सहरमा बस्‍ने येशूमा विश्‍वास गर्ने एक विश्‍वासी थिए । उनीसित ओनेसिमस नाम गरेको एउटा नोकर थियो । ओनेसिमस फुलेमोनको घरबाट भागेका थिए र सम्भवतः फिलेमोनको घरबाट केही चोरी गरेर भागेका हुन सक्छ । ओनेसिम रोममा गए, त्यहाँ पावललाई कैदमा भेटे जहाँ पावलले उनलाई येशूमा विश्‍वास गराए । \n\n पावलले ओनेसिमसलाई फिर्ता पठाउँदैछन् भनी उनले फिलेमोनलाई बताए । रोमी कानुनअनुसार फिलेमोनले ओनेसिमसलाई मृत्युदण्ड दिन सक्थे । तर फिलेमोनले ओनेसिमसलाई ख्रीष्टियन भाइको रूपमा ग्रहण गर्नुपर्छ भनी पावलले फिलेमोनलाई भने । फिलेमोनले ओनेसिमसलाई रोममा नै कैदमा पावलको सेवा गर्नको निम्ति फिर्ता पठाउन पनि सुझाव दिए । \n\n### यस पुस्तकको शीर्षकलाई कसरी अनुवाद गर्नुपर्छ?\n\n अनुवादकहरूले यो पुस्तकलाई यसको परम्परागत शिर्षकलाई चुन्‍न सक्छन् । वा उनीहरूले “पावलले फिलेमोनलाई लेखेका पत्र” वा पावलको तर्फबाट फिलेमोनलाई पत्र” भनी अझ स्इपष्ट पारेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])\n\n## भाग २: महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक अवधारणाहरू \n\n### के पुस्तकले दास प्रथाको समर्थन गर्छ?\n\n पावलल ओनेसिमासलाई उनका मालिककहाँ नै फिर्ता पाठए । तर उनको आशयचाहिँ दास प्रथा स्वीकार गर्न सकिने कुरा हो भन्‍ने होइन । बरु, मानिसहरू आपसमा पुनःमिलून् र उनीहरू जुन अवस्थाना छन् त्यही अवस्थामा रहेक परमेश्‍वरको सेवा गर्छन् । त्यस बेला मानिसहरू विभिन्‍न कारणले गर्दा दास हुन्थे र यसलाई स्थायी अवस्थाको रूपमा ठानिदैनथ्यो ।\n\n### “ख्रीष्टमा” “प्रभुमा” भनी पावलले उल्लेख गर्नुको आशय के हो?\n\n पावलको आशय ख्रीष्ट र विश्‍वासीसँगको अति घनिष्ठ एकताको धारणा गर्नु हो । यस किसिमको अभिव्यक्तिको बारे अझ विस्तृत कुराको निम्ति रोमीको पुस्तकको परिचय हेर्नु होला ।\n\n## भाग ३: महत्त्वपूर्ण अनुवाद विषयहरू \n\n### एकवचन र बहुवचन “तिमी” \n\n यस पुस्तककमा “म”ले पावललाई जनाउँछ । “तिमी” शब्द प्रायः सदैव एकवचन हो र यसले फिलेमोनलाईलाई जनाउँछ । १:२२ र १:२५ चाहिँ यसको अपवाद हो । त्यहाँ “तिमीहरू”ले फिलेमोन र उनको घरमा भेला हुने विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नहोस्: [[rc://*/ta/man/translate/figs-exclusive]] र [[rc://*/ta/man/translate/figs-you]] )\n\n पावल तीन पटकसम्‍म आफैलाई यस पत्रको लेखकको रूपमा चिनाउँछन् (पद १, ९, र १९)। पक्‍कै पनि उनीसित तिमोथी थिए र पावलले भनेझैँ लेखेका हुन सक्छन् । “म”, “मलाई” र “मेरो”ले पावललाई नै जनाउँछ । यस पत्र लेखिएको मुख्य व्यक्ति फिलेमोन हुन् । अन्यथा नभएसम्म “तिमी” र “तिम्रो”ले तिनलाई नै जनाउँछ र एकवचन हो । (हेर्नुहोस्:[[rc://*/ta/man/translate/figs-you]])
31:1ne8krc://*/ta/man/translate/figs-123personΠαῦλος1तपाईंको भाषामा पत्रको लेखकलाई चिनाउने कुनै खास तरिका हुन सक्छ । त्यसलाई यहाँ प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः “मबाट, पावल” वा “म, पावल” (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)
41:1cgs4δέσμιος Χριστοῦ Ἰησοῦ1पावल कैदमा तिए किनभने आधिकारिक मानिसहरूले येशूबारे उनले प्रचार गरेको चाहेनन् । उनीहरूले उनलाई रोक्‍न र दण्ड दिन त्यहाँ राखेका थिए । येशूले पावललाई कैदमा राख्‍नुभएको थियो भन्‍ने यसको आशय होइन । वैकल्पिक अनुवादः “ख्रीष्टको येशूको खातिर कैदी”।
51:1sv3pὁ ἀδελφὸς1पावलले उही विश्‍वासको कोहीलाई आलङ्कारिक रूपमा जनाउन **भाइ** शब्दावली प्रयोग गर्छन् । वैकल्पिक अनुवादः “हाम्रो सङ्गी ख्रीष्टियन” वा “विश्‍वासमा हाम्रो मित्र” (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)
61:1y9zurc://*/ta/man/translate/figs-exclusiveὁ ἀδελφὸς1यहाँ, “हाम्रो” शब्द मौलिक लेखनमा छैन, तर यो अंग्रेजीमा आवश्यक थियो,जसलाई सम्बन्ध शब्दले कुन व्यक्तिसँग सम्बन्धित छ भनी दर्शाउनुपर्छ । यस अवस्थामा **हाम्रो** तिमोथीदेखि पावल र ख्रीष्टमा भाइको रूपमा पाठकहरूलाई जनाउने समावेशी हुन्छ । यदि तपाईंको भाषामा यो आवश्यक पर्छ भने, तपाईंले पनि यसै गर्न सक्‍नुहुन्छ । होइन भने, तपाईंले मौलिक शब्दालीलाई नै प्रयोग गर्न सक्‍नुहुन्छ जसले “भाइहरू” भन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-exclusive]])
71:1gvmyrc://*/ta/man/translate/translate-namesΦιλήμονι1यो मानिसको नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
81:1q84zrc://*/ta/man/translate/figs-explicitΦιλήμονι1यदि तपाईंको भाषामा यो स्वभाविक हुन्छ भने, पावले फिलेमोनसँग सोझै कुरा गरिरहेका पत्र हुन् भन्‍ने जानकारी यसमा समावेश गर्न सक्‍नुहुन्छ जस्तो युएसटीमा छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
91:1r3l9rc://*/ta/man/translate/figs-exclusiveἡμῶν1**हाम्रो** शब्दले यहाँ पावल र उनीसँग भएकाहरूलाई जनाउँछ, तर पाठकहरूलाई होइन । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-exclusive]])
101:1ww3lκαὶ συνεργῷ ἡμῶν1यदि तपाईंको भाषामा यो उपयुक्त हुन्छ भने, फिलेमोनले पावलसँग कसरी काम गरे भनी तपाईंले स्‍पष्ट रूपमा उल्‍लेख गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जसले हामीले जस्तै सुसमाचार फैलाउने काम गर्छ” वा “जसले हामीले येशूको सेवा गरेजस्तै काम गर्छ”
111:2b37lrc://*/ta/man/translate/translate-namesἈπφίᾳ1यो एउटी महिलाको नाउँ हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
121:2bb1src://*/ta/man/translate/figs-exclusiveτῇ ἀδελφῇ1यहाँ, मौलिक भाषामा **हाम्रो** शब्द छैन, तर तर अंग्रेजीमा आवश्यक छ जुन सम्बन्धवाचक शब्दले को व्यक्तिसँग सम्बन्धित छ भन्‍ने देखाउनु आवश्यक हुन्छ । यस अवस्थामा, **हाम्रो** समावेशी शब्द हो, जुन अप्‍फियादेखि पावलसम्म ख्रीष्टमा पाठकको रूपमा बहिनीको रूपमा सम्बन्धित छ । यदि तपाईंको भाषामा यो आवश्यक पर्छ भने, तपाईंले पनि त्यसै गर्न सक्‍नुहुन्छ । होइन भने, तपाईंले मौलिक भाषामा भइजस्तै गर्न सक्‍नुहुन्छ जसले “बहिनी” भनी उल्लेख गर्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-exclusive]])
131:2hhpcrc://*/ta/man/translate/figs-metaphorτῇ ἀδελφῇ1पावलले उही विश्‍वासका महिलालाई जनाउन **बहिनी** शब्दलाई आलङ्कारिक रूपमा प्रयोग गरिरहेका छन् । वैकल्पिक अनुवादः “हाम्रो सङ्गी ख्रीष्टियन” वा “हाम्रो आत्मिक बहिनी” (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)
141:2e8surc://*/ta/man/translate/figs-exclusiveἡμῶν1यहाँ **हाम्रो** शब्दले पावल र तिनीसँग भएकाहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-exclusive]])
151:2kyzoἈπφίᾳ & Ἀρχίππῳ & τῇ & ἐκκλησίᾳ1यो पत्रले खास गरी फिलेमोनलाई सम्बोधन गर्छ । पावलले फिलेमोनलाई लेखेकै स्तरमा **अप्फिया**, **अर्खिप्‍पस** र फिलेमोनको घरको **मण्डली**लाई लेखिरहेका छन् भन्‍नु भ्रमपूर्ण हुन्छ ।
161:2sq44rc://*/ta/man/translate/translate-namesἈρχίππῳ1यो मण्डलीका एक जना मानिसको नाउँ हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
171:2mnn5rc://*/ta/man/translate/figs-metaphorτῷ συνστρατιώτῃ ἡμῶν1यहाँ पावलले अर्खिप्‍पस र उनी सिपाही थिए झेँ गरी उल्लेख गर्छन् । जसको आशय पावलले सुसमाचार फैलाउन जति कडा परिश्रम गर्छन् अर्खिप्‍पसले पनि उत्तिकै कडा परिश्रम गर्छन् भन्‍ने हो । वैकल्पिक अनुवादः “हाम्रा आत्मिक योद्धा” वा “जसले हामीसँगै आत्मिक युद्ध लड्छन्” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
181:2uof9καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ1सम्भवतः अप्फिया र अर्खिप्‍पस पनि फिलेमोनको घरको मण्डलीका सदस्यहरू थिए होलान् । यदि उनीहरूलाई छुट्टै किसिमले उल्लेख गर्दा उनीहरू मण्डलीका हिस्सा थिएनन् भन्‍ने जनाउँछ भने, तपाईंले “अरू”जस्तो शब्द राख्‍न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिम्रो घरको मण्डलीका अरू सदस्यहरूलाई”
191:3r4nqrc://*/ta/man/translate/translate-blessingχάρις ὑμῖν καὶ εἰρήνη, ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ1पत्र पठाउने र पाउने व्यक्तिहरूलाई चिनाइसकेपछि, पावलले आशिष्‌ दिन्छन् । तपाईंको भाषामा मानिसहरूले आशिष्‌को रूपमा महसुस गर्न सक्‍ने स्वरूप प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः “हाम्रो परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह गरून् र शान्‍ति देऊन् । वैकल्पिक अनुवादः “हाम्रो परमेश्‍वर पिता र” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-blessing]])
201:3iv7erc://*/ta/man/translate/figs-abstractnounsχάρις ὑμῖν καὶ εἰρήνη, ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.1यदि तपाईंको भाषामा उपयुक्त हुन्छ भने, तपाईंले **अनुग्रह** र **शान्‍ति** पछाडीका भववचाक संज्ञालाई “अनुग्रहकारी” र “शान्‍तिपूर्ण” जस्ता विशेषणहरूमा व्यक्त गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “हाम्रो परमेश्‍वर पिता र हाम्रो प्रभु येशू ख्रीष्ट तिमीहरूप्रति अनुग्रही होऊन् र तिमीहरूलाई शान्‍तिपूर्ण तुल्याऊन्” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
211:3e5z8rc://*/ta/man/translate/figs-exclusiveἡμῶν & ἡμῶν1यहाँ **हाम्रो** शब्द पावल, तिनीसँग भएका मानिसहरू र पाठकलाई जनाउने समावेशी शब्द हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-exclusive]])
221:3qglxrc://*/ta/man/translate/figs-yousingularὑμῖν1यहाँ, **तिमीहरू**ले पद १-२ मा उल्लेख गरिएका प्रापकहरू सबैलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-yousingular]])
231:3lh8arc://*/ta/man/translate/guidelines-sonofgodprinciplesΠατρὸς1यो परमेश्‍वरको निम्ति महत्त्वपूर्ण पदवी हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/guidelines-sonofgodprinciples]])
241:4puh8rc://*/ta/man/translate/figs-yousingularσου1यहाव, **तिमी** शब्द एकवचन जसले फिलेमोनलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-yousingular]])
251:5l3i2rc://*/ta/man/translate/figs-abstractnounsἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν, ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν, καὶ εἰς πάντας τοὺς ἁγίους1यदि तपाईंको भाषामा यो उपयुक्त हुन्छ भने, तपाईंले भाववचाक संज्ञा **प्रेम** र **विश्‍वास** पछाडी विचारलाई क्रिया शब्द प्रयोग गरेर व्यक्त गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले प्रभुलाई कति धेरै प्रेम गर्छौ र विश्‍वास गर्छौ भन्‍ने सुनेर” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
261:5ojcurc://*/ta/man/translate/writing-poetryἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν, ἣν ἔχεις πρὸς τὸν Κύριον Ἰησοῦν, καὶ εἰς πάντας τοὺς ἁγίους1पावलले यहाँ कवितात्मक संरचना प्रयोग गरिरहेका छन् जसमा पहिलो र अन्तिम भाग तथा दोस्रो र तेस्रो भाग सम्बन्धित छन् । यसकारण यसको अर्थचाहिँ, “प्रभु येशूमा रहेको तिम्रो विश्‍वास र सबै सन्तहरूप्रतिको तिम्रो प्रेमबारे सुनेर” पावल उही कुरा कवितात्मक संरचनाविना नै कलस्‍सी १:४ मा उल्लेख गर्छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-poetry]])
271:5pf1yrc://*/ta/man/translate/figs-yousingularσου & ἔχεις1यहाँ, **तिम्रो** र **तिमी** फिलेमोनलाई जनाउने एकवचन शब्दहरू हुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-yousingular]])
281:6mfrprc://*/ta/man/translate/figs-explicitὅπως1यहाँ, **कि** शब्दले पावलले पद ४ मा उल्लेख गरेका प्रार्थनाको विषयवस्तुलाई चिनाउँछ । यदि तपाईंको भाषामा यो उपयुक्त हुन्छ भने, तपाईंले यहाँ प्रार्थनाको धारणालाई दोहोर्‍याउन सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “म प्रार्थना गर्छु कि” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
291:6t54lrc://*/ta/man/translate/figs-abstractnounsἡ κοινωνία τῆς πίστεώς σου1**संगति** भनी अनुवाद गरिएको शब्दको अर्थ कुनै कुराको साझेदारी वा बाँडचुँड हो । सम्भवतः पावलले दुईटै अर्थ दिन चाहन्छन्, तर यदि तपाईंले चुन्‍नु नै पर्छ भने, यसको अर्थ यी हुन सक्‍छन् (१) फिलेमोनको विश्‍वास पावल र अरूहरूका उही हो । वैकल्पिक अनुवादः “हामीसँगै सहभागी भएको विश्‍वास” (२) फिलेमोन ख्रीष्टको निम्ति काम गर्न पावल र अरूहरूसँगै एउटा साझेदार हुन् । वैकल्पिक अनुवादः “विश्‍वासीको रूपमा हामीसँगै गरेको तिम्रो काम” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
301:6hcwprc://*/ta/man/translate/figs-abstractnounsἡ κοινωνία τῆς πίστεώς σου, ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς Χριστόν.1यदि तपाईंको भाषामा यो उपयुक्त हुन्छ भने, तपाईंले भाववाचक संज्ञा **विश्‍वास** र **ज्ञान** पछाडी रहेको विचारलाई **विश्‍वास**लाई “भरोसा गर्नु” वा “विश्‍वास गर्नु” र **ज्ञान**लाई “जान्‍नु” वा “सिक्‍नु” क्रिया शब्द प्रयोग गरी व्यक्त गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले हामीसँगै मसीहमा विश्‍वास गरेजस्तै, उहाँले उहाँको नम्ति प्रयोग गर्न हामीलाई दिनुभएका असल थोकहरूबारे सिक्‍ने क्रममा तिमी मसीहको सेवामा झन-झन राम्रो हुँदै जान सक्छौ” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
311:6pxw1rc://*/ta/man/translate/figs-abstractnounsἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ1यसको अर्थ यस्तो हुन सक्छः (१) “र तिमीले हरेक कुरा जानेको देखिने छ” (२) “ताकि तिम्रोजस्तै विश्‍वास भएकाहरूले हरेक कुरा जान्‍ने छन्” वैकल्पिक अनुवादः “सबै असल थोक जानेर” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
321:6n25erc://*/ta/man/translate/figs-explicitεἰς Χριστόν1यदि तपाईंको भाषा यो उपयुक्त हुन्छ भने, तपाईंले **ख्रीष्टको निम्ति** “सबै असल थोक” भनी स्‍पष्ट रूपमा उल्‍लेख गर्न सक्‍नुहुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
331:7vyc7rc://*/ta/man/translate/figs-abstractnounsχαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν1यदि तपाईंको भाषामा यो उपयुक्त हुन्छ भने, भाववाचक संज्ञा **आनन्द** र **सान्त्वना**को पछाडीका विचारहरूलाई व्यक्त गर्न विशेषणहरू प्रयोग गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि तिमीले मलाई अत्यन्त आनन्दित र सहज बनाएका छौ” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
341:7xlp6rc://*/ta/man/translate/figs-abstractnounsἐπὶ τῇ ἀγάπῃ σου1यदि तपाईंको भाषामा यो उपयुक्त हुन्छ भने, भावचाक संज्ञा **प्रेम** पछाडीको विचारलाई क्रिया शब्दहरूमा व्यक्त गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “किनभने तिमीले मानिसहरू मन पराउँछौ” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
351:7shpvrc://*/ta/man/translate/figs-activepassiveτὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ1यदि तपाईंको भाषामा कर्मवाच्‍य प्रयोग गरिँदैन भने, तपाईंले यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले मेरो भित्री अङ्गहरूलाई पुर्नताजगी बनाएका छौ” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
361:7aq4grc://*/ta/man/translate/figs-metonymyτὰ σπλάγχνα τῶν ἁγίων1यहाँ, **भित्री अङ्गहरू**ले आलङ्कारिक रूपमा व्यक्तिका संवेगहरू वा भित्री मनुष्यत्वलाई जनाउँछ । तपाईं आफ्नो भाषामा स्वभाविक देखिने “हृदय” वा “कलेजो” जस्ता अलङ्कार प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः सन्तहरूका विचारहरू र भावनाहरू” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
371:7z0nerc://*/ta/man/translate/figs-metaphorτὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ1यहाँ, **पुनर्ताजगी बनाएर** शब्दले उत्साह वा मुक्त भएको महसुस गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तिमीले सन्तहरूलाई उत्साह दिएका छौ” वा “तिमीले विश्‍वासीहरूलाई सहायता गरेका छौ” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
381:7m5iprc://*/ta/man/translate/figs-metaphorσοῦ, ἀδελφέ1पावलले फिलेमोनलाई **भाइ** भने, किनभने उनीहरू दुवै विश्‍वासी थिए र उनले उनीहरूको मित्रतालाई जोड दिन चाहे । वैकल्पिक अनुवादः “तिमी, प्रिय भाइ” वा “तिमी, प्रिय मित्र” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
391:8ayy1Connecting Statement:0# संयोजक कथन:\n\nपावल उनको अनुरोध र आफ्नो पत्र लेख्‍नुको कारण उल्लेख गर्न सुरु गर्छन् ।
401:8fd84πολλὴν ἐν Χριστῷ παρρησίαν1यसको अर्थ यस्तो हुन सक्छः (१) “ख्रीष्टको कारण सबै अधिकार” (२) “ख्रीष्टको कारण सबै साहस”
411:8x3ncrc://*/ta/man/translate/grammar-connect-logic-resultδιό1**यसकारण**ले पावलले पद ४-७ मा भनेका कुरा नै उनले भन्‍न लागेका कारण हो भन्‍ने देखाउँछ । संयोजक शब्द वा आफ्नो भाषामा यस्तो सम्बन्धलाई जनाउने अर्को तरिका प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः “यसले गर्दा” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/grammar-connect-logic-result]])
421:9l9fhrc://*/ta/man/translate/figs-abstractnounsδιὰ τὴν ἀγάπην1यो प्रेम कसको निम्ति भनी पावलले उल्लेख गर्दैनन् । यदि तपाईंले यहाँ क्रिया प्रयोग गर्नुपर्छ र कसले कसलाई प्रेम गर्छ भनी बताउनुपर्छ भने यसको अर्थ यस्तो हुन सक्छः (१) उनी र फिलेमोन बिचको पारस्पारिक सम्बन्ध । यूएसटी हेर्नु होला । (२) फिलेमोनको निम्ति पावलको प्रेम । वैकल्पिक अनुवादः “किनभने मैले तिमीलाई प्रेम गर्छु” (३) आफ्नो सङ्गी विश्‍वासीप्रति फिलेमोनको प्रेम” वैकल्पिक अनुवादः “किनभने म जान्दछु कि तिमीले परमेश्‍वरका जनहरूलाई प्रेम गर्छौ” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
431:9sb31δέσμιος Χριστοῦ Ἰησοῦ1अधाकारीहरूले येशूको बारे प्रचार गरेको नचाहेका हुनाले पावल कैदमा थिए । उनीहरूले उसलाई रोक्‍न र दण्ड दिन कैदमा राखे । येशूले पावललाई कैदमा राख्‍नुभयो भन्‍ने होइन । वैकल्पिक अनुवादः “ख्रीष्ट येशूको खातिर कैदी”
441:10lsr6rc://*/ta/man/translate/translate-namesὈνήσιμον1**अनेसिमस** एक जना मानिसको नाउँ हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
451:10hnhzrc://*/ta/man/translate/figs-explicitὈνήσιμον1**अनेसिमसक**को अर्थ “लाभदायक” वा “उपयोगी” हुन्छ । यदि तपाईंका पाठकहरूका निम्ति उपयुक्त हुन्छ भने, तपाईंले यस सम्बन्धी जानकारीलाई पाठ्यांशमा वा पादटिप्‍पणीमा उल्लेख गर्न सक्‍नुहुन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
461:10mui3rc://*/ta/man/translate/figs-metaphorτέκνου, ὃν ἐγέννησα1यहाँ **पिता बने** एउटा अलङ्कार हो जसको अर्थ पावलले ओनेसिमसलाई ख्रीष्टबारे सिकाएबमोजिम उनी विश्‍वासी भए भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “जसले मैले ख्रीष्टबारे सिकाउँदा नयाँ जीवन प्राप्‍त गरे र मेरो आत्मिक छोरा बने” वा “जो मेरा आत्मिक छोरा बने” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
471:10nx1prc://*/ta/man/translate/figs-metonymyἐν τοῖς δεσμοῖς1प्रायः कैदीहरूलाई **साङ्लाहरू**ले बाँधिन्थ्यो । पावलले ओनेसिमसलाई सिकाउँदा र उनले यो पत्र लेख्‍दा पनि उनी झ्यालखानमा नै थिए । वैकल्पिक अनुवादः “यहाँ कैदमा” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
481:12t1kpὃν ἀνέπεμψά σοι1सम्भवतः पावलले ओनेसिमसलाई यो पत्र बोक्‍ने अर्को विश्‍वासीसँग पठाइरहेका थिए ।
491:12fdwnrc://*/ta/man/translate/figs-metaphorτὰ ἐμὰ σπλάγχνα1“यिनी मेरो भित्री अङ्गहरू हुन् (हृदयको टुक्रा)” भन्‍ने वाक्यांश कसैको बारे गहन भावनालाई जनाउने अलङ्कार हो । पावलले यो ओनेसिमसको बारे बताइरहेका थिए । वैकल्पिक अनुवादः “यिनी मलाई साह्रै मनपर्ने व्यक्ति हुन्” वा “यिनी मेरो निम्ति खास हुन्” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
501:12yn1drc://*/ta/man/translate/figs-metonymyτὰ ἐμὰ σπλάγχνα1यहाँ, **हृदयको टुक्रा** भनेको कुनै व्यक्तिका संवेगहरू हुने ठाउँको निम्ति अलङ्कार हो । यदि तपाईंको भाषा उस्तै अलङ्कारहरू छन् भने यहाँ प्रयोग गर्नुहोस् । छैन भने यसलाई स्पष्ट रूपमा उल्लेख गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “मेरो मुटु” वा “मेरो कलेजो” वा “मेरो भित्री भावना” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
511:13t4xlἵνα ὑπὲρ σοῦ μοι διακονῇ1फिलेमोनले पावललाई सहायता गर्न चाहन्छन् भन्‍ने पावललाई थाहा छ त्यसैले यसो गर्ने एउटा तरिकाचाहिँ ओनेसिमसलाई कैदमा उनको सेवा गर्नलाई दिनु पनि होस भन्‍ने सुझाव दिन्छन् । वैकल्पिक अनुवादः “त्यसैले, तिमी यहाँ हुन सक्‍ने हुनाले, तिनले मलाई सहायता गर्न सक्छन्” वा “ताकि तिनले तिम्रो सट्टामा मलाई सहायता गर्न सकून्”
521:13bb3trc://*/ta/man/translate/figs-metonymyἐν τοῖς δεσμοῖς1प्रायः कैदीहरूलाई **साङ्लाहरू**ले बाँधिन्थ्यो । पावलले ओनेसिमलाई मसीहको बारे बताउँदा उनी कैदमा नै थिए र उनले यो पत्र लेख्‍दा पनि उनी कैदमा नै थिए । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
531:13vverrc://*/ta/man/translate/figs-explicitἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου1पावलले खुल्‍लमखुल्ला **सुसमाचार** प्रचार गरेका हुनाले उनी कैदमा थिए । तपाईंले यसलाई स्पष्ट रूपमा उल्लेख गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “उनीहरूले मलाई सङ्लाले बाँधे किनभने मैले सुसमाचार प्रचार गरेँ” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
541:14ngg8rc://*/ta/man/translate/figs-abstractnounsἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου1यदि तपाईंको भाषामा उपयुक्त हुन्छ भने, तपाईंले भावचाक संज्ञा **बाध्यता** पछाडी रहेको विचारलाई क्रिया शब्दमा व्यक्त गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “मैले तिमीलाई आज्ञा गरेकोले गर्दा तिमीले यो गरेको मैले चाहिनँ” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
551:14fg6lrc://*/ta/man/translate/figs-abstractnounsἀλλὰ κατὰ ἑκούσιον.1यदि तपाईंको भाषामा उपयुक्त हुन्छ भने, तपाईंले भावचाक संज्ञा **इच्छा** पछाडी रहेको विचारलाई क्रिया शब्दमा व्यक्त गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तर तिमीले यसो गर्न चाहेकोले” वा “तर तिमीले सही कुरा गर्न स्वतन्‍त्र रूपमा चुनेको हुनाले” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
561:15tcrdrc://*/ta/man/translate/figs-activepassiveτάχα γὰρ διὰ τοῦτο, ἐχωρίσθη πρὸς ὥραν, ἵνα1यदि तपाईंको भाषामा यो कर्मवाच्य प्रयोग गरिँदैन भने, तपाईंले यसलाई कर्तृवाच्यमा उल्लेख गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “किनकि सायद परमेश्‍वर केही समयको निम्ति ओनेसिमसलाई यही कारणले अलग गर्नुभयो ताकि” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
571:15bx4qrc://*/ta/man/translate/figs-idiomπρὸς ὥραν1यहाँ, **केही समयको निम्ति** वाक्यांश “छोटो समयको निम्ति” जनाउने वाकपद्धति हो । यदि तपाईंको भाषामा उपयुक्त हुन्छ भने, तपाईंले सो सरहको वाकपद्धति वा स्पष्ट भाषा प्रयोग गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “यो छोटो समयको निम्ति” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
581:16l3e4ὑπὲρ δοῦλον1वैकल्पिक अनुवादः “दासभन्दा बढी मूल्यवान” वा “दासभन्दा अझ धेरै प्रिय”
591:16dg1wοὐκέτι ὡς δοῦλον1यसको आशय ओनेसिमय फिलेमोनको दास रहँदैनन् भन्‍ने होइन । यदि तपाईंको भाषामा उपयुक्त हुन्छ भने, तपाईंले “मात्र” वा “बिलकुल” जस्ता शब्द प्रयोग गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “दासको रूपमा मात्र होइन”
601:16bynbὑπὲρ δοῦλον1वैकल्पिक अनुवादः “दासभन्दा अझ धेरै मूल्यवान”
611:16f8tzrc://*/ta/man/translate/figs-metaphorἀδελφὸν1यहाँ, **भाइ** सङ्गी विश्‍वासीलाई बुझाउने अलङ्कार हो । वैकल्पिक अनुवादः “आत्मिक भाइ” वा “ख्रीष्टमा भाइ” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
621:16qxi0ἀγαπητόν1वैकल्पिक अनुवादः “प्रिय” वा “बहुमूल्य”
631:16scj1ἐν Κυρίῳ1वैकल्पिक अनुवादः “येशूद्वाराको भाइचाराको सङ्गतिमा” वा “प्रभुमा विश्‍वासीहरूको सङ्गतिमा”
641:17e1j2rc://*/ta/man/translate/grammar-connect-condition-factεἰ & με ἔχεις κοινωνόν1पावल उनको साझेदार होइन भनी फिलेमोनले ठान्‍न सक्‍छ झैँ गरी पावलले लेखिरहेका छन्, तर फिलेमोनले पावललाई आफ्नो सझेदार ठान्छन् भन्‍ने कुरा पावल जान्दछन् । यसरी फिलेमोनलाई एउटा कुरामा सहमत गराउँदै (पावल उनको साझेदार हुन्) ताकि उनी अर्को कुरामा पनि सहमत होऊन् (ओनेसिमसलाई स्वीकार गर्न)। यदि तपाईंको भाषा कुनै कुरा ‍पक्‍का वा सत्य हुँदाहुँदै पनि अनिश्‍चयताझैँ गरी उल्लेख गरिँदैन भने, र यदि तपाईंका पाठकहरूले पावलले जे लेखिरहेका छन् सो पक्‍का छैन भनी गलत बुझ्छन् वा विचार गर्छन् भने, तपाईंले उनका शब्दहरूलाई सकारात्मक कथनहरूमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले मलाई आफ्नो सझेदारको रूपमा लिएको हुनाले” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/grammar-connect-condition-fact]])
651:17e0esrc://*/ta/man/translate/grammar-connect-logic-resultοὖν1**यसकारण**को अर्थ जे पहिले आएको छ सो यसपछि आउने कुराको कारण हो भन्‍ने हुन्छ । अघि आएका सबै कुराहरूलाई पावलले कारण ठानेको हुन सक्छ, किनभने पावल पत्रको मुख्य बुँदामा आउँदैछन् भन्‍ने कुरा यो शब्दले पनि देखाउँछ । यस किसिमको पारगमनलाइ बुझाउने आफ्नो भाषाको स्वभाविक तरिका प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः “यी सबै कुराहरूले गर्दा” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/grammar-connect-logic-result]])
661:17d56rrc://*/ta/man/translate/figs-ellipsisπροσλαβοῦ αὐτὸν ὡς ἐμέ.1कुनै भाषामा वाक्य पूर्ण हुनलाई आवश्यकपर्ने केही शब्दहरू पावलले यहाँ छोडिरहेका छन् । यदि यो तपाईंको भाषामा उपयुक्त हुन्छ भने तपाईंले सन्दर्भबाट यी शब्दहरू आपूर्ती गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले मलाई ग्रहण गरेजस्तै तिनलाई पनि ग्रहण गर” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-ellipsis]])
671:18nq4jrc://*/ta/man/translate/grammar-connect-condition-factεἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει1ओनेसिमस भागेर गएका हुनाले तिनले निश्‍चय नै फिलेमोनलाई हानी पुर्‍याएका थिए र तिनले सम्भवतः फिलेमोनका केही सम्पत्ति नै चोरेर गएका पनि हुन सक्छ । तर नम्र हुनको निम्ति पावलले यी कुराहरूलाई अनिश्‍चयताको रूपमा उल्लेख गरिरहेका छन् । यदि तपाईंको भाषा शर्तात्मक कथनलाई यसरी प्रयोग गरिँदैन भने, यसलाई उल्लेख गर्ने स्वभाविक तरिका प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः “तर तिनले तिमीहरूलाई जे हानी पुर्‍याएका छन् वा तिमीबाट जे लगेका छन्” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/grammar-connect-condition-fact]])
681:18w4ysεἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει1यी दुवै वाक्यांशहरूको अर्थ उही हो, तथापि **तिमीलाई खराबी गरेका** **तिमीप्रति ऋणी छन्**भन्दा अझ बढी सामान्य हुन्छ । यदि तपाईंको भाषामा यो अझ बढी स्वभाविक हुन्छ भने, तपाईंले दोस्रो वाक्यांशलाई अझ सामान्य वाक्यांशमा उल्लेख गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तर यदि तिनी तिमीहरूप्रति ऋणी छन् भने वा तिमीलाई कुनै रीतिले खराबी गरेका छन् भने”
691:18j3ouτοῦτο ἐμοὶ ἐλλόγα.1वैकल्पिक अनुवादः “तिमीलाई तिरिदिने दायित्व मैले लिनेछु” वा “म आफै नै तिमीप्रति ऋणी छु”
701:19wb53ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί1पावलले यो भाग **आफ्नै हात**ले लेखे ताकि यी शब्दहरू साँच्‍चै पावलले नै लेखेका हुन् र साँच्‍चै पावलले तिर्छन् भन्‍ने जानून् । पावलले यहाँ भुतकाल प्रयोग गर्छन् पावलले यो पत्र पढ्दा लेखाइ कार्य भुतकाल भइसकेको हुन्थ्यो । तपाईंको भाषामा जे स्वभाविक हुन्छ उही काल प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः “यो म पावल आफैले लेख्दै छु”
711:19gn6crc://*/ta/man/translate/figs-ironyἵνα μὴ λέγω σοι1यसो भनिरहँदा पावलले फिलेमोनलाई केही कुरा भन्‍नेछैनन् भनी बताउँछन् । यो पावलले भनिरहेका कुराको सत्यतालाई जोड दिने एउटा नम्र तरिका हो । यदि तपाईंको भाषामा ब्याङ्ग्यालाई यसरी प्रयोग गरिँदैन भने, अझ स्वभाविक अभिव्यक्ति प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः “मैले तिमीलाई याद दिलाउनुपर्दैन” वा “ वा “तिमीलाई पहिले नै थाहा छ” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-irony]])
721:19st7erc://*/ta/man/translate/figs-explicitκαὶ σεαυτόν μοι προσοφείλεις1ओनेसिमस वा पावल फिलेमोनप्रति जे कुराको ऋणी थिए फिलेमोन पावलप्रति अझ ठुलो परिमाणमा ऋणी थिए जुन फिलेमोनको जीवन नै थियो भन्‍ने कुरा पावलले दर्शाइरहेका छन् । फिलेमोन आफ्नो जीवनको निम्ति पावलप्रति ऋणी भएको कुरालाई स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमी आफ्नो जीवनको निम्ति मप्रति ऋणी छौ” वा “तिमी मप्रति अझ धेरै ऋणी छौ किनभने मैले तिम्रो जीवन बचाएँ” वा “तिमी आफ्नो जीवनको मप्रति ऋणी छौ किनभने मैले तिमीलाई येशूबारे बताएँ” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
731:20mw03rc://*/ta/man/translate/figs-metaphorἀδελφέ1यहाँ, **भाइ** सङ्गी विश्‍वासीको निम्ति अलङ्कार हो । वैकल्पिक अनुवादः “आत्मिक भाइ” वा “ख्रीष्टमा भाइ” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
741:20cqd0rc://*/ta/man/translate/figs-metaphorἐν Κυρίῳ1पद १६ को **प्रभुमा**लाई कसरी अनुवाद गर्ने सो हेर्नुहोस् । यो अलङ्कारले येशूमा विश्‍वासी भएको कुरा जनाउँछ र यसको अर्थ **ख्रीष्टमा** जस्तै हुन्छ । वैकल्पिक अनुवादः “जसरी तिमीले प्रभुको सेवा गर्छ” वा “किनभने हामी प्रभुमा सङ्गी विश्‍वासीहरू हौँ” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
751:20xp0brc://*/ta/man/translate/figs-explicitἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ1फिलेमोनले पावललाई पुनर्ताजगी बनाएको पावल चाहन्थे भन्‍ने कुरालाई कसरी स्पष्ट पार्न सकिन्छ । वैकल्पिक अनुवादः “ओनेसिमसलाई दायपुर्वक ग्रहण गरेर ख्रिष्टमा मेरो हृदयलाई खुसी तुल्याऊ” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
761:20j8lhrc://*/ta/man/translate/figs-metaphorἀνάπαυσόν μου τὰ σπλάγχνα1यहाँ, **ताजा बनाउनु** सान्त्वना वा उत्साहको निम्ति अलङ्कार हो । वैकल्पिक अनुवादः “मलाई उत्साहित पार” वा “मलाई सान्त्वना देऊ” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
771:20kmpprc://*/ta/man/translate/figs-metonymyἀνάπαυσόν μου τὰ σπλάγχνα1यहाँ,**भित्री अङ्गहरू** व्यक्तिको भावना, विचार वा भित्री मनुष्यत्वको निम्ति अनुनाम हो । वैकल्पिक अनुवादः “मलाई उत्साह देऊ” वा “मलाई सान्त्वना देऊ” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
781:21azjerc://*/ta/man/translate/figs-abstractnounsπεποιθὼς τῇ ὑπακοῇ σου1यदि तपाईंको भाषामा यो उपयुक्त हुन्छ भने, तपाईंले **दृढता** वा **आज्ञाकारीता** पछाडी रहेको विचारलाई क्रिया शब्दमा व्यक्त गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तिमीले पालन गर्नेछौ भन्‍ने कुरामा म विश्‍वस्त छु” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
791:21lxxiἔγραψά σοι1पावलले यहाँ भुतकाल प्रयोग गरे किनभने फिलेमोनले पत्र पढ्दा लेखन कार्य भुतकाल भइसकेको हुन्थ्यो । तपाईंको भाषामा जुन काल स्वभाविक हुन्छ त्यही प्रयोग गर्नुहोस् । वैकल्पिक अनुवादः “मैले तिमीलाई लेखिरहेको छु”
801:22xpn6rc://*/ta/man/translate/checking/headingsConnecting Statement:0# संयोजक कथनः\n\nयहाँ पावलले यहाँ आफ्नो पत्र अन्त गर्छन् र फिलेमोनलाई निर्देशन दिन्छ र उनको घरमा भेला हुने विश्‍वासीहरूलाई आशिष्‌ दिन्छन् । यदि तपाईंले खण्ड शिर्षकलाई प्रयोग गर्नुहुन्छ भने, तपाईं पद २२ अघि पनि एउटा राख्‍न सक्‍नुहुन्छ । सुझाव दिइएको शीर्षकः “अन्तिम निर्देशन र आशिष्‌” (हेर्नुहोस्: [[rc://*/ta/man/checking/headings]])
811:22bx62rc://*/ta/man/translate/grammar-connect-time-simultaneousἅμα1**त्यसरी नै** भनी अनुवाद गरिएको शब्दले फिलेमोनले पावलको निम्ति पहिलो कुरो गर्दा अर्को केही कुरो पनि गरिदेऊन् भन्‍ने चाहन्छन् भन्‍ने देखाउँछ । तपाईंले यसलाई आफ्नो भाषामा उपयुक्त संयोजक शब्द वा वाक्यांश प्रयोग गरे स्पष्ट पार्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “त्यो गर्दा” वा “त्यसको अतिरिक्त” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/grammar-connect-time-simultaneous]])
821:22ctr4χαρισθήσομαι ὑμῖν1वैकल्पिक अनुवादः “मलाई कैदमा राख्‍नेहरूले मलाई मुक्त गर्नेछन् ताकि म तिमीकहाँ आउन सकूँ”
831:22mzr0ἑτοίμαζέ μοι ξενίαν1**पाहुना कोठा**ले पहुनाको निम्ति उपलब्ध गराइने कुनै पनि कुरालाई जनाउँछ । त्यसैले कस्तो ठाउँ भनी उल्लेख गर्दैनन् । वैकल्पिक अनुवादः “साथै तिम्रो घरमा मेरो निम्ति एउटा ठाउँ तयार पार”
841:22lnw9διὰ τῶν προσευχῶν ὑμῶν1वैकल्पिक अनुवादः “परमेश्‍वरले तिम्रो प्रार्थनाको जवाफ दिनुहुनेछ त्यसैले”
851:22p2u0rc://*/ta/man/translate/figs-activepassiveχαρισθήσομαι ὑμῖν.1यदि तपाईंको भाषामा यो उपयुक्त हुन्छ भने, तपाईंले यसलाई कर्तृवाच्यमा स्पष्ट रुपमा उल्लेख गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले मलाई तिमीकहाँ फर्काएर ल्याउनुहुने छ” वा “मलाई कैदमा राख्‍नेहरूलाई मलाई मुक्त गर्ने छन् ताकि म तिमीकहाँ आउ सकूँ” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
861:22o06src://*/ta/man/translate/figs-youὑμῶν & ὑμῖν1यहाँ **तिम्रो** र **तिमी** शब्दहरू बहुवचन हुन् जसले फिलेमोन र उनको घरमा भेला विश्‍वासीहरूलाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-you]])
871:23x2d8rc://*/ta/man/translate/translate-namesἘπαφρᾶς1**इपाफ्रास** पावलसँगै कैदमा परेका कैदी र सङ्गी विश्‍वासीको नाउँ हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
881:23f0b6ἐν Χριστῷ Ἰησοῦ1यहाँ, **ख्रीष्ट येशूमा**को अर्थ पद २० को “प्रभुमा” र “ख्रिष्टमा” जस्तै हुन्छ । त्यहाँ कसरी अनुवाद गर्नुभएको सो हेर्नुहोस् । वैकल्पिक अनुवादः “जो यहाँ मसँग छन् किनभने तिनले ख्रीष्ट येशूको सेवा गर्छन्”
891:24i5gcrc://*/ta/man/translate/translate-namesΜᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς1यिनीहरू मानिसहरूका नाउँहरू हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
901:24uc6nrc://*/ta/man/translate/figs-ellipsisΜᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς1धेरै भाषाहरूमा वाक्य पूर्ण बनाउन आवश्यकपर्ने केही शब्दहरूलाई पावलले यहाँ छोडिरहेका छन् । यदि तपाईंको भाषामा यो उपयुक्त हुन्छ भने, तपाईंले यी शब्दहरूलाई सन्दर्भबाट आपूर्ती गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “जस्तो मर्कूस, अरिस्तार्कस, डेमास र मेरा सहकर्मी, लूकाले पनि” वा “मर्कूस, अरिस्तार्कस, डेमास र मेरा सहकर्मी, लूकाले पनि अभिवादन गर्छन्” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-ellipsis]])
911:24gf6eοἱ συνεργοί μου1वैकल्पिक अनुवादः “मसँग कामगर्ने मानिसहरू” वा “मसँग कामगर्ने सबैले”
921:25apvlrc://*/ta/man/translate/figs-synecdocheμετὰ τοῦ πνεύματος ὑμῶν1**तिम्रो आत्मा** अंगागीवाचन हो र मनसिहरूको नै प्रतिनिधित्व गर्छन् । पावलले यहाँ फिलेमो र उनको घरमा भेला हुने सबैलाई जनाइरहेका छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
931:25e35hrc://*/ta/man/translate/figs-abstractnounsἡ χάρις τοῦ Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ1यदि तपाईंको भाषामा यो उपयुक्त हुन्छ भने, तपाईंले भावचाक संज्ञा **अनुग्रह** पछाडी रहेको विचारलाई विशेषण वा क्रियामा व्यक्त गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “हाम्रो प्रभु येशू ख्रीष्ट तिमीप्रति अनुग्रही होऊन् र” वा “हाम्रो प्रबु येशू ख्रीष्ट तिमीप्रति दयालु होऊन् र” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-abstractnouns]])
941:25jou6rc://*/ta/man/translate/figs-youὑμῶν1**तिमी** शब्द यहाँ बहुवचन हो र यसले फिलेमोन र तिनको घरमा भेला हुने सबैलाई जनाउँछ । वैकल्पिक अनुवादः “तिम्रो आत्मा” (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-you]])