ne_gl_ne_obs-tn/content/28/09.md

1.7 KiB

येशूलाई भन्‍नुभयो, “हामी चेलाहरूले सबैकुराहरू छाडेका छौँ र तपाईंलाई पछ्याएका छौँ । हाम्रो इनाम के हुनेछ ?”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूलाई भने कि चेलाहरूले सबैकुरा छाडेका थिए र उहाँलाई पछ्याएका थिए, र तिनीहरूको इनाम के हुने थियो भनेर सोधे ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

सबैकुराहरू छाडेका छौँ

अर्थात, “सबैकुराहरूलाई पछाडि छाडेका छौँ” वा, “हाम्रा सबैकुराहरू त्यागेका छौँ ।”

हाम्रो इनाम के हुनेछ ?

यसलाई भन्‍ने अर्को तरिका यस्ति हो, “हामीले के इनाम प्राप्‍त गर्नेछौँ” वा, “हामी कसरी पुरस्कृत हुनेछौँ ?” वा, “परमेश्‍वरले हामीलाई इनामको रूपमा के दिनुहुनेछ ?” यो कुरा पनि थप्‍न जरुरी हुन सक्छ, “किनकि हामीले यो गरेका छौँ ?”