ne_gl_ne_obs-tn/content/28/07.md

2.6 KiB

तिनीहरू अचम्मित भए

अर्थात, “तीनछक्‍क परे ।” तिनीहरूले विश्‍वास गर्थे कि परमेश्‍वरले केही मानिसहरूलाई अरू मानिसहरू भन्दा बढि धर्मी भएका कारण धनी बनाउनुहुन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूले भने, “यदि यस्तो हो भने, परमेश्‍वरले कसलाई बचाउनुहुनेछ ?”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “तिनीहरूले यदि त्यस्तो थियो भने परमेश्‍वरले कसलाई बचाउनुहुने थियो भनेर सोधे ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

यदि यस्तो हो भने, परमेश्‍वरले कसलाई बचाउनुहुनेछ ?

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “यदि परमेश्‍वरले धनी मानिसहरूलाई अनन्त जीवन प्राप्‍त गर्न दिनुहुँदैन भने, अरू कसैको कसरी उद्धार हुन सक्छ ?” यो शायद आलङ्‍कारिक प्रश्‍न हो जसको अर्थ हुन्छ, “यदि परमेश्‍वरले धनी मानिसहरूलाई बचाउनुहुँदैन भने, तब यस्तो देखिन्छ कि उहाँले कसैलाई पनि बचाउनुहुनेछैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

बचाउनु

यहाँ यसको अर्थ परमेश्‍वरले तिनीहरूलाई तिनीहरूको पापको लागि न्याय नगर्नुहुने वा दोष नलगाउनुहुने, र उहाँको राज्यमा तिनीहरूलाई नागरिकहरू हुन दिनुहुने कुरालाई जनाउँछ ।