ne_gl_ne_obs-tn/content/28/04.md

3.2 KiB

येशूले जवाफ दिनुभयो, “यदि तिमी सिद्ध हुन चाहन्छौ भने ... आऊ र मलाई पछ्याऊ ।”

यो प्रत्यक्ष उद्धरण हो । यसलाई अप्रत्यक्ष उद्धरणको रूपमा बताउन सकिन्छः “येशूले जवाई दिएर भन्‍नुभयो कि यदि ऊ सिद्ध हुन चाहन्थ्यो भने ऊ जानुपर्छ र उससँग भएका सबैथोक बेच्‍नुपर्छ र पैसा गरिबहरूलाई दिनुपर्छ, र उसलाई स्वर्गमा धन हुनेछ । तब ऊ आउनुपर्छ र उहाँलाई पछ्याउनुपर्छ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

तिमी

यदि तपाईंको भाषामा “तिमी”को लागि इंकित गरिएको मानिसहरूको सङ्ख्या अनुसार फरक शब्दहरू हुन्छन् भने, एकवचनको रूप प्रयोग गर्नुहोस् । येशूले यो आज्ञा यो एकजना मानिसको लागि दिइरहनुभएको थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-pronouns)

सिद्ध

अर्थात, “पूर्ण रूपले धार्मिक ।”

तिम्रो भएका सबैथोक

अर्थात, “तिम्रा सारा सम्पत्तिहरू ।”

गरिबहरू

अर्थात, गरिब मानिसहरू । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

स्वर्गमा धन

पदावली “स्वर्गमा धन” एउटा अलङ्‍कार हो जसले परमेश्‍वरबाटको इनामलाई जनाउँछ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीलाई स्वर्गमा इनाम दिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

धन

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “सम्पत्तिहरू” वा, “महान् धन ।”

स्वर्गमा

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “स्वर्गमा हुन्छ जब तिमी त्यहाँ आइपुग्छौ ।” यो सम्पत्ति “त्यहाँ र तब” हुनेछ जुन चाहिँ येशूले त्यस मानिसलाई “यहाँ र अहिले” त्याग्‍न भनिरहनुभएको सम्पत्तिको उल्टो छ ।