ne_gl_ne_obs-tn/content/20/11.md

2.6 KiB

लगभग सत्तरी वर्ष पछि

यसले नयाँ घटनाको सुरुवात गर्छ जब कोरेसले यहूदीहरूलाई बेबिलोनमा निर्वासनबाट इस्राएलमा फर्कन अनुमति दिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

सत्तरी वर्ष पछि

यसले त्यो सत्तरी वर्षलाई जनाउँछ जुन बेबिलोनी सेनाले यरूशलेमका मानिसहरूलाई निर्वासनमा लगेको समय देखि उता बितिसकेको थियो ।

कोरेस

कोरेसलाई यसो भनेर पनि बोलाइन्थ्यो, “महान् कोरेस ।” फारसी भाषामा “कोरेस” भनेको “सूर्य जस्तै” भन्‍ने अर्थ हुन्थ्यो । तापनि, कोरेस एक महत्त्वपूर्ण ऐतिहासिक व्यक्ति भएका कारण, उनको नामको अर्थलाई अनुवाद गर्नुको साटोमा, उनको नामलाई आफ्नो भाषामा जस्ताको तस्तै लेख्‍नु बेस हुन सक्छ ।

फारसीहरू

फारसी साम्राज्य मध्य एसिया देखि मिश्रसम्मको क्षेत्रमा फैलिनलाई बढ्‌यो । यसको घर आजको दिनको इरानको सामान्य क्षेत्रमा अवस्थित थियो ।

इस्राएलीहरूलाई अब यहूदी भनेर बोलाइन्थ्यो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरूले अब इस्राएलीहरूलाई ‘यहूदीहरू’ भन्‍ने नामले बोलाउँथे ।”

यहूदाको भूमि

अर्थात, त्यस क्षेत्र जहाँ यहूदाको राज्य निर्वासन अगाडि अवस्थित थियो । यरूशलेम यहूदाको राजधानी सहर थियो ।