ne_gl_ne_obs-tn/content/20/10.md

2.2 KiB

परमेश्‍वरले उहाँका मानिसहरूलाई तिनीहरूको पापको कारण दण्ड दिनुभएको भएतापनि

संयोजक शब्द “तापनि”ले परमेश्‍वरले मानिसहरूलाई निर्वासनमा पठाउनुभएको कुरालाई उहाँले तिनीहरूलाई गर्नुभएको उहाँका प्रतिज्ञाहरू नभुलिरहनुभएको कुरासँग विपरीत भएको देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

निर्वासन

तपाईंले यो शब्दलाई २०:०९ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् ।

भुल्नुभएन

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “बेवास्ता गर्नुभएन” वा, “उपेक्षा गर्नुभएन ।” अथवा पूरा पदावलीलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँका मानिसहरूप्रतिको उहाँको प्रतिबद्धता र उहाँका प्रतिज्ञाहरूलाई सम्मान गरिरहनुभयो ।”

... माथि देखरेख गर्न

अर्थात, “... को वास्ता गर्न ।”

उहाँका अगमवक्ताहरूद्वारा तिनीहरूलाई भन्‍न

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँका अगमवक्ताहरूलाई ती सन्देशहरू भन्‍न जुन उहाँले उहाँका मानिसहरूलाई तिनीहरूले बताएको चाहनुहुन्थ्यो ।”